Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • म्यानपावर व्यवसायीलाई कम्पनी नवीकरणमा सहज
म्यानपावर व्यवसायीलाई कम्पनी नवीकरणमा सहज
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २, २०७७
Sangh
Hardik health
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आर्थिक वर्ष २०७५÷७६ र २०७६÷०७७ मा सय जना कामदार विदेश पठाउन असमर्थ वैदेशिक रोजगार (म्यानपावर) व्यवसायीलाई सरकारले नवीकरणमा सहजता ल्याइदिएको जनाएको छ । बिहीबार संघले पत्रकार सम्मेलन गर्दै १७ महिनादेखि मलेसिया रोजगारी बन्द र कोभिड–१९ का कारण दुई आर्थिक वर्षमा वार्षिक सय जना कामदार विदेश पठाउन नसकेका म्यानपावर व्यवसायीलाई सरकारले दुई वर्षसम्मकै लागि छुट प्रदान गरेको जनाएको हो । संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७७÷३÷२९ मा निर्णय भई इजाजत नवीकरणका निमित्त वार्षिक सय जना कामदार पु¥याउनु पर्ने सम्वन्धमा आ.ब. ०७६÷७७ सम्मकै लागि छुट प्रदान भएको छ ।’ साथै, आ.ब. ०७५÷७६ का हकमा २ जेठ ०७५ देखि हालसम्म गरी १७ महिनासम्म मलेसियाको श्रम स्विकृति नेपाल सरकारबाटै बन्द भएपश्चात् संशोधन भएर आए पनि कोभिड–१९ का कारण सय जना कामदार विदेश पठाउन असमर्थ भएका व्यवसायीलाई सरकारले छुटको व्यवस्था गरेको विज्ञप्तिमा भनिएको छ । १९ फागुन ०७५ मा मलेसिया श्रम स्विकृति संशोधित भएको र उक्त आ.ब.मा ४ महिना ११ दिनको अवधिमा १ वर्षमा पु¥याउनु सय जना विदेश पु¥याउनुपर्ने कामदार संख्या पु¥याउन असम्भव भएको संघले जनाएको छ । सय जना कामदारलाई विदेश पठाउन नसकेकाहरुको कम्पनी नवीकरणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विभाग, मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, मुख्यसचिव, राजनीतिक दल सबैसँग परामर्श भई सकारात्मक नतिजा आएको संघले जनाएको छ । ८ सय ५३ म्यानपावर कम्पनीमध्ये ५ सय १३ ले दुई आर्थिक वर्षभित्र सय जना कामदार विदेश पठाउन असमर्थ रहेको बताउँदै संघका प्रथम उपाध्यक्ष कमल तामाङले सरकारले नवीकरणमा व्यवसायीको मर्का बुझेको बताएका छन् । दुई करोड धरौटीले व्यवसायीको निद्रा नपरेको अवस्थामा सरकारले कम्पनी नवीकरणका लागि कदम अघि बढाएकोमा राहत मिलेको बताए । उनले भने, ‘दुई करोड धरौटीले व्यवसायी अनिद्रामा परिरहेको अवस्थामामा सरकारले सय जना कामदार विदेश पठाउन नसक्ने म्यानपावर व्यवसायीलाई छुट दिएकोमा राहत मिलेको छ ।’ सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वर्षका लागि कम्पनी नवीकरण सन्दर्भमा २०७६÷७७ देखि ०७८ असार मसान्तभित्रमा कुल २ सय जना कामदार पठाएको विवरण पेस गर्नुपर्ने निर्णय गरेको संघका महासचिव सुजितकुमार श्रेष्ठले बताएका छन् । उनले भने, ‘आ.ब. ०७८÷७९ का लागि नवीकरण गर्दा म्यानपावर व्यवसायीले आ.ब. ०७६÷७७ देखि ०७८ असार मसान्तभित्रमा कुल २ सय जना कामदार पठाएको हुनु पर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ ।’ वार्षिक सय जना कामदार विदेश पठाउन असमर्थ कम्पनीको नवीकरणको समस्या समाधान तत्कालका लागि हल भएको तर, पूरा काम भइनसकेको संघका अध्यक्ष विष्णुप्रसाद गैरेले बताएका छन् । उनले भने, ‘अहिले तत्काललाई कम्पनी नवीकरणमा देखिएका समस्याको हल भएको छ । तर, पछि पनि फेरि यही समस्या उत्पन्न हुने भए पछि ऐन र नियमावली संशोधनका लागि मन्त्रिपरिषद्को बैठकमा पठाइएको छ ।’ त्यस्तै, म्यानपावर नवीकरणको सन्दर्भमा सबै कम्पनीको नवीकरण भए पनि सेवा शुल्क नबढाइएसम्म कामदार विदेश पठाउन नसकिने अध्यक्ष गैरेले बताएका छन् । उनले भने, ‘ कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै सरकारले सय संख्याको प्रावधान हटाएर कम्पनी नवीकरणको बाटो खुला गरिदिएको छ । यद्यपि, कम्पनी नवीकरणको बाटो खुला भए पनि सेवा शुल्कको माग सम्बोधन नहुँदासम्म हामी कामदार पठाउन सक्ने अवस्थामा छैनौँ ।’ व्यवहारिक सेवा शुल्क निर्धारण गर्नुपर्ने उनले सरकारलाई आग्रह पनि गरे । यसैबीच, वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंले एक आर्थिक वर्ष सय जना कामदार विदेश पठाउन नसक्नेहरुको कम्पनी नवीकरण सम्भवतः शुक्रबारदेखि सुरु हुने बताएका छन् । उनका अनुसार बिहीबार नवीकरणका लागि चलानी नम्बरसहित दर्ता गरिएको संख्या २ सय ५० पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  ०५:३३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP