Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • यमन वार्ताअघि पृथकतावादी नेता भागेको साउदी दाबी
यमन वार्ताअघि पृथकतावादी नेता भागेको साउदी दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २३, २०८२
Energy Drink Energy Drink

एपी-  साउदी अरेबियाले बुधबार यमनका एक प्रमुख पृथकतावादी नेता दक्षिणी यमनको भविष्यबारे वार्ताका लागि राज्यको यात्रा गर्ने भन्दै अज्ञात स्थानतर्फ ‘भागेको’ दाबी गरेको छ । साउदी पक्षका अनुसार उक्त घटनाले यमनमा बढ्दै गएको राजनीतिक तथा सैन्य तनावलाई अझ स्पष्ट बनाएको हाे  ।

यमनमा साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मल्कीले जारी गरेकाे  वक्तव्यमा संयुक्त अरब इमिरेट्स (युएई) द्वारा समर्थित दक्षिणी ट्रान्जिसनल काउन्सिल (एसटिसी) र यमन सरकारबीचको पछिल्लो तनावपूर्ण अवस्थालाई उल्लेख गरिएको छ । उनकाअनुसार काउन्सिलका अध्यक्ष एडारोस अल-जुबैदी साउदी अरेबियाको उडानमार्फत वार्ताका लागि जान लागेका थिए । तर काउन्सिलका अन्य अधिकारीहरू उडानमा सहभागी भए पनि अल-जुबैदी भने अन्तिम समयमा उडानमा नचढेको साउदी पक्षको भनाइ छ ।

प्रवक्ता अल-मल्कीले भने, “वैध सरकार र गठबन्धनले अल-जुबैदीले बख्तरबन्द सवारीसाधन, लडाकू सवारी, भारी तथा हल्का हतियार र ठूलो मात्रामा गोलाबारुदसहितको सैन्य परिचालन गरिरहेको सङ्केत गर्ने खुफिया जानकारी प्राप्त गरेका थिए ।” उनका अनुसार सोही सूचनापछि अल-जुबैदी ‘अज्ञात स्थानतर्फ भागेका’ थिए ।

Ncell
Hardik health

एसटिसीका तर्फबाट भने यस विषयमा तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । काउन्सिलका अधिकारीहरू सम्पर्कमा नरहेको जनाइएको छ । पछिल्ला हप्ताहरूमा साउदी अरेबियाले एसटिसीका विभिन्न ठेगानामा हवाई आक्रमण गरेको र ती क्षेत्रमा एमिराटी हतियारहरूको ढुवानी भइरहेको दाबी गरेको थियो । साउदी पक्षको बढ्दो दबाब र यमनबाट हुथी विरोधी फौज फिर्ता लिन अल्टिमेटम दिइएपछि संयुक्त अरब इमिरेट्सले शनिबार आफ्ना सैनिक फिर्ता लिएको जानकारी दिएको छ ।

यमनमा बढ्दो तनावले साउदी अरेबिया र युएईबीचको सम्बन्धलाई थप चिस्याएको देखिन्छ । विशेषगरी लाल सागर क्षेत्रको प्रभाव र रणनीतिक नियन्त्रणका विषयमा अरब प्रायद्वीपका यी छिमेकी मुलुकहरू आर्थिक मुद्दा र क्षेत्रीय राजनीतिमा प्रतिस्पर्धी रहँदै आएका छन् ।

यद्यपि, साउदी अरेबिया र युएई दुवैले सन् २०१४ देखि यमनको राजधानी सानामा नियन्त्रण जमाउँदै आएका इरानी समर्थित हुथी विद्रोहीहरूविरुद्ध लड्ने साझा लक्ष्य रहेको दाबी गर्दै आएका छन् । तर यमनको आन्तरिक शक्ति सङ्घर्ष र पृथकतावादी गतिविधिले उक्त गठबन्धनभित्रकै मतभेद र अविश्वासलाई उजागर गरिरहेको विश्लेषकहरू बताउँछन् ।
 


प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP