Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • काङ्ग्रेस रूपान्तरणका लागि वैधानिक बाटो अपनाउन अरुण सुबेदीको सुझाव !
झगडाले समस्याको समाधान हुँदैन काङ्ग्रेस रूपान्तरणका लागि वैधानिक बाटो अपनाउन अरुण सुबेदीको सुझाव !
अच्युत प्रसाद नेपाल
अच्युत प्रसाद नेपाल बिहीबार, साउन २१, २०८३

काठमाडौं- नेपाली काङ्ग्रेसभित्र आन्तरिक एकता सुदृढ गर्ने उद्देश्यले युवा काङ्ग्रेसहरूले आयोजना गरेको ‘देश र काङ्ग्रेस जोड्ने अभियान’ साउन २० गते सम्पन्न भएको छ । कार्यक्रममा राजनीतिक विश्लेषक अरुण सुबेदीले काङ्ग्रेसको रूपान्तरणका लागि पार्टीभित्र वैधानिक प्रक्रियाबाट अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुबेदीले सर्वप्रथम आयोजकलाई व्यवस्थापन सुधार गर्न सुझाव दिए । उनले भने, “नेपाली काङ्ग्रेसले व्यवस्थापनको सीप सिक्न आवश्यक छ । आसन ग्रहण गराउने क्रम लामो भयो भने यो हल नै खाली हुन सक्छ । तपाईंहरूका आफ्नै छोराछोरी पनि यति लामो कार्यक्रममा बस्दैनन् भन्दै नयाँ पुस्तालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा व्यवस्थापन र अभिव्यक्तिको ठूलो महत्व हुन्छ । अबको भविष्य, उनीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सक्नेहरूको हुनेछ ।”

त्यसपछि विषयवस्तुतर्फ प्रवेश गर्दै उनले आफूले देखेको र भोगेको नेपाली काङ्ग्रेसको वर्तमान अवस्था “प्रतिपक्षविहीन” जस्तो भएको टिप्पणी गरे। उनले काङ्ग्रेसको सबैभन्दा ठेलो विशेषता पार्टीभित्र विभिन्न विचारहरूको समायोजन हुँदै जानु रहेको उल्लेख गर्दै यो विषय पार्टी सभापति गगन थापाले गम्भीर रूपमा मनन गर्नुपर्ने बताए ।

meetingcongress-1785997023.jpg
नेपालको सबैभन्दा गौरवशाली राजनीतिक दल आफ्नै व्यवस्थापनमा सर्वसत्तावादतर्फ उन्मुख भइरहेको हो कि भन्ने आशङ्का व्यक्त गर्दै उनले प्रश्न गरे, “एकता भनेको के केवल प्रतिस्थापन वा नियुक्ति मात्र हो ? भन्दै सुबेदीले “गगन थापाले पद छोडे मात्रै समस्या समाधान हुन्छ भन्ने मलाई लाग्दैन” भन्दै व्यक्तिकेन्द्रित प्रवृत्तिले पार्टीलाई बिस्तारै वैचारिक विचलनतर्फ धकेलिरहेको धारणा राखे । उनका अनुसार सिद्धान्तविहीन सङ्गठन अन्ततः माफियाकरणतर्फ जान्छ, र काङ्ग्रेस अहिले आफ्नै सिद्धान्तमा अलमलिएको देखिन्छ ।

Hardik health

उनले ओली नेतृत्वको सरकारका बेला नेपाली काङ्ग्रेसको भूमिका “उपकम्युनिस्ट पार्टीजस्तो” र अहिले “उपरास्वपाजस्तो” देखिएको टिप्पणी गर्दै काङ्ग्रेस रणनीतिक र वैचारिक रूपमा चुकेको बताए । संसदमा काङ्ग्रेसको निरीह भूमिका देखेर आफूलाई दुःख लागेको उल्लेख गर्दै उनले बजेटका कमजोरीहरू निर्भीकतापूर्वक उठाउन नसकेको आरोप लगाए ।

काङ्ग्रेसले वैचारिक रूपमा आफूलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले अहिलेको बहस “गगन थापाले छोड्ने वा नछोड्ने” मा सीमित नभई पार्टी रूपान्तरणका एजेन्डा तय गरेर वैधानिक प्रक्रियामार्फत तल्लो तहबाट अनुमोदन गर्दै अघि बढ्नुपर्ने सुझाव दिए । उनका अनुसार झगडाले समस्याको समाधान हुँदैन ।

काङ्ग्रेसको ऐतिहासिक सम्पत्ति भनेको पञ्चायतविरुद्धको संघर्ष र २००७ सालको प्रजातान्त्रिक आन्दोलन रहेको उल्लेख गर्दै उनले यी इतिहास मात्र दोहो¥याएर नयाँ पुस्तालाई आकर्षित गर्न नसकिने बताए । अहिलेको पुस्तालाई आकर्षित गर्न नयाँ राजनीतिक शक्ति तयार भइसकेको भन्दै उनले काङ्ग्रेसले भविष्यको राजनीति र नयाँ एजेन्डा निर्माण गर्नुपर्ने धारणा राखे ।

“बीपी कोइरालाको इतिहास मात्रै पढाएर अब आफ्नै सन्ततिले पनि काङ्ग्रेसलाई मत दिँदैन” भन्दै उनले नयाँ पुस्तालाई आकर्षित गर्ने नयाँ दृष्टिकोण आवश्यक रहेको बताए । सुबेदीले आफूलाई कसैले विश्लेषक, लेखक वा उद्योगपति भन्ने, कसैले काङ्ग्रेस समर्थक भन्ने, तर आफूले भने “ल्याइते काङ्ग्रेस” भन्ने गरेको उल्लेख गर्दै अझै पार्टीभित्र पूर्ण रूपमा स्वीकार हुन नसकेको अनुभव सुनाए ।

उनले काङ्ग्रेसको वर्तमान नीति असफल भएको दाबी गर्दै अर्थनीति र परराष्ट्र नीतिका एजेन्डामा पार्टी कमजोर अवस्थामा रहेको बताए। त्यसलाई तत्काल सुधार गर्नुपर्ने उनको धारणा थियो । २०१२ सालमा बीपी कोइरालाले दिएको परिवर्तनको सन्देश स्मरण गराउँदै उनले काङ्ग्रेसले भावनात्मक रूपमा जनतासँग जोडिन सांस्कृतिक राष्ट्रवादलाई पनि बहसको विषय बनाउनुपर्ने बताए ।
उनले काङ्ग्रेसका प्रमुख वैचारिक एजेन्डा यसरी प्रस्ताव गरे:-

  • आर्थिक प्रजातन्त्र, 
  • सांस्कृतिक राष्ट्रियता, 
  • “नेसन फस्र्ट” मा आधारित परराष्ट्र नीति, 
  • सामाजिक तथा कृषि क्षेत्रको सुधार। 

यी विषयलाई तल्लो तहबाट अनुमोदन गराएर पार्टीको आधिकारिक नीति बनाउन उनले सुझाव दिए । सुबेदीले समाजवाद र सामाजिक सुरक्षा एउटै विषय नभएको स्पष्ट पार्दै सामाजिक सुरक्षा राज्यको दायित्वभित्र पर्ने बताए। साथै काङ्ग्रेसले परराष्ट्र सम्बन्ध सुदृढ नगरे अन्तर्राष्ट्रिय प्रजातान्त्रिक शक्तिहरूले नेपालमा वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण गर्न सक्ने चेतावनी दिए। पश्चिम युरोप, इजरायल, जापान, भारत र अमेरिकासँगको सम्बन्ध बलियो बनाउन नसके भविष्यमा काङ्ग्रेस एक्लिन सक्ने उनको भनाइ थियो ।

काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित ‘देश र काङ्ग्रेस जोडिने अभियान:  

एकता–सद्भाव विमर्श’ कार्यक्रमको अध्यक्षता नेपाली काङ्ग्रेसका युवा नेता तथा राष्ट्रियसभा सदस्य रञ्जित कर्णले गरेका थिए ।कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा नेपाली काङ्ग्रेसकी युवा नेतृ रजनी थापा, नेता राजेन्द्र तिवारी, सल्यान गाउँपालिकाका सभापति निरकुमार शर्मा, नेता नैनसिंह महर, महासमिति सदस्य नवीन राईलगायत नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै काङ्ग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए ।

उपस्थित नेताहरूले नेपाली काङ्ग्रेस विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै पार्टी फुटको संघारमा पुगे उपलब्ध गणतन्त्र र लोकतान्त्रिक उपलब्धिहरू नै संकटमा पर्न सक्ने चिन्ता व्यक्त गरे। उनीहरूले संस्थापन र इतर पक्षबीच संवाद गरी पार्टीलाई एकताबद्ध राख्नुको विकल्प नभएको उल्लेख गर्दै लोकतन्त्रलाई सुदृढ बनाउन तथा काङ्ग्रेसभित्र एकता कायम गर्न कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे ।
 


प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १२:०२
#नेपाली काङ्ग्रेस
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने मंगलबार, भदौ २, २०८३
देउवा समूह पश्चगमनतिर, हिन्दूराष्ट्रको कित्तामा उभियो
देउवा समूह पश्चगमनतिर, हिन्दूराष्ट्रको कित्तामा उभियो सोमबार, भदौ १, २०८३
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज सोमबार, भदौ १, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा आइतबार, साउन ३१, २०८३
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा आइतबार, साउन ३१, २०८३
राजनीतिक संस्कार नै बदल्ने देउवापक्षको प्रस्ताव
राजनीतिक संस्कार नै बदल्ने देउवापक्षको प्रस्ताव आइतबार, साउन ३१, २०८३
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP