काठमाडौं - नेपाली क्रिकेटका उदाउँदो सुपरस्टार शेर मल्ल बागबजारको गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेस्डरमा रूपमा आबद्ध भएका छन्। आईतबार क्रिकेटर मल्ल र गौतम एजुकेशन एण्ड सर्भिसेसबिच औपचारिक सम्झौता भएको हो ।
नेपाली खेलप्रेमीहरू माझ लोकप्रिय क्रिकेटर मल्ल हाल लुम्बिनी लायन्समा आबद्ध छन् । उनी नेपाल प्रिमियर लिग (NPL) को पहिलो र दोस्रो सिजन जित्ने एक मात्र खेलाडी हुन्। बलिङमा रहस्यमय शैली, चुस्त फिल्डिङ र पावर हिटिङ क्षमताका कारण उनी चर्चित छन् ।
गौतम एजुकेशनमा जोडिन पाउँदा अत्यन्तै हर्षित भएको मल्लले बताए ।गौतम एजुकेसन कम्पनीका सीईओ इन्द्रजीत गौतमले शेर मल्ल जस्तो सुपरस्टार खेलाडीसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए । 'नेपालका विभिन्न जिल्लामा रहेका विद्यालय तहमा क्रिकेट खेल्ने बालबालिकालाई खेल सामग्री र प्रशिक्षणका लागि स्पोन्सर गर्ने योजना बनाएका छौँ ' गौतमले भने ।
गौतम एजुकेशनले अध्ययनका लागि अस्ट्रेलिया, यूके, जापान, क्यानडा र अमेरिका जाने चाहना राख्ने विद्यार्थीहरूलाई सही परामर्श र मार्गदर्शन प्रदान गर्दै आएको छ।