Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
कृषि
  • Home
  • कृषि
  • दोहोरो कर प्रक्रियाले व्यावसायिक किसान मारमा
दोहोरो कर प्रक्रियाले व्यावसायिक किसान मारमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ४, २०८२

भोजपुर - फार्म दर्ता गरी व्यावसायिक रूपमा कृषि व्यवसायमा संलग्न भोजपुरका किसान दोहोरो तथा बहुकर प्रक्रियाका कारण समस्यामा परेका छन् । गाउँघरमै कृषि उद्यममा जोडिएका किसानले एउटै प्रकृतिको फार्मका लागि विभिन्न निकायमा छुट्टाछुट्टै शुल्क तिर्नुपर्दा आर्थिक भार बढेको गुनासो गरेका छन् ।

स्थानीय किसानका अनुसार कृषि फार्म दर्ता तथा नवीकरणका लागि वडा कार्यालय, गाउँपालिका वा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय र करदाता सेवा कार्यालयमा अलगअलग शुल्क बुझाउनुपर्ने अवस्था छ । एउटै फार्मका लागि पटकपटक कर तिर्नुपर्दा किसान हतोत्साहित बन्न थालेका छन् ।

स्थानीय तहहरूले व्यवसायको प्रकृतिका आधारमा आफ्नो कार्यपालिकाको निर्णयअनुसार उद्योग तथा फार्म सञ्चालन गरेबापत कर लिने गरेका छन् । त्योसँगै उद्योग घरेलु तथा साना उद्योग कार्यालयले लगानी पुँजीका आधारमा न्यूनतम रु दुई हजार १०० देखि माथि कर लिने गरेको छ । करदाता सेवा कार्यालयले गाउँपालिकामा भए रु दुई हजार पाँच सय र नगरपालिकामा दर्ता भएको अवस्थामा रु चार हजार वार्षिक रूपमा तिर्नुपर्ने बाध्यात्मक अवस्था रहेको भोजपुर–७ का दुग्ध व्यवसायी रमेश कार्कीले बताए ।
  
“एउटै प्रकृतिको कृषि फार्म तथा उद्योगमा राज्यका विभिन्न निकायमा छुट्टाछुट्टै शुल्क तिर्नुपर्दा किसान मारमा परेका छन्”, उहाँले भने, “एउटै निकायबाट शुल्क लिएपछि अन्य निकायले कर लिनु नपर्ने व्यवस्था गरिनुपर्छ ।” किसानलाई करको दायरा ल्याउने खोजेपछि झन्झटिलो कर प्रक्रियाका कारण दूरदराजका नागरिकलाई समस्या रहेको उनको भनाइ छ । स्थानीयस्तरमा मात्र कर बुझाउने व्यवस्था भए धैरे नागरिकलाई राहत पुग्ने उनले बताए । दोहोरो कर प्रणालीका कारण स्थानीय मारमा परेको भोजपुर नगरपालिका–५ बोखिमका वडाध्यक्ष फविन्द्र प्रधानले बताए । एकद्धार प्रणालीबाट कर बुझाउने व्यवस्था भए किसानलाई सहज हुने उनको भनाइ छ ।

Hardik health

“एउटै प्रकृतिको फार्म सञ्चालनबापत जनताले धेरै ठाउँमा कर बुझाउनुपर्ने अवस्था छ”, वडाध्यक्ष प्रधानले भने, “पालिकाहरूले आआफ्नो निर्णयअनुसार कर लिँदै आएका छन् । त्यसबाहेक कर कार्यालय र घरेलुमा पनि बुझाउनुपर्ने भएकाले किसान दोहोरो मारमा परेका देखिन्छ ।”

दोहोरो कर प्रक्रिया तथा राज्यका तहबाट दिने अनुदानका कार्यक्रम घटेसँगै पछिल्लो समय दर्ता गरिएका फार्म तथा उद्योग खारेज गर्नेको सङ्ख्या बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख रमेश ढकालका अनुसार गत आर्थिक वर्षमा मात्र ८९ वटा उद्योग र २३ वटा वाणिज्य फर्म गरी कुल ११२ वटा खारेजी भएका छन् ।

कार्यालयको तथ्यांकअनुसार आव २०७७/७८ मा ५९१ उद्योग दर्ता भएकामा पछिल्ला वर्ष दर्ता हुने उद्योगको सङ्ख्या निरन्तर घट्दो क्रममा छ । आव २०७८/७९ मा ४०४, २०७९/८० मा २६४, २०८०/८१ मा १३३ र २०८१/८२ को असार मसान्तसम्म ११० वटामात्र उद्योग दर्ता भएका छन् । उद्योग दर्ता घट्दै जानु र खारेजीको सङ्ख्या बढ्नुले दोहोरो कर तथा जटिल प्रक्रिया किसान तथा उद्यमीका लागि मुख्य समस्या बनेको देखिएको छ । किसान तथा व्यवसायीले कृषि उद्यम प्रवर्द्धनका लागि कर प्रणाली सरल र एकद्वार बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।


प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु
प्रांगारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु शुक्रबार, पुस ४, २०८२
भोजपुरमा हिउँदे आलुमा डढुवाको संक्रमण
भोजपुरमा हिउँदे आलुमा डढुवाको संक्रमण शुक्रबार, पुस ४, २०८२
 कृषिउपजको थोक मूल्य
 कृषिउपजको थोक मूल्य शुक्रबार, पुस ४, २०८२
शिखर इन्स्योरेन्सका कारण स्याउ किसान प्रभावित
शिखर इन्स्योरेन्सका कारण स्याउ किसान प्रभावित बिहीबार, पुस ३, २०८२
पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित
पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित बिहीबार, पुस ३, २०८२
 आजका लागि कृषि उपजको थोक मूल्य
 आजका लागि कृषि उपजको थोक मूल्य बिहीबार, पुस ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP