Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • भक्तपुरमा ‘घरेलु उत्पादन प्रवर्द्धन मेला सुरु
भक्तपुरमा ‘घरेलु उत्पादन प्रवर्द्धन मेला सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस ३, २०८२

भादगाउँ- भक्तपुरमा आजदेखि तीन दिने ‘घरेलु उत्पादन प्रवर्द्धन मेला-२०८२’ सुरु भएको छ । भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा  सुरु भएकाे हाे ।  

वाणिज्य कार्यालय भक्तपुरको स्थानीय नःपुखुः परिसरमा आयोजित मेलामा ४७ वटा प्रदर्शनी कक्ष रहेका छन् । मेला आगामी शनिबारसम्म सञ्चालन हुने छ । मेलामा भक्तपुरको पहिचान बोकेको कालो भादगाउँले टोपी, हाकु पटासी, ताइचिन चिउरा, सेरामिक्सका सामग्री, ख्वापा (मुकुन्दो), तितौरा, च्याउका परिकार, विभिन्न हस्तकलाका सामग्री, नर्सरी, ढाका कपडाका उत्पादन, पश्मिना र ऊनका सामग्री, नेवारी खाजाका स्टल रहेका छन् ।

मेलामा सुपथ मूल्यका साथै छुटको व्यवस्था गरिएको मेला आयोजक सङ्घका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले जानकारी दिए । स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि मेला आयोजना गरिएको उनले बताए । मेलाको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई परम्परागत कला संस्कृति, सम्पदा र शिक्षाको केन्द्र बनाउनुका साथै स्थानीय र घरेलु उत्पादनको केन्द्रको रुपमा पनि विकास गर्ने लक्ष्य रहेको बताए । 

Hardik health

उनले स्थानीय उत्पादनलाई बाह्य र आन्तरिक पर्यटन उद्योगसँग जोडेर आयआर्जन वृद्धिका लागि नगरपालिकाले यस्तो मेला महोत्सवका कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी गराए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मेला महोत्सवका नाममा आयातित वस्तुको व्यापार गर्ने, स्थानीय उत्पादनलाई स्थान नदिने, गीत सङ्गीतका मनोरञ्जनात्मक कार्यक्रममा पनि विदेशी सङ्गीतलाई प्राथमिकता दिने प्रवृत्ति रहेको बेला घरेलु उत्पादन प्रवर्द्धन मेला पृथक पाएको बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले २०४६ सालको राजनैतिक परिवर्तनपछि घरेलु उद्योगी व्यवसायी एकजुट भएर सङ्घ स्थापन गरी नेपालमा रहेका घरेलु उद्योगको प्रवर्द्धनका साथै बजारीकरणको कार्य गर्दै आइरहेको बताए । उनले नेपालमा चार लाख घरेलु उद्योग व्यवसायी रहेको पनि जानकारी दिए ।

कार्यक्रममा भक्तपुर उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्माले भक्तपुरका उद्योग खोल्ने भन्दा पनि बन्द गर्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरे । उनले भक्तपुरमा वार्षिक उद्योग दर्ताको तुलनामा खारेज गर्ने अनुपात बढेको बताए । उनले घरेलु उद्योगले समयानुसार प्रविधि मैत्री हुन नसक्नु, उत्पादनको लागत घटाउन नसक्नु, उचित बजारको अभाव जस्ता कारणले घरेलु उद्योग बन्द हुने क्रम बढेको बताए ।

भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका पूर्वअध्यक्ष एवम् सङ्घले सञ्चालन गरिरहेको ‘गो-लोकल’ कार्यक्रमका संयोजक वीरेन्द्र जतिले सङ्घले भक्तपुरको मौलिक उत्पादन कालो भादगाउँले टोपी, जुजु धौ, ताइचिन चिउरा, रक्सीलगायतका १५ उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘गो-लोकल’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी गराए ।


प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शिक्षाको महत्व बुझाउने ‘लालीबजार’
शिक्षाको महत्व बुझाउने ‘लालीबजार’ शुक्रबार, जेठ १५, २०८३
नेपालमै पहिलो पल्ट साइन्स फिक्सन सिरिज ‘कुरू’को टिजर सार्वजनिक
नेपालमै पहिलो पल्ट साइन्स फिक्सन सिरिज ‘कुरू’को टिजर सार्वजनिक शुक्रबार, जेठ १५, २०८३
चीनका अवार्ड विजेता ६  फिल्म काठमाडौंमा प्रदर्शन हुने
चीनका अवार्ड विजेता ६  फिल्म काठमाडौंमा प्रदर्शन हुने शुक्रबार, जेठ १५, २०८३
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा शुक्रबार, जेठ १५, २०८३
कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक
कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक बिहीबार, जेठ १४, २०८३
‘गौँथली’को टिजरमा के छ ?
‘गौँथली’को टिजरमा के छ ? बिहीबार, जेठ १४, २०८३
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP