एएनआई- काबुलका पत्रकारहरूलाई उदृत गर्दै टोलो न्यूजले अफगानका पत्रकारहरुले सीमित जानकारी न्युन पहुँचको आधारमा सुचना प्रभाह गर्नुु पर्ने बाध्यता रहेको बताएको छ । उनीहरुले सीमित सुचना र पहुचको कारण प्रवाकारी सुचना प्रवाहमा कठिनाई आएको भन्दै चिन्तासमेत गरेका टोलो न्युजले जनाएको छ ।
उनीहरूले विगत एक वर्षमा सूचना प्राप्त गर्नमा ढिलाइ, मिडिया कानूनको अभाव र आर्थिक कठिनाइहरू जस्ता चुनौतीहरूको सामना गरेको जनाएका छन् । पत्रकार जबिहुल्लाह सरिफीलाई उदृत गर्दै टोलो न्यूजले अफगानिस्तानका पत्रकारहरूले सूचनाको पहुँचको अभाव र आर्थिक चुनौतिहरूसहित धेरै समस्याहरूको सामना गरिरहेको जनाएको छ ।
पत्रकार मोहम्मद मोहम्मदीले टोलो न्यूजलाई “ पत्रकारहरूले सूचनाको पहुँच र मिडिया कानूनको कार्यन्वयन गर्न आह्वान गरिरहेको बताउनु भएको छ । अफगान पत्रकारहरुको सङ्गठनले आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२५ मा पत्रकारको अधिकार उल्लङ्घनमा १८% वृद्धि भएको जनाएको छ ।
अफगान पत्रकार सुरक्षा समितिले भने सन् २०२४ को तुलनामा सन् २०२५ पत्रकारका सुधार भएको बताएको छ । समितिका अनुसार सरकारी संस्था र पत्रकारबीच समझदारी स्थापित भएको छ । समितिका प्रमुख जामिल वेकारले टोलो न्यूजलाई “सरकारी संस्था र मिडियाबिच समझदारी हुनुका साथै दृष्टिकोण परिवर्तन भएको बताएका छन् ।
यद्यपि सूचना तथा संस्कृति मन्त्रालयले भने हाल सम्म कुनै टिप्पणी नगरी पत्रकारहरूको समर्थनमा जोड दिएको जनाइएको छ । धेरै पत्रकारहरूले टोलो न्यूजलाई जानकारीको पहुँचमा चुनौतिहरू अझै पनि वाँकी रहेको र यस क्षेत्रमा अझ बढी ध्यान दिन आवश्यक रहेको बताएका छन् । सूचना तथा संस्कृति मन्त्रालय र सम्बन्धित संस्थाहरूलाई पत्रकारहरूसँग सधैँ सहयोग गर्न आह्वान गरेका छन् भने सूचनामा पहुँचका लागि पत्रकार र मिडियालाई समयमै जानकारी उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् ।
अफगानिस्तान पत्रकार युनियनले सूचनाको पहुँच सबै नागरिकहरूको अधिकार हो भन्ने कुरामा जोड दिँदै सुचनाले पारदर्शिता पनि सुनिश्चित गर्ने टोलो न्यूजले जनाएको छ ।