Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्रशान्त तामाङ
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’ 
एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २७, २०८२

•    २८ दिनका लागि रु. २९९ मा अनलिमिटेड एनसेल–टु–एनसेल कल सेवा र ५ जीबी डेटा
•    २४ घण्टाका लागि फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न १ जीबी डेटा मात्र रु. १९ मा
•    इसेवा, खल्ती तथा ‘मेरो स्कुल’मा निःशुल्क पहुँच

काठमाडौं- एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ संचालनमा ल्याएको छ । विद्यार्थीहरूलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धता बमोजिम ल्याइएको यो प्याकले युवा वर्गलाई मोबाइल कनेक्टिभिटीमार्फत सधैं जोडिराख्ने उद्देश्य राखेको छ ।

सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुरा गरी यो सिम अर्थात प्याक लिएर यसको फाइदा लिन सक्छन् । आज शनिबार (पुष २६)बाट संचालनमा आएको यो प्याकको मुल्य करसहित मात्र रु. २९९ मूल्य तोकिएको छ । यस प्याकमा अनलिमिटेड अन नेट (एनसेल–टु–एनसेल) कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’ मा निःशुल्क पहुँच उपलब्ध रहेका छन् । यी सबै सेवा सुविधाहरु २८ दिनका लागि मान्य रहन्छन् ।

Hardik health

यसका साथै, ग्राहकहरूले अफ–नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलमा विशेष छुट प्राप्त गर्छन् जस अन्तर्गत प्रति मिनेट मात्र रु. १ मा कल गर्न सकिन्छ । त्यसैगरी, २८ दिनको अवधिभित्र तोकिएको ५ जीबी डेटा प्रयोग भइसकेपछि पनि, ग्राहकहरूले पे–एज–यू–गो डेटा सेवा प्रति एमबी ५० पैसामा निरन्तर प्रयोग गर्न सक्छन् ।

“युवालाई लक्षित गरी विशेष रूपमा तयार गरिएको ‘युवा सिम’ सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं । आकर्षक सेवा सुविधा बन्डल रहेको यो प्याकले युवालाई सधैं कनेक्टेड रहन सहयोग पुर्याउँदै विभिन्न अवसर र डिजिटल भविष्यसँग जोड्छ । यसले उनीहरुको डिजिटल जीवनशैलीलाई सहज बनाउने र शिक्षामा समेत सहयोग पु¥याउने विश्वास लिएका छौं,” एनसेलका चीफ कन्सुमर बिजनेश अफिसर उपाङ्ग दत्तले बताए ।

युवा सिममा अर्को एक विशेषता पनि रहेको छ ।  यसमा एनसेलले सामाजिक सञ्जालमाथिको पहुँचलाई लक्षित गर्दै २४ घण्टासम्म मान्य १ जीबी डेटा मात्र रु. १९ प्रदान पनि गर्दछ जसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सकिन्छ । यसले युवाहरुलाई सामाजिक सञ्जालको वृत्तमा सधैं अपडेटेड रहन सहयोग पुर्या‍उँछ ।

युवा सिम लिन प्रयोगकर्ताहरूले नजिकको एनसेल सेन्टरमा गई आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्सका साथै विद्यार्थी परिचयपत्र पेश गर्न पर्दछ । आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्स नभएको खण्डमा अभिभावकको परिचय खुल्ने सरकारले जारी गरेको परिचयपत्र र आफ्नो विद्यार्थी परिचयपत्र बुझाएर यो सिम लिन सकिन्छ ।

यो प्याकले युवाहरुलाई उनीहरुले बढी प्रयोग गर्ने सेवाहरूमा सुलभ दरमा कनेक्टिभिटी सुनिश्चित गर्दछ । हरेक २८ दिनपछि सेवा र सुविधाहरू निरन्तर प्रयोग गर्नका लागि ग्राहकहरूले २८ दिनको समयसीमा समाप्त हुनु अघि नै उही शुल्कमा प्याक पुनः खरिद गर्न आवश्यक छ । यो प्याक एनसेल एपमार्फत वा एष्ट्रिक्स१२३ह्यास डायल गरेर खरिद गर्न सकिन्छ ।
 


प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
स्वावलम्बन लघुवित्तको २४ औँ  वार्षिक साधारण सभा सम्पन्‍न
स्वावलम्बन लघुवित्तको २४ औँ वार्षिक साधारण सभा सम्पन्‍न शुक्रबार, पुस २५, २०८२
सन नेपाल इन्स्योरेन्सकाे नवौँ वार्षिक सााधारण सभा सम्पन्‍न
सन नेपाल इन्स्योरेन्सकाे नवौँ वार्षिक सााधारण सभा सम्पन्‍न शुक्रबार, पुस २५, २०८२
होटल गरिमा लिमिटेडले साधारण शेयर निष्काशन गर्ने 
होटल गरिमा लिमिटेडले साधारण शेयर निष्काशन गर्ने  शुक्रबार, पुस २५, २०८२
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन-पे कार्ड सेवा 
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन-पे कार्ड सेवा  शुक्रबार, पुस २५, २०८२
एनएमबि बैंकको ३०औं साधारण सभा सम्पन्न
एनएमबि बैंकको ३०औं साधारण सभा सम्पन्न शुक्रबार, पुस २५, २०८२
रियर व्हील ड्राइभ प्रविधिमा ईभी खरिदकर्ताको बढ्दो आकर्षण
रियर व्हील ड्राइभ प्रविधिमा ईभी खरिदकर्ताको बढ्दो आकर्षण शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP