Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ११, २०८२

लेखनाथ-  पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री गर्नेको सङ्ख्या घट्दै गएको छ । पहिला गाउँका २८ परिवारले कोठेलगायत बाँसका सामग्री बुनेर बिक्री गर्न गाउँगाउँ पु¥याउथे भने अहिले त्यो सङ्ख्या घटेर पाँचमा सीमित बनेको हो ।
 
“बाँसका चोयाबाट कोठो बुन्ने भएकाले पोखरा–३२ को मालेपाटनस्थित सुनार गाउँलाई परापूर्वकालदेखि कोठेगाउँ भन्ने गरिन्थ्यो, तर युवा शिक्षा, रोजगारीका कारण बाहिर जाने तथा वैकल्पिक पेसा अवलम्बन गर्न थालेपछि गाउँमा बाँसका सामग्री बुन्नेको सङ्ख्या २८ बाट पाँचमा झरेको छ, ती पनि उमेर कटेकाहरू मात्र छन्”, स्थानीय ६३ वर्षीय गोपाल सुनारले भने  ।

उनका अनुसार कोठेगाउँका बेरोजगार युवा पनि यो पेसामा आउन मान्दैनन् । “बरु विदेशको खाडीमा पुगेर काम गर्न तयार छन् तर यो पेसा गर्दैनन् । अहिलेका केटाकेटीलाई बाँसको काम गर्न लाज लाग्छ अरे”, उनले भने । चोयाबाट कोठो, कोक्रो, भकारी, डोका, नाङ्लो बुनेर मासिक रु ३० हजार आम्दानी हुने गोपालले जानकारी दिए ।

“पहिलेको जस्तो चोयाका सामग्री बिक्रीका लागि बजार खोज्दै जानु पनि पर्दैन, अहिले घरमै आएर व्यापारीले लैजान्छन् । सीप जानेपछि त्यसले जीवनभर आम्दानीको स्रोत सुनिश्चित गरिरहन्छ”, उनले भने  । विसं २०२७ मा गुल्मीबाट आएर पोखरा–३२ को मालेपाटनमा बसेका २८ सुनार परिवारको मुख्य पेसा चोयाका सामग्री बुन्ने र गाउँगाउँमा लगेर बिक्री गर्ने थियो । विशेषगरी कोदो राख्नका लागि प्रयोग हुने कोठो बढी बुन्ने गरिने भएकाले गाउँको नामाकरण नै कोठेगाउँ रहेको गोपालको भनाइ छ ।

आगामी १० वर्षपछि कोठेगाउँमा यो पेसा लोप हुने अवस्थामा पुगेको भन्दै गोपालले दुखेसो गरे । “यवा बुन्दैनन्, बुढाहरू मरेर जान्छन्, अनि गाउँको पहिचान नै मेटिन्छ । एक–दुई जना युवाले यो पेसालाई निरन्तरता हो भने पनि गाउँको पहिचान रहने थियो कि ?”, उनले प्रश्न गरे । 

Hardik health

मानिसको जन्मदेखि मरणसम्म बाँस र बाँसबाट बनेका सामग्रीको प्रयोग हुने भएकाले यो पेसाको संरक्षण र पुस्तान्तरणमा सरोकार भएका निकाय लाग्नुपर्नेमा गोपालले जोड दिए। ससाना घरायसी सामग्रीदेखि ठूलाठूला होटल रेस्टुरेन्टसम्म बाँसबाट बनेका सामग्री प्रयोग हुन्छन् । तर, हामीले त्यसको महत्व नबुझ्दा पछि परेका छौँ”, उनले भने, “युवाहरूलाई यो पेसामा आकर्षण गर्नका लागि लेखनाथ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको व्यापार मेलामा मैले कोठो बुनिरहेको छु ।”

घरेलु उपयोगदेखि फर्निचर, खाद्य सामग्री, व्यापारिक प्रयोजन, पशुआहाराका रूपमा पनि बाँसका सामग्री प्रयोग गरिँदै आइएको छ । साथै भू–क्षय तथा बाढी,पहिरो नियन्त्रणमा पनि यसले सहयोग पु¥याउने कृषिविज्ञ बेनीबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार बाँस ग्रामीण कृषक तथा विपन्न समुदायको आयआर्जनको महत्वपूर्ण स्रोत बनिरहेको छ । 

नेपालमा १२ जातिअन्तर्गत ५३ भन्दा बढी प्रजातिका बाँस पाइने कृषिविज्ञ बस्नेतले जानकारी दिए । उनका अनुसार यीमध्ये सात प्रजातिका बाँस संसारमा कतै नपाइने रैथाने (इन्डेमिक) प्रजातिका छन् । “नेपालमा दुई जातिअन्तर्गत १० प्रजातिका बेतहरू पाइन्छ । बेत पनि बाँस प्रजातिम पर्ने विज्ञहरू बताउछन्”, उनले भने ।

नेपालका तराईदेखि पहाडी क्षेत्रमा बाँस पाइन्छ । तराईको सबैभन्दा होचो भाग झापा जिल्लाको कचनकवल क्षेत्रदेखि चार हजार मिटर उचाइसम्म बाँस पाइने कृषिविज्ञ बस्नेतले जानकारी दिए । नेपालमा बाँसको टुसा खानेदेखि बाँसका ह्यान्डीग्राफका रूपमा समेत प्रयोग हुन्छ । बाँसका टुसा अचार, तरकारीका रूपमा खाने गरिन्छ । “बाँसबाट एक हजार ५०० प्रकारका वस्तु बनाउन सकिन्छ”, बस्नेतले भने “डोको, नाम्लो, सुपो (नाङ्लो), टेबल, कुर्सीलगायत विभिन्न सामग्री बनाउन सकिन्छ ।” बाँसबाट निर्मित हस्तकला, फर्निचर र घरायसी सामग्रीको माग स्वदेश तथा विदेशमा बढिरहे पनि पर्याप्त ज्ञान र सीपको कमीले व्यावसायिक खेती प्रणालीको विकास हुन नसकेको उहाँको भनाइ छ ।

बाँसको आन्तरिक बजार अनुमानित एक अर्ब बराबर रहेको जनाउँदै कृषिविज्ञ बस्नेतले छिमेकी मुलुक चीन र भारतसँग समन्वय गरी सरकारले व्यावसायिक बाँसखेतीको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । “यहाँ खपत हुने बाँसका कच्चा सामग्रीका लागि नेपाल आत्मनिर्भर छ । तर, बेत सामग्री भारत र बङ्गलादेशबाट आयात हुन्छ । बाँसका सामग्री आयात र निर्यातमा नेपालले व्यापार घाटा व्यहोर्नु परिरहेको छ”, उनले भने । 

 


प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी शुक्रबार, पुस ११, २०८२
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड बिहीबार, पुस १०, २०८२
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP