Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
Search Here
समाचार
  • Home
  • समाचार
  • विद्यार्थीलाई ३० रुपैयाँमा खाना
विद्यार्थीलाई ३० रुपैयाँमा खाना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १६, २०८२

गण्डकी- सुन्दा अचम्म लाग्न सक्छ, महँगीको वर्तमान समयमा कास्कीको पोखरा महानगरपालिका- २८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थीलाई प्रतिछाक खाना ३०  रुपैयाँमा खुवाउँदै आएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ कक्षा ८, ९ र १० का विद्यार्थीलाई दिवा छात्रावासको अवधारणाअनुसार बिहान ७ः३० बजेबाट कक्षा सञ्चालन गरिरहेको विद्यालयले पूर्वविद्यार्थीहरूको सहयोगमा न्यून शुल्कमा खाना खुवाउने व्यवस्था मिलाएको विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले जानकारी दिए  ।

विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ छात्रावास सञ्चालन गरिएको जनाउँदै उनले उनीहरूको सहजताका साथै अभिभावकलाई पनि आर्थिक भार कम परोस् भन्ने उद्देश्यले पूर्वविद्यार्थीको सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको बताए  । गत भदौबाट आफूहरूले दिवा छात्रावास सञ्चालन गरिरहेको उनले जानकारी दिए  ।

Hardik health

“विद्यालयका पूर्वविद्यार्थीहरूको सहयोगमा हामीले यो कार्र्यक्रम अघि बढाएका छौँ”, उनले भने, “कार्यक्रमका लागि पूर्वविद्यार्थीका तर्फबाट दाल, चामल, तरकारीका साथै आर्थिक सहयोग आउने गरेको छ ।” उनका अनुसार विद्यालयमा अध्ययन गर्नका लागि झण्डै डेढ घण्टा समय हिँडेर आउने विद्यार्थीसमेत रहेका छन् ।

विद्यालयमा भगवतीटार, नौरुङ, राम्चे, ओख्लेलगायत टाढाटाढाका स्थानबाट विद्यार्थी आउने गरेको उल्लेख गर्दै उनले हालसम्म विद्यालय बसेको सुविधा उपलब्क्ध गराउन नसकिएको बताए । विद्यालय बसका लागि भारतीय राजदुतावासमा प्रस्ताव गरिएको जनाउँदै न्यौपानेले यसै आर्थिक वर्षभित्रमा बस प्राप्त हुने अपेक्षा गरिएको बताए  ।

विसं २०१६ मा स्थापित यस विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान गरेको यहाँका अभिभावक बताउँछन् । विद्यालयले कक्षा ९ देखि १२ सम्म कम्प्युटर विज्ञान विषयको पठनपाठनसमेत गराउँदै आएको प्रधानाध्यापक न्यौपानेले जानकारी दिए  । 


 


प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक शिक्षासम्बन्धी स्वीकृतिबिना परामर्श संस्था सञ्चालन गर्नेलाई  शिक्षा मन्त्रालयकाे चेतावनी
वैदेशिक शिक्षासम्बन्धी स्वीकृतिबिना परामर्श संस्था सञ्चालन गर्नेलाई शिक्षा मन्त्रालयकाे चेतावनी सोमबार, पुस १४, २०८२
चिसोले महोत्तरीका विद्यालय बन्द
चिसोले महोत्तरीका विद्यालय बन्द आइतबार, पुस १३, २०८२
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित बिहीबार, पुस १०, २०८२
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
त्रिविको ५१‌ ‌‌‌औँ दीक्षान्त समारोह आज
त्रिविको ५१‌ ‌‌‌औँ दीक्षान्त समारोह आज बिहीबार, पुस १०, २०८२
विदेशमा रहेका नेपालीलाई मताधिकार प्रस्तावमाथि निर्णय हुन नसकेपछि शिक्षामन्त्रीकाे आपत्ति
विदेशमा रहेका नेपालीलाई मताधिकार प्रस्तावमाथि निर्णय हुन नसकेपछि शिक्षामन्त्रीकाे आपत्ति मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP