काठमाडाैं- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि को नवौ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । वार्षिक साधारण सभा विहिबार शुभ इवेन्टस, गोल्फुटारमा सम्पन्न भएकाे हाे ।
कम्पनीको नवौ वार्षिक साधारण सभामा नियमनकारी निकायहरु कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड ,सञ्चालक समितिका पदाधिकारीज्यूहरु, संस्थागत साझेदार, अभिकर्ता, बीमित तथा सञ्चारकर्मीलगायतमने उपस्थिति थियाे ।
कम्पनीको नवौ वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ/व २०८१/८२ वार्षिक प्रतिवेदन सहित सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि को आ/व ०८१/८२ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी ५ अर्ब १ कराेड ४९ लाख २४ हजार ५६ रुपैयाँको १०. १७८० प्रतिशतका दरले हुने रकम ५१ कराेड ४ लाख १८ हजार ९७० रुपैयाँ बराबरको नगद लाभाशं कर सहित वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ । त्यसैगरी आ/व ०८१/८२ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन, प्रणालीको विकास, ग्राहकमुखी सेवा, अभिकर्तामैत्री उत्प्रेरणात्मक कार्यक्रम, शाखा संजालको विस्तार गर्ने उल्लेख गरेका छन् । उनले सूचना प्रविधीको प्रयोग, मजबुत आन्तरीक नियन्त्रण प्रणाली, खर्चमा मितव्ययीता, कर्मचारीहरुको उच्च मनोबल, बीमितहरुको विश्वास तथा अभिकर्ताहरुको उत्प्रेरणादायी सहयोग, सञ्चालक समितिको अभिभावकिय भुमिकाका साथै मार्गनिर्देशनका कारण बीमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको जानकारी गराए । मर्जरमा आएका चुनौतिहरुलाई धैर्यतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई एक सबल, सक्षम कम्पनीको रुपमा सञ्चालन गर्दै आइरहेको व्यहोरा उल्लेख गरे ।