काठमाडाैं - कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच उद्यलमशिलता सुदृढिकरणका लागि सम्झौता भएकाे छ । सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रर्वद्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले उद्यमशिलता विकास तथा वित्तिय पहुच विस्तारका लागि वीनरक इन्टरनेशनल संग सम्झौता गरेको हाे ।
यस सहकार्य अन्र्तगत बैंक र विनरकले संयुक्तरुपमा लक्ष्यित समुदायको उद्यमशिलता विकास, वित्तिय साक्षरता विकास, उद्यमीहरुको प्राविधिक तथा ब्यवस्थापकिय क्षमता सुदृढिकरण र दिगो तथा बैंक योग्य ब्याबसायिक योजना निर्माणमा क्षमता विकास गर्ने छन् ।
दिगो बैकिङ, वित्तिय समावेशीकरण अनि स्थानिय स्थानिय उद्यम सुदृढिकरण तथा प्रर्वद्धनमा कुमारी बैंकको प्रतिबद्धतालाई पुनः प्रष्ट पार्दै दिगो बैकिङ विभागका प्रमुख अर्पण पौडेलले भने “यस सहकार्य मार्फत बैंक लक्षित समूहको वित्तिय समृद्धि अभिवृद्धि गर्न तर्फ निरन्तर प्रयत्नशील रहनेछ” ।
नेपालको अग्रणी वित्तीय संस्थाका रूपमा, कुमारी बैंकले आफ्नो व्यापक सेवा सञ्जाल मार्फत यस्तो पहलहरूलाई अघि बढाइरहेको छ-३०२ शाखा, ५० एक्स्टेन्सन काउन्टर, ४८ शाखाविहीन बैंकिङ सेवा, ३१७ एटिएम, र १,१०० भन्दा बढी पओएस टर्मिनल। यसका साथै बैंकले व्यापक डिजिटल सेवा प्रणाली-इन्टरनेट तथा मोबाइल बैंकिङ, भिसा डेबिटरक्रेडिट कार्ड (आन्तरिक तथा अन्तर्राष्ट्रिय)-ले सेवाहरू अझ प्रभावकारी बनाएको छ।