Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बागमती_प्रदेशसभा
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
  • #लुम्बिनी_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • श्रम संस्कृति पार्टीका उपाध्यक्ष लामा पक्राउ, १३ वर्षपछि अनुसन्धानको दायरामा
श्रम संस्कृति पार्टीका उपाध्यक्ष लामा पक्राउ, १३ वर्षपछि अनुसन्धानको दायरामा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, पुस २, २०८२
  • १७ असार २०६९ मा पाँचथरमा देवराजविरुद्ध विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा
  • साढे १३ वर्षपछि सिआइबीले काठमाडौंको कपनमा पक्राउ गरेर पाँचथर पठायो
  • उनको पक्राउसँगै मुद्दाको अनुसन्धान अघि बढ्ने पाँचथर प्रहरीद्वारा जानकारी
  • दोषी ठहरिए बचाऊ नगर्ने अध्यक्ष साम्पाङको प्रस्टीकरण 

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई १३ वर्ष पुरानो विष्फोटक पदार्थसम्बन्धी मुद्दामा मंगलबार पक्राउ गरेको हो ।

उनको नागरिकताको नाम राजकुमार तामाङ हो । कुमार र विश्वक्रान्ति भनेर पनि उनलाई चिनिन्छ । ५० वर्षीय लामालाई सिआइबीले कपनबाट पक्राउ गरेको जानकारी दिएको छ । पक्राउपछि उनलाई पाँचथर पठाइएको सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले बताए । ‘पाँचथरमा उनी प्रतिवादी भएको एउटा मुद्दा थियो । त्यही मुद्दामा उनी फरार प्रतिवादी थिए,’ उनले प्रभावसँग भने, ‘आवश्यक कारबाहीका लागि हामीले त्यता पठाइसक्यौं ।’

लामा रुपन्देहीको बुटवलमा हुने श्रम संस्कृति पार्टीको कार्यक्रमका लागि जान काठमाडौं आएका थिए । त्यहाँ यही ५ पुसमा पार्टीको कार्यक्रम आयोजना गरिँदै छ । कार्यक्रमलाई सम्बोधन गर्न जान भन्दै कोशीदेखि काठमाडौं आएका उनलाई मंगलबार बेलुकी सिआइबी टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा १७ असार २०६९ मा विष्फोटक पदार्थसम्बन्धी मुद्दा दर्ता छ । मुद्दाका प्रतिवादी लामा फरार रहेकोले सिआइबीसँग समन्वय गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अनिष कायस्थले बताए ।

‘आर्थिक वर्ष २०६८÷६९ को मुद्दा नम्बर १०५ मा विष्फोटक पदार्थसम्बन्धी मुद्दा रहेको हाम्रो रेकर्डमा छ । रेकर्ड हेर्दा प्रतिवादी फरार देखियो,’ उनले भने, ‘त्यही भएर सिआइबीसँग समन्वय गरेर पक्राउ गर्‍यौं, अब मुद्दाको अनुसन्धान अघि बढ्छ ।’ लामा दोस्रो संविधानसभाअघि संयुक्त जातीय मुक्ति मोर्चामा थिए । त्यहाँ उनी प्रवक्ताको भूमिकामा थिए । मोर्चा र तिनका नेता कार्यकर्ताहरू भूमिगत थिए । त्यसबेला देवराज विश्वक्रान्ति नामले चिनिन्थे । उनी १५ फागुन २०६८ सालमा काठमाडौंको बबरमहलस्थित आयल निगमको गेट नजिक बम विष्फोट घटनामा संलग्न थिए, जहाँ तीन जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए । 

Hardik health

हालै श्रम संस्कृति पार्टीको उपाध्यक्ष भएका उनले प्रभावसँग अन्तर्वार्ताको क्रममा आफू १४ वर्षअघिको बबरमहल बम विष्फोट काण्डसँग सम्बन्धित भएको स्वीकारेका थिए । ‘म भूमिगत हुँदै शान्तिपूर्ण राजनीतिमा आएको हुँ । बबरमहल काण्डमा म संलग्न थिएँ । त्यस दिन देशका ४२ ठाउँमा विष्फोट गराएको थिएँ,’ उनले भनेका थिए, ‘त्यही कारण म साढे नौ वर्ष जेल बसें ।’ लामाले राजधानी काठमाडौं, पूर्वी तराईदेखि पहाडका जिल्लाहरूमै विष्फोटका घटना गराएका थिए । भलै, काठमाडौंको बबरमहलबाहेकका ठाउँमा कुनै मानवीय क्षति भएन । तर, सुरक्षा चुनौती बढाएका उनको खोजीमा सिंगो प्रहरी संगठन जुट्यो । अन्ततः २२ असार २०६९ मा पाँचथरको लुङ्रुपा-२ बाट पक्राउ परे । 

लामा त्यसबेला प्रवक्ता रहेको जातीय मुक्ति मोर्चाले नेपाली समाजको प्रधान अन्तरविरोध जातीय सवाल भएको निष्कर्ष निकालेको थियो । त्यसका लागि हिंसात्मक संघर्षलाई कार्यनीति बनाएको थियो । सोहीअनुसार काठमाडौंसहित देशका विभिन्न स्थानमा विष्फोटका घटना घटाएर सरकारलाई घुँडा टेकाउन चाहेको थियो । तर, घटनाको केही समयमै लामासहितका नेताहरू पक्राउ परे ।

उनको घर धनकुटाको साविक चुनवाङ-१, हालको पाख्रीबास नगरपालिका-९ हो । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा-२ मा स्वतन्त्र उम्मेदवार थिए । त्यसबेला एमाले उम्मेदवार देवराज घिमिरे निर्वाचित भए, जो विघटित प्रतिनिधिसभाका सभामुख भए । उनका निकटतम् प्रतिद्वन्द्वी अर्का स्वतन्त्र उम्मेदवार अधिवक्ता स्वागत नेपाल भएका थिए । लामा निकटतम् प्रतिद्वन्द्वी भएनन् । 

त्यसबारे उनले भनेका थिए, ‘म झापा-२ को उम्मेदवारमध्येमा सर्वाधिक विद्वान मै थिएँ तर मैले संगठन नहुनाले आफ्नो एजेण्डा जनजनमा पुर्‍याउनै पाइनँ कारण चुनाव चिह्न स्वतन्त्रको ढिलो आउँछ र हारेँ । सायद, हिजोको मेरो गतिविधिको त्रास मतदातामा थियो ।’

लामा श्रम संस्कृति पार्टीको वैचारिक र सैद्धान्तिक पाटोमा सक्रिय थिए । अघिल्लो महिना सार्वजनिक पार्टीको घोषणापत्रको मस्यौदाकार लामा नै हुन् । पार्टीको जे जति डकुमेन्टेसन भएको छ, उनै लामाले गरेको बताइन्छ । उनले ‘हर्कपथ’लाई सैद्धान्तिकीकरण गरेका छन् । उनका अनुसार श्रममा आधारित प्रकृति, संस्कृति र प्रविधिको संयोजनबाट समृद्ध र विकसित नेपाल निर्माणको विचार हर्कपथ हो । उनै लामालाई श्रम संस्कृति पार्टीको ‘थिंक ट्यांक’ मानिन्थ्यो । तर, झण्डै डेढ दशक पुरानो मुद्दा उनका लागि गलपासो बन्यो ।

‘प्रतिशोध भन्ने आएको छ’
आफ्नो पार्टीका उपाध्यक्ष लामा पक्राउ परेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उनी दोषी ठहरिए बचाऊ नगर्ने बताएका छन् । तर, निर्दोष भए अन्याय र प्रतिशोधको विरोध गर्ने चेतावनी दिए ।  ‘हाम्रो उपाध्यक्ष दोषी ठहर हुन्छ भने हामी बचाऊको प्रयास गर्ने छैनौं,’ उनले सामाजि सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर, निर्दोष हुन् भने अन्याय र प्रतिशोधको विरोध हुने नै छ ।’

अध्यक्ष साम्पाङको यस्तो प्रतिक्रियाको आलोचना पनि भएको छ । कतिपयले आफ्नो उपाध्यक्ष पक्राउ पर्दा पनि संघर्षका कार्यक्रम घोषणा नगरेको भनेका छन् । केहीले चाहिँ आरोपी नेता पक्राउ पर्दा नबचाउने भनेर साम्पाङ कानुनी राज्यको कट्टर पक्षपाति देखिएको भन्दै उनको प्रशंसा गरेका छन् । उनका केही समर्थकले भने पक्राउपछि लामाको पद निलम्बन गर्न सुझाएका छन् ।
 


प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १०:४८
#श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ आइतबार, जेठ १०, २०८३
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ शनिबार, जेठ ९, २०८३
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा शनिबार, जेठ ९, २०८३
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ शुक्रबार, जेठ ८, २०८३
फरार प्रतिवादी सात वर्षपछि पक्राउ
फरार प्रतिवादी सात वर्षपछि पक्राउ शुक्रबार, जेठ ८, २०८३
अवैध लागुऔषधसहित १७ जना पक्राउ
अवैध लागुऔषधसहित १७ जना पक्राउ बुधबार, जेठ ६, २०८३
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ मंगलबार, जेठ ५, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP