Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रतिनिधिसभामा विद्युत् आपूर्ति नियमित बनाउन सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभामा विद्युत् आपूर्ति नियमित बनाउन सरकारको ध्यानाकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २२, २०८३
Energy Drink Energy Drink

काठमाडौं- सांसदहरूले खाना पकाउने ग्यासको अभाव अन्त्य गर्न, विद्युत् नियमित आपूर्ति नियमित बनाउन र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद वासना थापाले ओझेलमा परेका दैलेखको पञ्चदेवल, पञ्चकोशीलगायत तीर्थस्थल र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्। सांसद बिना गुरुङले कास्की जिल्ला कारागारमा रहेका अभिभावकसँग आश्रित बालबालिकालाई उचित शिक्षादीक्षाको प्रबन्ध दिलाउन सरकारसँग माग गरिन्।

सांसद बुद्धरत्न महर्जनले २०८१ असोजमा आएको बाढीले ललितपुरको कोन्ज्योसोम, बागमती र महाँकाल गाउँपालिकाको सयौँ नागरिकको घर बगाएको उल्लेख गर्दै पीडित परिवारलाई शीघ्र राहत दिएर सुरक्षित आवासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद भरतबहादुर खड्काले सरकार र नेपाल शिक्षक महासङ्घबीच यसअघि भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरे । सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिमका सांसदसँग गरेका छलफलमा आफूलाई आमन्त्रण नगरिएको भन्दै गुनासो गरे।

Ncell
Hardik health

सांसद भरत गिरीले खाना पकाउने ग्यासको अभाव भइरहेको अवस्थामा विद्युत्को नियमित आपूर्ति नहुँदा सर्वसाधारण मारमा परेको जनाउँदै विद्युत् आपूर्ति नियमित बनाउन माग गरे । सांसद भूमिका लिम्बू सुब्बाले पाँचथरको फाल्गुनन्द गाउँपालिकामा रेबिजको सङ्क्रमणबाट सयौँ पशु मरेको भन्दै तत्काल छाडा कुकुर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद भूमिका श्रेष्ठले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल प्रवेश गर्ने त्रिपुरेश्वर-कालिमाटी मूल सडकमा पैदलयात्रुको सुरक्षाका लागि आकाशे पुल निर्माण गर्न आग्रह गरिन् ।

सांसद मदनकृष्ण श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीमा देखिएको बेथिती अन्त्य गर्न रेडक्रससम्बन्धी कानुन ल्याउन माग गरिन्। सांसद मनमाया विकले दलित समुदायमाथि हुँदै आएको विभेद अन्त्य गर्न सरकारको स्पष्ट योजना खोइ भन्दै प्रश्न गरे। सांसद माधवबहादुर थापाले बाँदर, बदेल र दुम्सीको आतङ्कले पाल्पाका किसान प्रभावित बनिरहेको उल्लेख गर्दै जङ्गली जनावर नियन्त्रण गरी जनतालाई राहत दिन माग गरे ।

सांसद मोहन आचार्यले पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवा खण्डको बनुवा घुम्तीमा पहिरो रोक्न बनाइएको ग्याविन पर्खाल भत्कँदा चीनसँग जोड्ने अन्तर्राष्ट्रिय नाका बन्द हुने अवस्थामा पुगेको जनाउँदै यथाशीघ्र सडक निर्माण सुरु गर्न ध्यानाकर्षण गराए।
सांसद मोहनलाल आचार्यले कपिलवस्तुस्थित नेपाल–भारत सीमा नाकाबाट अवैध लागुऔषध ओसारपसार, चोरी पैठारी र विषादीयुक्त तरकारी अवैधरूपमा भित्रँदा स्थानीय किसान प्रभावित भएको बताए ।

सांसद मोहमद फिरदोस आलमले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप सहुलियत दिन माग गरे । यज्ञबहादुर बोगटीले कर्णाली नदीले अछामका चार वटा पालिकामा कटान बढाउँदै लगेको भन्दै नदी नियन्त्रणको काम थाल्न आग्रह गरे । सांसद यज्ञमणि न्यौपानेले अन्य खर्च कटौती गरेर भए पनि स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराए । सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका सहिद परिवार र घाइतेसँग सरकारले गरेको सम्झौता तत्काल पूरा गर्न माग गरिन्।

सांसद रजनी श्रेष्ठले फुटबल प्रतियोगितामा गम्भीर घाइते भएका राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद रत्नाकुमारी थापाले अछामका ग्रामीण भेकमा बिजुलीका खम्बा गाडिए पनि त्यहाँका नागरिकले कहिले बत्ति बाल्न पाउँछन् भनी सरकारसँग प्रश्न गरिन् । सांसद रञ्जु न्यौपानेले करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन गरेकामा सरकारलाई धन्यवाद दिइन्। रमेशकुमार मल्लले श्रमिकको ज्याला पुनःरावलोकन गर्न, योगदानमा आधारित सामाजिक सुरक्षा र सामूहिक सौदाबाजी सुनिश्चित गर्न माग गरे।

सांसद रमेशकुमार सापकोटाले देशभर देखिएको ग्यासको अभाव तत्काल अन्त्य गरी आगामी दिनमा अभाव नहुने सुनिश्चतता गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद रमेश प्रसाईंले ग्यासको कृत्रिम अभाव अन्त्य गर्न र ग्यासको कालोबाजारी गर्नेलाई दण्ड दिन केले रोक्यो भनी सरकारसँग प्रश्न गरे । सांसद राजकिशोर महतोले साम्प्रदायिक सद्भाव खलल पुर्याउन खोज्नेलाई कडा कारबाही गर्न माग गरे । सांसद राजन गौतमले अनुदानमा पाउने कृषि सामग्री र मलबीउमा ठूलो घोटाला हुँदै आएको जिकिर गर्दै त्यसबारे अनुसन्धान गर्न माग गरे ।

सांसद राजिव खत्रीले भक्तपुरको परम्परागत कुमाले पेसा लोप हुँदै गइरहेको भन्दै माटोका भाडा बनाउने सीपलाई प्राज्ञिक मान्यता दिन सरकारको ध्यानाकर्षण गराए ।  सांसदहरू राधिका रम्तेल, राम लामा, रिङ्गला यादव, रिमा विश्वकर्मा, रुकेश रञ्जित, रुविना आचार्य, रेखाकुमारी यादवले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  १७:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै मंगलबार, असोज ६, २०८३
आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना
आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
शुक्रबारदेखि देशभरि भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन अपिल
शुक्रबारदेखि देशभरि भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन अपिल सोमबार, असोज ५, २०८३
आजको खबर
आजको खबर सोमबार, असोज ५, २०८३
सघन सहरी आयोजना धनकुटाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
सघन सहरी आयोजना धनकुटाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा सोमबार, असोज ५, २०८३
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन सोमबार, असोज ५, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP