काठमाडाैं - सन नेपाल लाइफ इन्स्योरेन्सकाे आठौँ तथा नवौँ वार्षिक सााधारण सभा सम्पन्न भएकाे छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ वार्षिक सााधारण सभा शुक्रबार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडाैंमा सम्पन्न भएको हाे ।
संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ तथा आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ तथा आर्थिक वर्ष २०८१/८२ NFRS बमोजिम को वासलात, नाफा नो क्सान हिसाब, इक्विटीमा भ एको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण प्रतिवेदन पारित गरिएको थियो ।
उक्त साधारण सभाबाट लेखापरिक्षकको नियूक्ति, कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु.५,०३१,२३२,०००(अक्षरुपी : पाँच अर्ब तिन करोड बाह्र लाख बतीस हजार मात्र) को ५ प्रतिशत बोनस शेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश(बोनस शेयरको कर प्रयोजनार्थ सहित) गरी कुल २०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको थियो । उक्त साधारण सभामा संचालक किरण के.सीज्यूबाट धन्यवाद ज्ञापन गरिएको थियो । उक्त सभा कम्पनी सचिव बिनोद शर्मा पौडेलले संचालन गरेका थिए ।