Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • शिखर इन्स्योरेन्सका कारण स्याउ किसान प्रभावित
शिखर इन्स्योरेन्सका कारण स्याउ किसान प्रभावित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस ३, २०८२

जुम्ला- शिखर इन्स्योरेन्स बिमा कम्पनी शाखा कार्यालय जुम्लाले स्याउ बिमा गरेका अधिकांश किसानका बगैँचा अनुगमन नगर्दा स्थानीय स्याउ किसान प्रभावित भएका छन् । बिमा कम्पनीले दुई वर्षअघि गरेको बिमाबापत पाउने रकम भुक्तानी नदिँदा जिल्लाका करिब चार हजार स्याउ किसान प्रभावित भएका हुन् ।

बिमित पक्षका अनुसार कम्पनीको जुम्ला कार्यालयले वास्तविक मूल्यांकन गर्नेक्रममा स्थानीय स्याउ बगैँचाको स्थलगत लागत संकलन गरी कागजात अघि बढाए पनि बिमाबापत पाउनुपर्ने रकम दिन आलटाल गरी किसानलाई दुःख दिने काम भइरहेको छ ।   लागत संकलनका क्रममा छुटेका किसानका बगैँचा अहिलेसम्म अनुगमनमा ढिलाइ हुँदा बिमा भुक्तानी प्रक्रिया अनिश्चित बनेको छ ।

बिमा कम्पनीले जुम्लाका करिब पाँच हजार स्याउ किसानलाई बिमाबापतको रकम भुक्तानी दिन आलटाल गरेपछि स्याउ किसान आक्रोशित बनेका हुन् । स्याउको भुक्तानी दिन ढिलो भएकामा चिन्ता व्यक्त गर्दै खलङ्गा बजारस्थित शिखर कम्पनीको कार्यालयमा बिमित पक्ष धाइरहेका देखिन्छन् ।  

Hardik health

तीला गाउँपालिका-२ बाट स्याउ बिमा भुक्तानीकोबारे बुझ्न आएका स्थानीयवासी राम रावतले भने, “श्रीमतीको नाममा २०० बिरुवाको बिमा गर्नेक्रममा रु नौ हजार तिरेको छु । स्याउका बिरुवा अनुगमन गर्न कम्पनीका तर्फबाट गाउँ-गाउँमा मानिस आए तर मेरामा आएनन् । कम्पनीकै कारण बिमाबापतको भुक्तानी पाउन कठिन भएको छ ।  किसान मारमा परेका छौँ, यसको सुनुवाइ हुनुपर्यो ।”

यस्तै तीला गाउँपालिका-१ राराका स्थानीयवासी सुन्दरी पाण्डे (रावत) ले २५० बिरुवा बिमा गर्दा  नौ हजार रुपैयाँ तिरेको, भुक्तानीका लागि सबै कागजात पेस गर्दा पनि रकम पाउन नसकेको र कम्पनीमा सम्पर्क गर्दा बगैँचा अनुगमन नभएको भन्ने गैरजिम्मेवार जवाफ सुन्न परेको बताए ।

उनले छुटेका बिमितहरुका तर्फबाट निवेदन प्राप्त भएपछि स्याउ बगैँचा अनुगमन गरी रकम भुक्तानी दिने कम्पनीको भनाइ बमोजिम स्थानीय वडाको सिफारिसउयहत निवेदन दिएको एकहप्ता भइसक्दा पनि कुनै सुनुवाइ नभएकामा दुःख व्यक्त गरे । बिमितहरूबाट दिनहुँ आइरहने गुनासोका सम्बन्धमा बिमा कम्पनीका कर्मचारी केन्द्रीय कार्यालयमा पेस गरिएको फाइल सदर भई आउनसाथ सम्बन्धित सबै किसानको भुक्तानी दिइने बताए। यसै सन्दर्भमा जुम्लास्थित शिखर इन्स्यारेन्स कम्पनीका कार्यालय प्रमुख लक्ष्मण काफ्लेले बगैँचा अनुगमनका क्रममा सम्पर्कमा नआएका किसानलाई रकम भक्तानी दिन नसकिएको स्पष्ट गर्दै व्यक्तिगत निवेदन र वडाको सिफारिसका आधारमा अनुगमन गरी स्याउ किसानलाई बिमाबापतको रकम दिने प्रतिबद्धता व्यक्त गरे  ।

सो कम्पनीले जुम्लामा पाँच हजार ३७९ जना किसानले स्याउको बिमा गरेकामा हालसम्म ६५५ जनाले मात्र क्षतिपूर्ति पाएको,  ९४७ जनाको प्रक्रिया पूरा भई भुक्तानी दिनेक्रममा रहेको र बाँकी स्याउ बगैँचाको पुनः अनुगमन मूल्यांकन गरी सबैलाई भुक्तानी दिने प्रतिबद्धता व्याक्त गरेको छ ।
 


प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न मंगलबार, साउन १९, २०८३
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज मंगलबार, साउन १२, २०८३
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
आँपको उत्पादन बढ्यो, घटेन मूल्य सोमबार, साउन ११, २०८३
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा आइतबार, साउन १०, २०८३
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
कोशीमा ७४ प्रतिशत धान रोपाइँ बिहीबार, साउन ७, २०८३
जुम्लामा उत्पादन भएको स्याउको अधिक माग
जुम्लामा उत्पादन भएको स्याउको अधिक माग बुधबार, साउन ६, २०८३
रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो
रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो शुक्रबार, साउन १, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP