Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • लकडाउनपछि कल्याणकारी कोषको ८० लाख खर्चः कार्यकारी निर्देशक श्रेष्ठ
लकडाउनपछि कल्याणकारी कोषको ८० लाख खर्चः कार्यकारी निर्देशक श्रेष्ठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २२, २०७७
rajan_P_shrestha
Hardik health
  काठमाडौं– वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले ११ चैतबाट लकडाउन सुरु भएदेखि हालसम्म वैदेशिक रोजगार कल्याणकारी कोषको ८० लाख रुपैयाँ खर्च भएको बताएका छन् । बुधबार प्रभाव दैनिकसँगको कुराकानीमा मलेसिया र खाडी मुलुक बहराइन, साउदी र युएईका दूताबासलाई कोरोना भाइरस (कोभिड–१९) का कारण अलपत्र नेपाली श्रमिकको खाना र बासको व्यवस्थाका लागि उक्त रकम पठाइएको उनले बताए । उनले भने, ‘११ चैतदेखि लकडाउन सुरु भएदेखि यता कोषको ८० लाख खर्च भएको छ । जुन खर्च कोभिड–१९ कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकको खाना र बस्ने व्यवस्था गर्न विदेशीस्थित नेपाली नियोगहरुलाई पठाइएको हो ।’ विदेशस्थित राजदूताबासमार्फत कोभिड–१९ कारण अलपत्र नेपाली श्रमिकको खाना र बस्नका लागि भनेर पत्र आएसँगै लकडाउन अवधिभर चार देशका लागि भनेर रकमान्तर गरेको उनले बताएका छन् । उनका अनुसार कुन देशमा कति रकम पठाइयो भन्ने बारेमा ठ्याक्कै जानकार नरहेपनि केही दिनपछि प्रकाशन हुने वार्षिक प्रतिवेदनभित्र सबै समेटिनेछ । अलपत्र नेपालीका लागि पठाइएको उक्त ८० लाख रकम परराष्ट्र मन्त्रालयमार्फत नियोगलाई पठाइएको बताएका छन् । ‘नियोगमार्फत आधिकारीक पत्र आएसँगै परराष्ट्र मन्त्रालयले बोर्डलाई रकमान्तर गर्न सिफारिस गर्न माग गरेसँगै हामीले उक्त रकम पठाएका हौँ ।’ वैदेशिक रोजगार ऐन, ०६४ को दफा ७५ को २ मा श्रम स्विकृति लिएर वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीलाई फर्कन चाहेको खण्डमा सहयोग गर्नु भन्ने छ । यहीँ ऐनबमोजिम बोर्डले कोषको रकम अलपत्र नेपालीलाई खर्च गरेको कार्यकारी निर्देशक श्रेष्ठले बताए । कोषको ८० लाख रकमले कति नेपालीको उद्धार भयो भन्ने प्रश्नमा नियोगमार्फत पूर्ण विवरण आइनसकेको उनले बताएका छन् । कोषबाट पठाइएको उक्त रकमले केही नेपाली श्रमिकलाई फर्काइएको र अधिकांशलाई घर फिर्ती सेन्टरमा राखेर खाना, बस्नमा खर्च गरिएको उनले बताए । उनका अनुसार बोर्डले पठाइएको रकम के के शिर्षकमा खर्च भयो भन्ने सन्दर्भमा नियोगहरुस“ग ताकेता भइरहेको छ । उनले भने, ‘कोषमार्फत पठाइएको ८० लाख के के शिर्षकमा र कति नेपाली श्रमिकका लागि खर्च भयो भनेर नियोगसँग यकिन विवरण माग गरेका छाँ“ । नियोगले अब केही दिनमा उक्त समग्र विवरण पठाउने जनाएको छ ।’ आर्थिक वर्ष समाप्त भए पनि अझै अलपत्र परेर फर्कने चाहने नेपाली श्रमिकको उद्धार कोषबाटै गर्नुपर्ने भएकाले उक्त रकम पनि यसै आर्थिक वर्षभित्र समावेश गर्नुपर्नेजस्तो स्थिति सिर्जना भएको पनि उनले बताएका छन् । यद्यपि, कोषको रकमान्तर अझै हुन बाँकी रहेकाले यस विषयमा यकिन निर्णय हुन केही दिन समय लाग्ने उनले बताए । यसै सन्दर्भमा यस आर्थिक वर्षभित्र कोषको कति रकम खर्च भयो भन्ने प्रश्नमा करिब १५ दिनपछि प्रकाशन हुने वार्षिक प्रतिवेदनमा सबै विवरण राखिने उनले बताएका छन् । उनले भने, ‘यस आर्थिक वर्षभित्र कोषबाट कति रकम खर्च भयो भनेर अझै पूरा विवरण आउन बा“की रहेकाले अझै लगभग १५ दिन कुर्नै पर्ने हुन्छ । १५ दिनपछि बोर्डले आफ्नो वार्षिक प्रतिवेदन प्रकाशन गर्ने तयारीमा छ ।’
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  ०७:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP