Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोषको रकमले १ लाख श्रमिकको मात्र उद्धार सम्भवः कार्यकारी निर्देशक श्रेष्ठ
कोषको रकमले १ लाख श्रमिकको मात्र उद्धार सम्भवः कार्यकारी निर्देशक श्रेष्ठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ८, २०७७
Rajan Shrestha
Hardik health
काठमाडौं– वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा समस्यामा परेका १३ लाख नेपाली श्रमिकमध्ये १ लाखको मात्र वैदेशिक रोजगारी कल्याणकारी कोषको रकमले उद्धार गर्न सम्भव रहेको बताएका छन् । बुधबार प्रभाव दैनिकसँगको कुराकानीमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका नेपालीको कोषको रकमले उद्धार गर्नु भने पनि कोषमा भएको ५ अर्ब रकमले प्रतिव्यक्ति ५० हजारका दरले केवल १३ लाख नेपाली श्रमिकमध्ये १ लाखको मात्र उद्धार सम्भव रहेको उनले बताए । उनले भने, ‘हाल खाडी मुलुकलगायत देशमा करिब १३ लाखको संख्यामा नेपालीहरु रहेका छन् । कोभिड १९ का कारण समस्यामा परेका उनीहरुलाई कोषको रकमले उद्धार गर्न असम्भव छ । कोषको रकमले केवल १ लाखको मात्र उद्धार सम्भव छ ।’ उद्धार गरिने १ लाखको पनि टिकटको रकम खर्च गर्न मात्र कोषको रकमले पुग्ने उनले बताएका छन् । ‘कोषको रकमले ती उद्धार सम्भव हुने १ लाखको पनि टिकट खर्च मात्र पुग्छ । तर, नेपाल ल्याएर क्वारेन्टिनदेखि घर पु¥याउनसम्मका लागि खर्चले धान्दैन,’ उनले भने, ‘विदेशमा कोभिड–१९ कारण अलपत्र नेपाली श्रमिकको उद्धार कोषबाट गर्न भनी मन्त्रिपरिषद्ले निर्णय गरे पनि अहिलेसम्म कुनै ठोस निर्णय आइसकेको छैन ।’ बुधबारदेखि विदेशमा रहेका नेपालीहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालययमार्फत विभिन्न गन्तव्य मुलुकमा रहेका नियोग र सम्बन्धित देशको दूताबासलाई पत्राचार गरिए कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् । ‘रोजगारदाताले फर्किने टिकट नदिएका, श्रमिक पठाउने म्यानपावर कम्पनीले प्रयत्न गर्दा पनि नभएका, वैदेशिक रोजगारीमा गएको निश्चित अवधि पूरा नभएका र आफ्नै खर्चमा फर्किन नसक्ने अवस्थाकालाई नेपाल फर्काउन भनी निर्देशिकामा उल्लेख छ,’ उनले भने, ‘यही मापदण्डअनुरुप विदेशमा रहेका नेपालीहरुलाई उद्धार गर्न भनि परराष्ट्रमार्फत् नियोग र दूताबासलाई पत्रचार गरिएको छ ।’ बुधबारदेखि विदेशी नियोगसँग परराष्ट्र मन्त्रालयले समस्यामा परेका नेपालीको उद्धारका लागि समन्वय थालनी भएको र नियोगले उद्धार खर्चबारे केही दिनभित्र जानकारी गराउने उनले बताएका छन् । ‘नियोगले उद्धार खर्चको पूरा विवरण नपठाएसम्म एक जना नेपालीबापत कति खर्च लाग्छ भन्न सकिँदैन । देशगत रुपमा फरक फरक टिकट खर्च लाग्ने भएकाले अहिले नै यति रकम आवश्यक छ भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘तर, पनि समष्टिगत रुपमा एक जना बराबर ५० हजार नेपाली रकम लाग्ने देखिन्छ ।’ कोषको रकमले पुगेजतिको उद्धार कोषको रकमले प्रतिव्यक्ति ५० हजारका दरले हिसाब गर्दा १ लाखको मात्र उद्धार सम्भव हुने देखिए पनि कोषको रकमले जति पुग्छ त्यत्तिको उद्धार गरिने उनले बताएका छन् । साथै, नियोगमार्फत उद्धारका लागि यति रकम चाहियो भन्नेबित्तिकै कोषले २४ घन्टामा पेश्की स्वरुप परराष्ट्रमार्फत उक्त लागत खर्च पठाइदिने पनि उनले बताए । उनले भने, ‘कोषको रकमले जति धान्छ त्यत्तिन्जेलसम्म नियोगलाई खर्च पठाइनेछ । तर, कोषको रकम सकिएपछि कोषबाट रकम पठाउन सक्दैनौँ ।’ उद्धार सम्झिँदा पीर लाग्छ कोषमा भएको ५ अर्ब रकमले विदेशमा रहेका १३ लाख नेपालीको उद्धार सम्झिँदा बडो पीर लागेको कार्यकारी निर्देशकले बताएका छन् । तर, कोषको रकमले भ्याएसम्म उद्धारका लागि आफूहरुले खर्च पठाउने र त्यसपछि सरकारलाई उद्धारको जिम्मा दिने पनि उनले बताए । ‘कोषको रकमले सबैको उद्धार गर्न सम्भव नभए पनि सरकारले चाँडो उद्धार गर्नू भनेर आदेश दिएको छ । माथिबाट आदेश आएपछि हामीले नमान्ने हुँदैन,’ उनले भने, ‘तर, यो निश्चित छ कि कोषको रकमले नेपालीको उद्धारमा एक छेउ पनि भ्याउ“दैन । र, कोषको रकम सकिएपछि सरकारले उद्धारको जिम्मा लिनुपर्छ ।’ सरकारले तयार पारेको नेपाली श्रमिकको उद्धार सन्दर्भमा एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएर अलपत्र परेका कामदारहरु स्वदेश फर्काउ“दा शतप्रतिशत खर्च कोषको रकमबाट व्यहोर्नुपर्ने छ । त्यस्तै, वैदेशिक रोजगारीमा गएको एक वर्ष वा सोभन्दा बढी अवधिभित्र रोजगारी गुमाएका श्रमिकहरु स्वदेश फर्काउनका लागि भने कोषबाट ५० प्रतिशत खर्च मात्रै व्यहोरिने व्यवस्था गरिएको छ । साथै, सम्बन्धित रोजगारदाताले कामदारलाई हवाइ शुल्क उपलब्ध गराउने वा नगराउने, कामदारको अवस्था, तलबलगायत सेवासुविधा पाएको वा नपाएकोबारे कूटनीतिक नियोगले छानबिन गर्ने जनाइएको छ । बोर्डले आवश्यक खर्च कूटनीतिक नियोगलाई निकासा गर्ने व्यवस्था गरिएको छ । अलपत्र कामदार स्वदेश फर्काउन लाग्ने हवाइ टिकटबापतको खर्च र कामदारको विवरणसहित संलग्न गरी सम्बन्धित कूटनीतिक नियोगले रकम निकासाका लागि बोर्डको सचिवालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  ०६:०५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP