Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संख्या सयको स्थायी समाधान हाम्रो माग होः पूर्वअध्यक्ष पाण्डे
संख्या सयको स्थायी समाधान हाम्रो माग होः पूर्वअध्यक्ष पाण्डे
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ४, २०७७
Pragatishil
Hardik health
काठमाडौं– प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालका पूर्वअध्यक्ष हरिबहादुर पाण्डेले संख्या सयको स्थायी समाधान व्यावसायीहरुको माग भएको स्पष्ट पारेका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वअध्यक्ष पाण्डेले सरकारले आर्थिक वर्ष ०७६÷७७ का लागि कम्पनी नवीकरणको बाटो खुला गरे पनि वैदेशिक रोजगारी ऐन संशोधन नगरेकोले आगामी वर्ष पनि पुनः त्यहि समस्या अगाडि आउने हुनाले संख्या सयको स्थायी समाधान व्यवसायीको माग भएको बताए । ‘कोभिड–१९ को महामारीमा सरकारले ऐनअनसार सय जना विदेश नसकेका सबै कम्पनीको नवीकरण गराउने निर्णयप्रति आभार प्रकट गर्दछु । र, अबको बाटो ऐन संशोधन हो । ऐन संशोधन नभएको खण्डमा पुनः उही समस्या निम्तिनेछ ।’ मञ्चले बनाएको सय संख्या समितिका पूर्वअध्यक्ष हरिबहादुर पाण्डेले सरकारले वैदेशिक रोजगार व्यवसायीको माग पूरा नगरेको बताउँदै विघटन भएको सय संख्या समिति पुनः गठन गर्ने अवस्था सिर्जना भएको बताएका छन् । ‘कोभिड–१९ कारण सरकारले एक आर्थिक वर्षका लागि कम्पनी नवीकरणका लागि छुट दिएकामा खुसी छैनौँ । हाम्रो माग भनेको पूर्णरुपमा ऐनभित्रको नियमावली संशोधन हो,’ उनले अगाडि उनले भने, ‘सरकारले ऐन संशोधनमा कुनै मुख नखोल्नुले फेरि आगामी आर्थिक वर्षमा समस्या उही दोहोरिने छ । त्यसैले विघटन भएको समिति पुनः गठन गर्ने अवस्था सिर्जना भएको छ ।’ २९ असारमा बसेको मन्त्रिपरिषदको बैठकले वैदेशिक रोजगार ऐन, ०६४ को बाधा अड्काउ फुकाउ दफा ८२ प्रयोग गरी १ वर्षका लागि सम्पूर्ण इजाजतप्रँप्त संस्थाहरु नवीकरण गराएकामा सरकारलाई उनले धन्यवाद दिएका छन् । १७ महिनादेखि मलेसिया रोजगारी बन्द हुनु र यही बेला कोभिड–१९ को संक्रमण फैलानाले ८ सय ५३ मध्ये ५ सय १३ म्यानपावर कम्पनीले यस वर्ष सय जना कामदार विदेश पठाउन सकेका थिएनन् । ०६४ को संशोधित ऐन ०७५ मा कम्पनी नवीकरण गर्दा प्रत्येक वर्ष सय जना कामदार अनिवार्य रुपमा विदेश पठाउनुपर्ने प्रावधान रहेको छ । उक्त प्रावधानले ५ सय १३ म्यानपावर व्यवसायी खारेजी उन्मुख थिए । पत्रकार सम्मेलनमा बोल्दै प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालका संयोजक रामप्रसाद भन्तनाले सय संख्या समस्यासम्बन्धि उपलब्धि तथा सम्पन्न गरिएका कार्यहरु र आगामी व्यवसायीका समस्या समाधानका लागि गरिने पहलहरुबारे स्पष्ट पारेका छन् । प्रगतिशिल नेपालको पहलकदमीमा २९ असारको मन्त्रिपरिषद्को बैठकले सय जना विदेश पठाउन असमर्थ व्यवसायीको कम्पनी नवीकरणका लागि ऐनको दफा ८२ बमोजिम बाधा अड्काउ फुकाउमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । त्यस्तै, कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ३५ लाख ३३ हजार रुपैयाँ जम्मा गरिएको पनि उनले बताए । वैदेशिक रोजगार व्यवसायीहरुका समस्या समाधानका लागि आगामी पहलकदमीहरुबारे पनि उनले स्पष्ट रुपमा बताएका छन् । व्यवसायीका आगामी समस्या समाधानका लागि उनले १० बु“दे कार्यपत्र प्रस्तुत गरे । जारी विज्ञप्तिमा सय जना कामदार नपठाएका कारण इजाजतपत्र नवीकरण नहुने अवस्थाको दीर्घकालीन ऐन संशोधनको खोजी, श्रमिकले प्राप्त गर्ने १ महिना तलब बराबरको सेवा शुल्क लिन पाउनु पर्ने व्यवस्थाको पहल, इजाजत पत्र धितोमा राखी सहुलियत दरमा कर्जा उपलब्ध गराउन, सरकारले निर्धारण गरेको तलब तथा सेवा सुविधाका आधारमा मागपत्र प्रमाणीकरणको व्यवस्था मिलाउन पहल गरिनेलगायत उल्लेख छ । कार्यक्रमका प्रमुख अतिथि तथा वैदेशिक रोजगारतर्फ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय इन्चार्ज श्रीप्रसाद शाहले व्यवसायीहरुले आगामी दिनमा पुनः यस्ता समस्याको सामना गर्नु नपर्ने बताएका छन् । ‘हरेक समस्याको समाधान जराबाटै निर्मूल पार्नुपर्छ । जबकि पछि फेरि नफैलियोस्,’ उनले भने, ‘अहिले अर्थतन्त्रका मेरुदण्ड व्यवसायीहरुले आगामी दिनमा यस्तो समस्या भोग्नुपर्ने छैन । र, समस्या समाधानको चाँडो गरिनेछ ।’ सोचेभन्दा केही ढिलो होला तर, समाधान गरिन्छ ।’
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  ०६:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP