Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नेपालीको उद्धारमा ढिलाइ
नेपालीको उद्धारमा ढिलाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १३, २०७७
Hardik health
काठमाडौं– वैदेशिक रोजगार कल्याणकारी कोषबाट नेपाली श्रमिकको उद्धारका निम्ति विदेशस्थित नियोगहरुसँग परामर्श भइरहेकाले उद्धारमा केही ढिलाइ भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोमबार प्रभाव दैनिकसँगको कुराकानीमा मन्त्रालयका सूचना अधिकारी सुरेश अधिकारीले गत सोमबार मन्त्रिपरिषद्को बैठकले उद्धार निर्देशिका जारी गर्दै कोषबाट उद्धार गर्ने निर्णय गरेसँगै नियोग तथा दूताबासहरुसँग मन्त्रालयले परामर्श थालनी गरेको तर उद्धारका प्रक्रियाहरु पूरा नआएकाले ढिलाइ भएको बताए । मन्त्रिपरिषद्को निर्णयले नेपाली श्रमिकको उद्धार कोषमा रहेको चाँडो उद्धार गर्न भने पनि किन ढिलाइ भन्ने प्रश्नमा आफैँ खर्च व्यहोरेर फर्किन नसक्नेको संख्या नियोग तथा दूताबासले पठाएसँगै उद्धार थालनी गर्ने उनले बताएका छन् । ‘सोमबारको मन्त्रिपरिषद्को आफ्नो खर्चमा फर्कन नसक्नेलाई उद्धार गर्न निर्देशिका पारित गरेसँगै मन्त्रालयले विदेशस्थित नियोग र दूताबासहरुस“ग परामर्श थालनी गरेको छ,’ उनले अगाडि भने, ‘नियोगमार्फत उद्धार गर्नुपर्ने संख्या आइरहेको छ र पूर्ण भएर आएसँगै उद्धार थालनी गरिनेछ ।’ यसै सन्दर्भमा वैदेशिक रोजगार बोर्डका महानिर्देशक कुमारप्रसाद दाहालले पनि कोभिड–१९ का कारण समस्यामा परेका नेपाली श्रमिकको उद्धार कोषबाट गर्ने वातावरण तीव्र भइरहेको बताएका छन् । विदेशमा समस्यामा परेका उनीहरुको नियोग तथा श्रमसहचारीबाट उद्धार गरिने उनले बताए । उनले भने, ‘हाल विभागमार्फत खाडीलगायत देशमा २३ लाख नेपाली श्रमिकहरु काम गर्न विदेशिएका छन् । मन्त्रिपरिषद्को बैठकको निर्णयले कोभिड–१९ का कारण समस्यामा परेका नेपाली श्रमिकको उद्धार चाँडो गर्न भने पनि सबै चाँजोपाँजो मिलाउन समय लागिहाल्छ नै ।’ वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले नियोगमार्फत फर्किन चाहने नेपाली श्रमिकको संख्या यकिन भएर आएसँगै रकम पठाइने बताएका छन् । सोमबार मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ का कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार गर्ने निर्णय गरेको बताउँदै उनले भने, ‘कोषमा भएको रकम आपत्विपतकै लागि भनेर जम्मा गरिएको हो । र, नियोगमार्फत् फर्किन चाहनेहरुको संख्या यकिन भएर आएसँगै कोषले २४ घन्टाभित्र रकम उपलब्ध गराउनेछ ।’ नियोगमार्फत् चार्टर्ड जहाजमा आवश्यक डेढ सयभन्दा बढी श्रमिक फर्किन चाहेको विवरण पठाएको खण्डमा तत्काल बोर्डले रकम पठाइदिने उनले बताएका छन् । तर, विमान नभरिने गरी विवरण आएको खण्डमा भने केही ढिलाइ हुने उनले बताए । सूचना अधिकारी सुवेदीका अनुसार मलेसिया र खाडी मुलुक कतारका लागि श्रम स्विकृति लिएर गएका २३ हजार नेपालीको कोषबाट उद्धार गर्नुपर्ने आंकलन गरिएको छ । साथै, अन्य देशमा उद्धार गर्नुपर्ने नेपाली श्रमिकको भन्ने विषयमा यकिन विवरण आइनसकेको उनले बताए । श्रम स्विकृति लिएर विदेश गई कोभिड–१९ का कारण समस्यामा परेकाहरुको गाँस, बासका लागि ८० लाख रकम कोषबाट पठाइसकिएको पनि उनले बताएका छन् । उनले भने, ‘कोभिड–१९ का कारण समस्यामा परेकाहरुका लागि हालसम्म कोषले ८० लाख रकम पठाइसकेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  ०४:४६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP