Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस १३, २०८२
Energy Drink Energy Drink

एपी- रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार भेटवार्ताका लागि स्वागत गर्ने भएको छ । दुवै नेताले फ्लोरिडाको पाम बीचस्थित राष्ट्रपति ट्रम्पको निजी क्लब मार–ए–लागोमा भेट्नुहुनेछ, जहाँ राष्ट्रपति ट्रम्प हाल छुट्टी मनाइरहेका छन्  ।

राष्ट्रपति जेलेन्स्कीले यस भेटमा सुरक्षा तथा आर्थिक सम्झौताका विषयमा छलफल हुने र ‘क्षेत्रीय मुद्दा’ उठाइने जानकारी दिएका छन्  । पूर्वी युक्रेनको डोनबास क्षेत्रको भविष्यलाई लिएर मस्को र किएभबीच गहिरो मतभेद रहँदै आएको छ । भेटघाटअघिका दिनमा रुसले किएभमाथि मिसाइल र ड्रोन आक्रमण तीव्र पारेको छ, जसलाई राष्ट्रपति जेलेन्स्कीमाथि दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरिएको छ ।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत ‘युक्रेन यो युद्ध रोक्नका लागि जे पनि गर्न तयार छ, तर वार्ताको टेबलमा बलियो हुनुपर्छ’ भनेका छन् । उनले युक्रेन शान्ति चाहन्छ तर रुसले युद्ध जारी राख्ने सङ्केत गरिरहेको आरोप लगाए। युरोप र अमेरिका युक्रेनको पक्षमा उभिए संयुक्त रूपमा युद्ध रोक्न सकिने उनको भनाइ छ ।

यसैबीच, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग नोभा स्कोटियामा भएको भेटमा राष्ट्रपति जेलेन्स्कीले रुसमाथि दबाब र युक्रेनलाई बलियो समर्थन नै शान्तिको कडी भएको बताए । प्रधानमन्त्री कार्नीले युक्रेनको पुनर्निर्माणका लागि दुई अर्ब ५० करोड क्यानेडियन डलर थप सहयोगको घोषणा गरेका छन्  । उनले किएभमाथिको रुसी आक्रमणको निन्दा गर्दै राष्ट्रपति ट्रम्प र जेलेन्स्कीलाई ‘न्यायपूर्ण र स्थायी शान्ति’ का लागि महत्त्वपूर्ण क्षण सिर्जना गरेको श्रेय दिए ।

Ncell
Hardik health

हालैका हप्ताहरूमा अमेरिकी वार्ताकारहरूले अघि सारेको शान्ति प्रयासमा उल्लेख्य प्रगति भएको दुवै पक्षले जनाएका छन् । राष्ट्रपति जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति प्रस्तावको मस्यौदा लगभग ९० प्रतिशत तयार भइसकेको छ । यस क्रममा अमेरिकाले नाटोका अन्य सदस्यलाई जस्तै युक्रेनलाई पनि केही सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको छ । युक्रेनले यस्ता ग्यारेन्टी पाए भविष्यमा नाटो सदस्यता खोज्ने प्रयास त्याग्न तयार रहेको सङ्केत राष्ट्रपति जेलेन्स्कीले दिएका छन्  ।

क्रिसमसको दिन राष्ट्रपति जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरसँग पनि छलफल गरेका थिए । उनले संवेदनशील विषयमा अझै काम बाँकी रहेको र आगामी हप्ता निर्णायक हुनसक्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको ठूलो समय युक्रेन युद्ध अन्त्यका प्रयासमा खर्च गर्दै आउनुभएको छ । सन् २०२४ को चुनाव अभियानका क्रममा एक दिनमै युद्ध अन्त्य गर्ने दाबी गर्नुभएका उहाँले पछिल्लो समय यो प्रक्रिया जटिल रहेको स्वीकार गर्नुभएको छ । अक्टोबरमा ह्वाइट हाउसमा राष्ट्रपति जेलेन्स्कीलाई स्वागत गर्दा उहाँले दुवै पक्षलाई लडाइँ रोक्न आग्रह गर्दै हालको युद्धरेखामा रोक्नुपर्ने सङ्केत दिएका थिए ।

आइतबारको भेटअघि राष्ट्रपति जेलेन्स्कीले अझै नसुल्झेका मुख्य विषयमा क्षेत्रीय प्रश्न, जापोरिजिया आणविक ऊर्जा केन्द्र र युद्धपछिको पुनर्निर्माण कोष रहेको बताएका छन् । सुरक्षा ग्यारेन्टी र अनुगमन संयन्त्रसम्बन्धी प्राविधिक विषयहरू पनि छलफलको केन्द्रमा रहनेछन् । राष्ट्रपति जेलेन्स्कीका अनुसार युक्रेनले आफ्नो धारणा अमेरिकासमक्ष स्पष्ट गरिसकेको छ, जसलाई ट्रम्प प्रशासनले रुससमक्ष पुर्‍याउनेछ । उनले पछिल्लो साता, यदि रुस पनि पछि हटे र पूर्वी क्षेत्र अन्तर्राष्ट्रिय निगरानीमा असैन्यीकृत क्षेत्र बनाइयो भने युक्रेन सेना फिर्ता लिन तयार हुनसक्ने बताएका थिए ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिका–रुसबीच सम्पर्क जारी रहेको र वार्ता अघि बढाउने सहमति भएको पुष्टि गर्नुभएको छ । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कब्जामा रहेका चार क्षेत्र र क्रिमियालाई रूसी भूभागका रूपमा मान्यता दिनुपर्ने माग दोहोर्‍याउँदै आएका छन् । युक्रेनले ती सबै माग अस्वीकार गर्दै आएको छ ।

विश्लेषकहरूका अनुसार राष्ट्रपति ट्रम्प रुसी मागप्रति केही हदसम्म ग्रहणशील देखिनुभएको छ । यदि युक्रेनले डोनबास क्षेत्रमा केही सम्झौता गर्‍यो र पश्चिमी शक्तिले रुसलाई आर्थिक प्रोत्साहन दिए, पुटिनलाई युद्ध अन्त्यतर्फ राजी गराउन सकिने सम्भावना ट्रम्प पक्षको आकलन रहेको बताइन्छ ।


प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP