Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • ताइवान तनाव पन्छाउँदै ली चीन भ्रमणमा
ताइवान तनाव पन्छाउँदै ली चीन भ्रमणमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २०, २०८२

एएफपी- ताइवानजस्तो संवेदनशील विषयलाई सतहमा नल्याई चीनसँग आर्थिक सम्बन्ध सुदृढ गर्ने लक्ष्यसहित दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्युङ आइतबार चीन आइपुगेका छन् । चीन दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएकाले यस भ्रमणलाई सियोल–बेइजिङ सम्बन्ध पुनः सन्तुलनमा ल्याउने प्रयासका रूपमा हेरिएको छ ।

राष्ट्रपति ली छ वर्षपछि बेइजिङ भ्रमण गर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति हुन् । उनकाे चारदिने भ्रमण चीनले ताइवान वरपर ठूलो सैन्य अभ्यास गरेको एक साताभित्रै सुरु भएको हो । मिसाइल, लडाकू जेट, नौसेना र तटरक्षक जहाज सहभागी सो अभ्यासले अन्तर्राष्ट्रिय आलोचना खेपेको थियो, तर सियोल त्यस निन्दामा खुलेर सहभागी भएको थिएन ।

व्यापार र प्रविधि क्षेत्रका नेताहरूको ठूलो प्रतिनिधिमण्डलसहित राष्ट्रपति लीले चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा अन्य शीर्ष नेतासँग भेटवार्ता गर्दै आर्थिक सहकार्य विस्तार गर्ने अपेक्षा राखेका छन् । साथै, उत्तर कोरियासँगको सम्बन्ध सुधार गर्ने आफ्नो प्रयासमा चीनको प्रभाव उपयोग गर्न सकिने सम्भावनाबारे पनि उनले छलफल गर्ने तयारी गरेका छन् ।

Ncell
Hardik health

ली चीन प्रस्थान गर्नुभन्दा केही घन्टाअघि दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले जापान सागरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको थियो, जुन यो वर्षको पहिलो परीक्षण हो । दक्षिण कोरियाले लामो समयदेखि आफ्नो प्रमुख व्यापारिक साझेदार चीन र मुख्य सुरक्षा साझेदार अमेरिका बीच सन्तुलन कायम गर्दै आएको छ ।
विश्लेषकहरूका अनुसार चीनले हाल दक्षिण कोरियालाई अमेरिका-जापानसँगको सहकार्यबाट केही टाढा ल्याउने प्रयास गरिरहेको छ । हानकुक युनिभर्सिटी अफ फरेन स्टडिजका प्राध्यापक काङ जुन-युङका अनुसार त्रिपक्षीय सुरक्षा सहकार्य बलियो बन्दै जाँदा चीनले दक्षिण कोरियालाई ‘सबैभन्दा कमजोर कडी’ का रूपमा हेर्न सक्छ ।

ताइवानको विषयमा पक्ष लिनाले तनाव बढ्ने भन्दै राष्ट्रपति ली लामो समयदेखि सावधान रहँदै आएका छन् । हालै चिनियाँ सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा उनले ‘एक-चीन’ सिद्धान्तको सम्मान गर्ने र ताइवान जलडमरूमध्यसहित उत्तरपूर्वी एसियामा शान्ति र स्थिरता अत्यन्त महत्त्वपूर्ण भएको स्पष्ट पारेका थिए । आर्थिक एजेन्डामा राष्ट्रपति लीले दक्षिण कोरिया र चीनबीचको व्यापारलाई अझ पारस्परिक रूपमा फाइदाजनक बनाउने आवश्यकता औँल्याए  । उनीसँगै सामसङ, ह्युन्डाई मोटर समूहलगायत ठूला कम्पनीका शीर्ष अधिकारीहरू पनि भ्रमणमा सहभागी छन् । सोमबार राष्ट्रपति सीसँग शिखर वार्ता र मङ्गलबार प्रधानमन्त्री ली किआङसहित चिनियाँ नेताहरूसँग व्यापारसम्बन्धी छलफल तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस भ्रमणका क्रममा चीनले लामो समयदेखि अनौपचारिक रूपमा लगाउँदै आएको कोरियाली पप संस्कृति (के-पप) सम्बन्धी प्रतिबन्धमा केही सहजता आउने आशा पनि दक्षिण कोरियाली पक्षले गरेको छ । राष्ट्रपतिका सल्लाहकार वाइ सुङ–ल्याकका अनुसार आधिकारिक रूपमा प्रतिबन्ध नभएको भनिए पनि व्यवहारमा अवस्था फरक देखिँदै आएको छ र यही विषय पनि छलफलको एजेन्डामा रहनेछ ।
 


प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP