काठमाडौं - श्रीमान विरामी भएपछि प्रधानमन्त्री सुशीला कार्की त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पुगेकी छन् ।श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्य समस्याका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गराउन उनी त्यहाँ पुगेकी हुन् ।
हाल उनका श्रीमान् चिकित्सकको निगरानीमा उपचाररत छन्। उपचारमा संलग्न चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएका छन् भने अन्य विवरण सार्वजनिक गरिएको छैन।
स्रोतका अनुसार सुवेदी यसअघि पनि प्रोस्टेटसम्बन्धी शल्यक्रिया गराइसकेका थिए। पछिल्लो समय संक्रमणका कारण असहजता बढेपछि बिहीबार अस्पताल भर्ना गरिएको हो। हाल उनलाई क्याबिनमा राखेर उपचार भइरहेको छ।