Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • थाइल्यान्ड-कम्बोडियालाई अमेरिकाको सहयोग घोषणा
थाइल्यान्ड-कम्बोडियालाई अमेरिकाको सहयोग घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २५, २०८२
Energy Drink Energy Drink

एएफपी- संयुक्त राज्य अमेरिकाले थाइल्यान्ड र कम्बोडियाबीच हालै कायम भएको नाजुक युद्धविरामलाई सुदृढ पार्ने उद्देश्यसहित करिब चार करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार यो जानकारी दिएको हो ।

पूर्वी एसियाका लागि विदेश मन्त्रालयका शीर्ष अधिकारी माइकल डिसोम्ब्रे युद्धविराम कार्यान्वयन र त्यसलाई थप मजबुत बनाउने उपायबारे छलफल गर्न थाइल्यान्ड र कम्बोडियाको भ्रमणमा रहेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले यस युद्धविरामलाई आफ्नो कूटनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएका हुन् ।

डिसोम्ब्रेले कम्बोडियामा गम्भीर समस्या बनेको लागुऔषध तस्करी र साइबर घोटालासँग जुध्न दुवै देशलाई दुई करोड अमेरिकी डलर सहयोग प्रस्ताव गरिने बताए। साथै हालैको लडाइँका कारण विस्थापित भएका नागरिकहरूको सहयोगका लागि एक करोड ५० लाख डलर र बारुदी सुरुङ हटाउने डिमाइनिङ कार्यका लागि एक करोड डलर उपलब्ध गराइने जानकारी दिए  ।

Ncell
Hardik health

उनले एक विज्ञप्तिमा भने, “संयुक्त राज्य अमेरिकाले क्वालालम्पुर शान्ति सम्झौता कार्यान्वयनका क्रममा कम्बोडिया र थाइल्यान्ड सरकारलाई निरन्तर समर्थन गर्नेछ र उनीहरूका जनता तथा समग्र क्षेत्रका लागि शान्ति, स्थायित्व र समृद्धिको मार्ग प्रशस्त गर्न सहयोग पुर्‍याउनेछ ।”

उक्त सम्झौता गत अक्टोबरमा आसियान क्षेत्रीय समूहको अध्यक्षता गरिरहेको मलेसियाको भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पको उपस्थितिमा दुवै देशबीच हस्ताक्षर भएको थियो । यद्यपि, गत महिना पुनः ठूलो झडप सुरु भई तीन सातासम्म चलेको लडाइँपछि डिसेम्बर २७ मा दुवै पक्ष युद्धविराममा सहमत भएका थिए । त्यसपछि पनि थाइल्यान्डले कम्बोडियाले युद्धविराम उल्लङ्घन गर्दै आकस्मिक गोलीबारी गरेको आरोप लगाएको छ ।

कम्बोडियाले भने नोम पेन्हले आफ्नो दाबी गर्ने सीमावर्ती क्षेत्रहरूबाट थाइल्यान्डका सेना फिर्ता गर्न आग्रह गर्दै आएको छ । दुवै देशबीचको यो विवाद करिब ८०० किलोमिटर लामो सिमानामा औपनिवेशिक कालमा गरिएको सीमाङ्कनसँग जोडिएको छ, जहाँ दुवै पक्षले भूभाग र ऐतिहासिक मन्दिरका भग्नावशेषमाथि दाबी गर्दै आएका छन् ।

राष्ट्रपति ट्रम्पले यस द्वन्द्व समाधानलाई आफ्नो कूटनीतिक सफलताका रूपमा उल्लेख गर्दै आफू नोबेल शान्ति पुरस्कारको हकदार भएको दाबी पनि गर्दै आएका छन् । तर पदभार ग्रहण गरेपछि उनको प्रशासनले विदेशी सहायतामा व्यापक कटौती गरेको थियो, जसअन्तर्गत कम्बोडियामा डिमाइनिङका लागि लामो समयदेखि चल्दै आएको अमेरिकी सहायता पनि स्थगित गरिएको थियो । प्रशासनले अमेरिकी हितसँग प्रत्यक्ष सम्बन्ध नदेखिने कार्यक्रमहरूमा खर्च सीमित गर्ने नीति अपनाएको बताइएको छ ।


प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP