काठमाडाैं - टेलिकमलाइ अझ व्यवसायिक , प्रतिस्प्रर्दी र युग सुहाउदेा बनाउनुपर्नेमा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जाेड दिएका छन् । नेपाल टेलिकम गण्डकी प्रादेशिक निर्देशनालय पेाखराले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसन्चार सेवाकाे अवस्था र आगामी कार्ययेाजना सम्बन्धी अन्तरक्रियामा सहभागी भएका हुन् ।
सञ्चारमन्त्री खरेलले टेलिकमलाई व्यवसायिक , प्रतिस्प्रर्दी र युग सुहाउदाे बनाउनुपर्नेमा जाेड दिएका छन् ।उनले भने,'टेलिकमलाइ नीतिगत सुधार गर्नुपर्ने छ। संस्थाकाे सर्वेापरीहित हुनुपर्ने उनले बताए।
उनका अनुसार टेलिकमलाई अझ व्यवसायिक , प्रतिस्प्रर्दी र युग सुहाउदाे बनाउनुपर्नेछ । कर्मचारीकेा वृत्तीविकास, सेवा प्रवाहलाइ चुस्त र प्रभावकारी बनाउनुपर्नेमा उनले जाेड दिए ।
टेलिकमलाइ बलियाे बनाउनुपर्छ याे कमजेार भयाे भने गलत सन्देश जाने उनले सुझाए । उनले भने,' टेलिकमककाे गरिमा बचाउने काम गर्नुस् । देशव्यापी पहुंच बढाउनु पर्छ । टेलिकमकाे सेवालाई प्रभावकारी बनाउनुपर्छ ।'
मुलुक परिवर्तनकाे मेाडमा रहेकाेले देशलाई नयाँ उर्जाका साथ समुन्नतीकाे दिशामा अगाडि बढाउनुपर्नेमा उनकाे जाेड रहेकाे छ ।
उनले भने ,' जेनजीकेा भावना अनुरुप देश र समाजलाइ परिवर्तन गर्नैपर्छ । निर्वाचन हुन्छ । देशलाइ स्थायित्व दिनुछ । निर्वाचनकाे उत्साह छ । सबै दल निर्वाचनमा सहभागी हुँदैछन् ।'
दलका नेताकाे दास हैन विचार र स्वतन्त्राकेा राम्रेा नेतृत्व छान्न आग्रह गरेका छन् ।