Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • वैदेशिक शिक्षासम्बन्धी स्वीकृतिबिना परामर्श संस्था सञ्चालन गर्नेलाई शिक्षा मन्त्रालयकाे चेतावनी
वैदेशिक शिक्षासम्बन्धी स्वीकृतिबिना परामर्श संस्था सञ्चालन गर्नेलाई शिक्षा मन्त्रालयकाे चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १४, २०८२

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक शिक्षासम्बन्धी परामर्श सेवा उपलब्ध गराइरहेका शैक्षिक परामर्शदातृ संस्थाहरूको नाममा आज एक सूचना जारी गर्दै स्वीकृतिबिनै सञ्चालनमा रहेका संस्थाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।

मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले जारी गरेको सूचनामा वैदेशिक अध्ययनका लागि विभिन्न मुलुकमा पठाइएका विद्यार्थीहरू शिक्षण संस्था नभएका स्थानमा पुग्ने, तालिम केन्द्रलाई शिक्षण संस्थाको रूपमा प्रस्तुत गरिने तथा सम्बन्धित देशबाट औपचारिक मान्यता नपाएका संस्थाका नाममा अफर लेटर झिकाई अध्ययनका लागि पठाइने कारण विद्यार्थीहरू ठगिने र विभिन्न समस्यामा पर्ने गरेको उल्लेख गरिएको छ।

विद्यार्थी, सञ्चार माध्यम, नेपाल मेडिकल काउन्सिल तथा नेपाल सरकारका कूटनीतिक नियोगहरूबाट उजुरी, गुनासा र पृष्ठपोषण प्राप्त भएको मन्त्रालयले जनाएको छ। केही दर्तावाला चिकित्सकसमेत शैक्षिक परामर्श व्यवसायमा संलग्न भई Code of Ethics and Professional Conducts, 2017 को उल्लंघन हुनेगरी विज्ञापन गरिएको भन्दै नेपाल मेडिकल काउन्सिलले विज्ञप्ति नै जारी गरेको मन्त्रालयको भनाइ छ।

Hardik health

शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार शैक्षिक परामर्श सेवा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेकामा उजुरीमा उल्लेख भएका कतिपय संस्थाहरू मन्त्रालयको अभिलेखमा नरहेको पाइएको छ। यसले समस्या समाधान, अनुसन्धान तथा अनुगमन कार्यमा समेत प्रतिकूल असर परेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले स्वीकृतिप्राप्त संस्थाहरूले मात्र वैदेशिक शैक्षिक परामर्श सेवा उपलब्ध गराउन, विद्यार्थी तथा अभिभावकहरूले अनुमति प्राप्त संस्थाबाट मात्र सेवा लिन र अफर लेटर प्राप्त गरिने शिक्षण संस्थाको सरकारी आधिकारिकता अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ। साथै गलत वा भ्रामक सूचना तथा विज्ञापन नगर्न पनि सम्बन्धित सबैलाई सचेत गराइएको छ।

शिक्षण संस्थाहरूको सरकारी आधिकारिकता जाँच गर्न सम्बन्धित देशका आधिकारिक वेबसाइट तथा मन्त्रालयले उपलब्ध गराएका लिंकहरू प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ। यस विषयमा कुनै गुनासा भए शिक्षा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाको इमेल [email protected] मार्फत जानकारी गराउन मन्त्रालयले अनुरोध गरेको छ।


प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अनुमतिबिना विदेशी शैक्षिक सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी
अनुमतिबिना विदेशी शैक्षिक सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी शुक्रबार, असार २६, २०८३
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण मंगलबार, असार २३, २०८३
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल शुक्रबार, असार १९, २०८३
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बिहीबार, असार १८, २०८३
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो बुधबार, असार १७, २०८३
फरेन्सिक साइन्सको  विशेषज्ञकम स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव
फरेन्सिक साइन्सको विशेषज्ञकम स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव बुधबार, असार १७, २०८३
धान राेप्ने अभ्यासमा विद्यार्थीहरु
धान राेप्ने अभ्यासमा विद्यार्थीहरु सोमबार, असार १५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP