Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #चितुवाको उद्धार
  • #अस्थायी मतदान केन्द्र
  • #टेम्केमैयुङ
  • #सवारीसाधन_निषेध
  • #निर्वाचन_प्रहरी
  • #काकापो
  • #ग्याल्पो_ल्होसार
  • #एभोकाडो
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • पोखराको एनसेल डाटा सेन्टरमा सञ्चारमन्त्री खरेलकाे अवलोकन र गरे परियोजनाको उद्घाटन  
पोखराको एनसेल डाटा सेन्टरमा सञ्चारमन्त्री खरेलकाे अवलोकन र गरे परियोजनाको उद्घाटन  
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १६, २०८२

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखराको एनसेल डाटा सेन्टरमा एनसेलको भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षमता अभिवृद्धी परियोजनाको उद्घाटन गरेको छन् । अत्याधुनिक सर्भरहरूमार्फत भोल्टे र भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवा प्रदान गर्न विस्तार गरिएको आईपी मल्टिमिडिया सबसिस्टम (आइएमएस) प्रणालीको स्विच अन गरी उनले औपचारिक रूपमा परियोजनाको उद्घाटन गरेका हुन् ।

यो क्षमता अभिवृद्धीसँगै अब एनसेलले यो डाटा सेन्टरमार्फत ५० लाख सक्रिय ग्राहकहरुलाई भोल्टे सेवा दिन सक्ने भएको छ । दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि भएकाले यसले उच्च गुणस्तरको हाई डेफिनिसन (एचडी) र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ ।

त्यसैगरी, एनसेलको भोवाइफाइ भनेको यस्तो प्रविधि हो जसले प्रयोगकर्तालाई कुनै पनि वाइफाइको प्रयोग गरेर आफ्नै एनसेल नम्बरबाट फोन कल गर्न र रिसिभ गर्न सक्षम बनाउँछ । यसमार्फत प्रयोगकर्ताले एचडी भ्वाइस कल र एसएमएस पठाउन सक्छन् । विशेष गरी मोबाइल सिग्नल कमजोर हुने बेसमेन्ट, अग्ला भवनहरू वा दुर्गम ठाउँहरू जहाँ स्थिर वाइफाइ उपलब्ध हुन्छ त्यस्ता ठाउँहरुमा भोवाइफाइमार्फत सहजै सम्पर्कमा रहन सकिन्छ ।

Hardik health

मन्त्री खरेलले पोखराका विभिन्न कार्यलयको निरीक्षण, अवलोकन तथा भेटघाट गर्ने क्रममा पोखरामा रहेको एनसेलको डिजास्टर रिकभरी सेन्टरका रुपमा संचालित डाटा सेन्टरको अवलोकन भ्रमण गरेका हुन् । एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठ र कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विषाखालक्ष्मी खड्काले मन्त्री खरेललाई स्वागत गरेका थिए । 

अवलोकन भ्रमण पश्चात मन्त्री खरेलले भने, “डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यलाई एनसेलका यस्ता पूर्वाधारले निरन्तर साथ दिइरहेको छ र डिजिटलाइजेसन ड्राइभका प्रमुख आधारभूत संरचनामध्ये एनसेलको पोखरा डाटा सेन्टर एक रहेको छ ।” साथै उनले डाटा सेन्टरको सञ्चालन र व्यवस्थापनको प्रशंसा गरे । 

एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर श्रेष्ठले यो डाटा सेन्टर सन् २०१२ मा स्थापना गरी सञ्चालनमा ल्याइएको बताए र नेपालको दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रका एक प्रमुख पूर्वाधारको भूमिका निभाउँदै आएको बताए । “भोल्टेको क्षमता अभिवृद्धीपछि अब कम्पनीले यो आधुनिक सेवा अझ धेरै ग्राहकहरुलाई प्रदान गर्न सक्ने भएको छ,” उनले भने । 

श्रेष्ठ र एनसेलका अन्य जिम्मेवार शाखाका कार्मचारीहरुले पोखरा डाटा सेन्टरको काम, क्षमता, प्राविधिक पक्ष, दूरसञ्चार र सूचना प्रविधिमा उक्त डाटा सेन्टरको भूमिकालगायतका बारेमा मन्त्री खरेललाई जानकारी गराएका थिए ।
 


प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
नेशनल लाईफको ३९औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न
नेशनल लाईफको ३९औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न सोमबार, फागुन ११, २०८२
एसजे मोटो र हिमालयन जाभाद्वारा नयाँ स्वरूपकाे आउटलेट सञ्चालन
एसजे मोटो र हिमालयन जाभाद्वारा नयाँ स्वरूपकाे आउटलेट सञ्चालन सोमबार, फागुन ११, २०८२
सानिमा रिलायन्सको 'मिट द च्याम्पियनस् ' कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित
सानिमा रिलायन्सको 'मिट द च्याम्पियनस् ' कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित सोमबार, फागुन ११, २०८२
घोराहीमा  सन नेपाल लाइफको नयाँ शाखा स्थानान्तरण
घोराहीमा सन नेपाल लाइफको नयाँ शाखा स्थानान्तरण आइतबार, फागुन १०, २०८२
‘ग्लोबल मनी विक’ चैत २ देखि ८ गतेसम्म
‘ग्लोबल मनी विक’ चैत २ देखि ८ गतेसम्म शुक्रबार, फागुन ८, २०८२
बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफको सहयोग
बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफको सहयोग बिहीबार, फागुन ७, २०८२
एनसेल, फुडमान्डुले ल्यायो खानाका परिकारमा  विशेष छुटकाे अफर
एनसेल, फुडमान्डुले ल्यायो खानाका परिकारमा  विशेष छुटकाे अफर बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता
रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP