Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २३, २०८२
Energy Drink Energy Drink

एपी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई तीन करोडदेखि पाँच करोड ब्यारेल कच्चा तेल उपलब्ध गराउने घोषणा गरेका छन् । उनले उक्त तेल बिक्रीबाट प्राप्त हुने आम्दानी दुवै देशका ‘जनताको हितमा’ प्रयोग गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

यसै सन्दर्भमा ह्वाइट हाउसले शुक्रबार अमेरिकी तेल कम्पनीका उच्च अधिकारीहरूसँग भेनेजुएलाको विषयमा छलफल गर्न बैठक आयोजना गर्ने जनाएको छ । ट्रम्प प्रशासनले भेनेजुएलाको विशाल तर समस्याग्रस्त तेल उद्योगलाई अमेरिकी लगानी र प्रविधिका लागि अझ खुला बनाउन दबाब दिइरहेको बताइएको छ । यस बैठकमा एक्सन, सेभरन र कोनोकोफिलिप्सका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

यही दिन काराकासका अधिकारीहरूले कम्तीमा २४ जना भेनेजुएलाका सुरक्षा अधिकारीहरू रातारात मारिएको पुष्टि गरेका छन् । ती अधिकारीहरूलाई अमेरिकी पक्षले राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी संयुक्त राज्य अमेरिकामा लागुऔषधसम्बन्धी अभियोगको सामना गराउन सञ्चालन गरेको सैन्य अपरेसनका क्रममा मृत्यु भएको बताइएको छ । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेलसी रोड्रिगेजले ट्रम्पको चेतावनीप्रति कडा प्रतिक्रिया जनाउँदै आफूलाई धम्की दिनेहरूको भाग्य ‘भगवानद्वारा निर्धारित हुने’ बताए  ।

भेनेजुएलाका महान्यायाधिवक्ता तारिक विलियम साबले उक्त सैन्य कारबाहीमा दर्जनौँ सुरक्षा अधिकारी र सर्वसाधारणको ज्यान गएको र यसलाई अभियोजकहरूले ‘युद्ध अपराध’ का रूपमा अनुसन्धान गरिरहेको जानकारी दिए । यसबीच क्युबाको सरकारले भेनेजुएलामा कार्यरत आफ्ना ३२ जना सेना र प्रहरी अधिकारीहरूको मृत्यु भएको पुष्टि गरेको छ ।

Ncell
Hardik health

पेन्टागनका अनुसार उक्त छापामा सात जना अमेरिकी सैनिक घाइते भएका थिए, जसमध्ये पाँच जना ड्युटीमा फर्किसकेका छन् भने दुई जना उपचाररत छन् । घाइतेहरूमा गोली र विस्फोटका छर्राले लागेको चोट रहेको जनाइएको छ ।

तेल कारोबार हाल प्रतिब्यारेल करिब ५६ डलर रहेको अवस्थामा ट्रम्पले घोषणा गरेको सम्झौताको कुल मूल्य करिब दुई अर्ब ८० करोड डलर पुग्न सक्ने अनुमान गरिएको छ । यद्यपि भेनेजुएलामा विश्वकै सबैभन्दा ठूलो प्रमाणित कच्चा तेल भण्डार भए पनि देशको दैनिक उत्पादन करिब १० लाख ब्यारेलमा सीमित छ, जुन अमेरिकी उत्पादनको तुलनामा निकै कम हो ।

यसैबीच, ट्रम्पले भेनेजुएलामाथि गरिएको सैन्य अपरेसनको डेमोक्रेटिक आलोचनाको प्रतिवाद गर्दै यसलाई सही कदमको संज्ञा दिनुभएको छ । सन् २०२० मा मदुरोमाथि संयुक्त राज्य अमेरिकाले नार्को-आतङ्कवाद र अन्तर्राष्ट्रिय कोकेन तस्करीको अभियोग लगाएको थियो र उनको गिरफ्तारीका लागि पाँच करोड डलर पुरस्कार घोषणा गरिएको छ ।


अमेरिकामा गरिएको पछिल्लो जनमत सर्वेक्षणअनुसार मदुरोको गिरफ्तारीबारे अमेरिकीहरू विभाजित देखिएका छन् । करिब ४० प्रतिशतले अपरेसनको समर्थन गरेका छन् भने लगभग उस्तै प्रतिशतले विरोध जनाएका छन् । धेरैजसो अमेरिकीहरूले भने भेनेजुएलाका जनताले आफ्नो भविष्य आफैँ तय गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

मदुरोको गिरफ्तारीपछि ट्रम्प प्रशासनको कडा विदेश नीतिले विश्वभर चिन्ता बढाएको छ । यसै क्रममा ग्रिनल्यान्डको सार्वभौमसत्ता र कोलम्बियामाथि सम्भावित सैन्य कारबाहीबारे पनि अन्तर्राष्ट्रिय प्रतिक्रिया तीव्र बन्दै गएको छ । युरोपका प्रमुख मुलुकहरूले ग्रिनल्यान्ड डेनमार्ककै स्वशासित क्षेत्र भएको स्पष्ट गर्दै त्यहाँका जनताकै अधिकार सर्वोपरि हुने बताएका छन् ।


प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP