काठमाडौं- यस वर्षको राष्ट्रिय योग दिवस ‘स्वास्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल आदर्श वाक्यका साथ मनाइँदैछ । नेपालमा हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाइँदै आएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतमा बसेको मूल समारोह उपसमितिको बैठकबाट यस वर्ष सप्ताहव्यापी रूपमा योग दिवसका कार्यक्रमलाई प्राथमिकताका साथ प्रचारप्रसार गर्ने निर्णय भएको छ ।
ऋषि महर्षिको तपोवन मानिएको नेपाल योग साधनाको उद्गम थलोका रूपमा मानिएको छ । दैनिक योगभ्यासले मानिसलाई अनुशासित, नैतिकवान् मात्र नभई स्वस्थ तथा शरीर फुर्तिलो र जाँगरिलो बनाउने विश्वास गरिन्छ ।