Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • दुई वर्षमा बन्नुपर्ने  झोलुंगे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन
दुई वर्षमा बन्नुपर्ने  झोलुंगे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस १७, २०८२

चितवन- पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुंगे पुल निर्माण भएको तीन वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्‍ज हुँदै जानुपर्ने भएकाले पुल सञ्चालनमा आउन नसकेको हो ।

 विसं २०७० सालको असार ३० गते नेपाली भू-भाग हुँदै सीधै वाल्मीकि आश्रम पुग्नेगरी नारायणी नदीमा झोलुंगे पुल बनाउने सम्झौता गरिएको थियो । दुई वर्षमा निर्माण सक्नेगरी सम्झौता गरिए पनि पुल निर्माणको काम सक्न नौ वर्ष लागेको थियो । मूल्य अभिबृद्धि कर बाहेक पाँच करोड १९ लाख ६६ हजार ७१३ रुपैयाँको लागतमा ४७९ मिटर लामो झोलुंगे पुल तयार भएको हो । विसं २०७९ असार असान्तमा निर्माण कम्पनीले काम सम्पन्न गरेपनि नदी तरेपछि जङ्गलै जङ्गल आश्रमसम्म पुग्न करिब तीन किलोमिटर बाटो पार गर्नुपर्छ । राम्रो बाटो बन्न नसकेको जनाउँदै पुलको मुखमा जाली लगाएर बन्द गरेपछि डुंगा चढेर जानु पर्ने बाध्यता रहेको छ ।

विनयी त्रिवेणी गाउँपालिका-६ का वडा अध्यक्ष नुरेन्द्र साहले पुल नचल्दा भारतीय भू-भाग हुँदै वा नदीमा डुंगा चढेर वाल्मीकि आश्रम पुग्नु पर्ने बाध्यता रहेको बताए । पुल बनेको लामो समय हुँदा पनि सञ्चालनमा नआएपछि आफूले जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा पत्राचार गरी माघ १ गतेबाट सञ्चालन ल्याइदिन आवश्यक सहजीकरणका लागि आग्रह गरेको बताए ।

त्रिवेणीकै होटल व्यवसायी सन्दीप गुप्ताले त्रिवेणी आउने धार्मिक पर्यटक वाल्मीकि जान चाहेर पनि बाटोका कारण नसकेको बताए । उनका अनुसार माघे सङ्क्रान्ति, माघे औसी, शिवरात्री, ठूलो एकादशीलगायतका पर्वमा त्रिवेणी आउने भक्तजन वाल्मीकि जान चाहने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्‍जभित्रको वाल्मीकि जाने बाटो निर्माणका लागि वागमती प्रदेश सरकारले गत वर्ष  २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको भएपनि जेसिवीलगायतका उपकरण लैजान नपाएपछि श्रमजानबाट काम गरिएको थियो । यस वर्षको वर्षातमा बाटो बिग्रिएपछि पुनःसडक मर्मतको काम भइरहेको गुप्ताले जानकारी दिए । अहिले पनि डुंगा तरेर जङ्गलको बाटो हिँडेर भक्तजन जाने आउने गरेका छन् । गुप्ताले केहिदिन अघि १२० जना विद्यार्थीलाई डुंगा चढाएर जङ्गलको बाटो हुँदै आश्रम पु¥याएर ल्याएको बताए ।

Hardik health

चितवन राष्ट्रिय निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले वाल्मीकि आश्रमसम्म जाने बाटो राम्रो बनेपछि पुल सञ्चालनका लागि राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागसँग अनुमति लिईने जानकारी दिए । उनका अनुसार बाटोको अवस्था निकै जीर्ण रहेको छ । उनले भने “बाटो बनेपछि हामी अनुमतिका लागि विभागमा पत्राचार गर्नेछौँ । यसको आफ्नै प्रक्रिया छ ।”

निकुञ्‍जलाई असर नपर्ने गरी बाटो सञ्चालन गर्नुपर्ने भएकाले तत्काल निर्णय गर्न कठिन हुने उनको भनाइ छ । पन्तले भविष्यमा धार्मिक महत्वको क्षेत्रलाई निकुञ्‍जभित्रकै एउटा अङ्ग मानेर वा नेपाल सरकारकै छुट्टै संयन्त्र बनाइ गुरूयोजनाअनुरूप व्यवस्थापन गर्ने विषयमा छलफल हुनसक्ने बताए ।

प्रमुख संरक्षण अधिकृत पन्तले गोरेटो बनाउने विकल्पमा जाँदा तीन किलोमिटर वन क्षेत्रमा सुरक्षा चुनौती हुनसक्ने भन्दै फोहोर व्यवस्थापनका जटिलता पनि आउन सक्छन् भने  ।यता माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले भने निकुञ्‍जभित्रको बाटो हिँडडुल गर्न सकिने बताए । वाल्मीकि आश्रम माडी नगरपालिका-१ मा पर्दछ । तीन महिना अघि आफू सोही बाटो हिँडेर गएर कार्यपालिकाको बैठक गरेर फर्किएको भन्दै उनले पुल सञ्चालनमा आएमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

माडी नगरपालिका-१ को छेउमा आश्रम पर्छ । बीचमा ठूलो भू-भाग चितवन राष्ट्रिय निकुञ्‍जको कोर क्षेत्र भएकाले माडीबाट सीधा यहाँ पुग्ने सडक छैन । यो क्षेत्रसँग नवलपरासी (बर्दघाट-सुस्तापूर्वको) विनय त्रिवेणी गाउँपालिका जोडिएको छ । नवलपरासीको बाटो (पूर्व-पश्चिम राजमार्ग) बर्दघाटबाट दक्षिण लागेपछि विनय त्रिवेणी-६ त्रिवेणीधाम पुगिन्छ । त्यहाँबाट नारायणी नदी पार गरी आश्रम पुगिन्छ ।

गाडीमा जाँदा गण्डक पुलदेखि वाल्मीकि टाइटर रिजर्वको करिब आठ किलोमिटर क्षेत्र पार गरेपछि तमोसा नदी पुगिन्छ । त्यहाँसम्म पुग्न ठाउँठाउँमा भारतीय सुरक्षा बलको सुरक्षा जाँच हुन्छ । पुल निर्माणमा लाग्नु भएका पूर्वसचिव आत्मराम पाण्डे यथासक्य चाँडो पुल सञ्चालन भएमा धार्मिक पर्यटन र स्थानीय वासिन्दा लाभान्वित हुने बताउँछन्  । विसं २०४४ सालमा जिल्ला प्रशासन कार्यालय चितवनमा उपसचिव पदमा कार्यरत रहँदाबाटै उहाँले वाल्मीकि आश्रमलाई व्यवस्थित बनाउने सपना देखेको बताए  ।

शिलान्यास भए पनि गण्डक बाँधको नजिकै भएका कारण झोलुंगे पुल निर्माण भारतले अबरोध खोजेको थियो । पाण्डेले तत्कालीन भारतीय राजदूत रञ्‍जित रेसँगको सम्बन्धको उपयोग गरी पुल निर्माणमा बाधा नपर्नेगरी सहमति गरेर काम गरेको बताए । उनले बाटो मर्मतसँगै यथासक्य छिटो पुल सञ्चालनका लागि सरोकारवाला निकायसँग आग्रह गरे । उनले भने, “नेपालीले आफ्नै भूमिको प्रयोग गरेर वाल्मीकि आश्रम पुग्न सकेको दिन मेरो लागि सबैभन्दा खुसीको दिन हुनेछ ।” यसले वाल्मीकि पुग्ने धार्मिक पर्यटक बढाउने उनको भनाइ छ ।


प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
नेपाल सुरक्षित र वर्षैभरि घुम्न मिल्ने गन्तव्यको रुपमा प्रवर्द्धन
नेपाल सुरक्षित र वर्षैभरि घुम्न मिल्ने गन्तव्यको रुपमा प्रवर्द्धन सोमबार, चैत २३, २०८२
पर्यटन प्रवर्द्धनमा प्रचारात्मक कार्यक्रममा जोड
पर्यटन प्रवर्द्धनमा प्रचारात्मक कार्यक्रममा जोड आइतबार, चैत २२, २०८२
देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’
देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’ शुक्रबार, चैत २०, २०८२
कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव आगामी मंगलबार
कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव आगामी मंगलबार बिहीबार, चैत १९, २०८२
मार्चमा एक लाख २० हजार पर्यटकको आगमन
मार्चमा एक लाख २० हजार पर्यटकको आगमन बुधबार, चैत १८, २०८२
नयाँ वर्षको अवसरमा दशौँ भक्तपुर महोत्सव आयोजना हुने
नयाँ वर्षको अवसरमा दशौँ भक्तपुर महोत्सव आयोजना हुने बुधबार, चैत १८, २०८२
सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’
सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’ बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP