काठमाडाैं- नेपाल वायुसेवा निगमले जहाजको इन्जिन सट्टापट्टा गर्ने प्रक्रिया सुरु गरेको छ ।नेपाल वायुसेवा निगमको A320 जहाजको इन्जिन सट्टापट्टा गर्ने प्रक्रिया सुरु गर्ने भएकाे हाे ।
इन्जिन मर्मत् तथा भाडा खर्चसम्बन्धी विषयमा निगम र इजरायलस्थित आइएआई (IAI) बिच मौजुदा रहेको Maintenance with lease support सम्झौताको आधारमा वार्ताको माध्यमबाट समझदारी (MOU) सम्पन्न भएपछि निगमको जहाज २८ डिसेम्बर २०२५ मा काठमाडौं–दुबई (-KTM–DXB) नियमित उडानपश्चात् DXB-TLV उडान गरी २९ डिसेम्बर २०२५ मा इजरायल पुग्ने कार्यक्रम छ ।
इन्जिन जडान तथा प्राविधिक प्रक्रिया पूरा भएपश्चात् जनवरी २०२६ को दोस्रो साता इजरायलबाट जहाज फर्काइने तालिका तय गरिएको छ । निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र निगम उच्च व्यवस्थापनको निरन्तर प्रयासस्वरूप लामो समयदेखि विवादमा रहेको विषय टुङ्गिएको र इन्जिन सट्टापट्टा गर्ने प्रक्रिया अघि बढेको हो ।