Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • कोरियाली पर्यटन प्रवर्द्धनका लागि टान र काटाबीच समझदारी
कोरियाली पर्यटन प्रवर्द्धनका लागि टान र काटाबीच समझदारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १, २०८२

काठमाडौं- नेपालमा कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  नेपालका लागि कोरियाली राजदूत पार्क ते–यङको उपस्थितिमा टानका अध्यक्ष सागर पाण्डे र महासचिव सोनाम ग्याल्जेन शेर्पा तथा काटाका उपाध्यक्ष किम वियोम्जे र महासचिव वे योङ याङले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

समझदारीपत्रमा टानसँगको सहकार्यमा काटाले नेपालमा धेरै कोरियाली पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम, अभियान र प्रचारात्मक गतिविधि आयोजना गर्ने, नेपालमा कोरियाली पदयात्री र अन्य पर्यटकहरूको सुरक्षा बढाउन टानलाई सूचना, प्रविधिमा सहयोग गर्ने नेपाली पर्यटकलाई कोरिया भ्रमण गर्न प्रोत्साहित गर्ने पहलहरू गर्नेलगायतका विषयहरु उल्लेख छन् ।  

सो अवसरमा राजदूत यङले दुई संस्थाबीच भएको समझदारीले पर्यटन प्रवद्र्धनसँगै दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सहयोग पुगेको बताए । उनले इपिएस प्रणाली र पर्यटनको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा पनि अझ फराकिलो बनाउन सकिने धारणा राखे । काटाका उपाध्यक्ष वियोम्जेले टानसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा दुई देशबीच पर्यटक आवागमनमा वृद्धि हुने विश्वास व्यक्त गरे।

Hardik health

टानका अध्यक्ष पाण्डेले नेपाल–कोरियाबीच सिधा हवाई उडानको सङ्ख्या बढाउनपर्ने आवश्यकता औँल्याउँदै दुई संस्थाबीचको समझदारीपछि एकअर्का देशमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा बढोत्तरी आउने विश्वास व्यक्त गरे । टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाइँले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)मार्फत नेपाल भ्रमणमा आउने कोरियाली पर्यटक र पदयात्रीको सुरक्षको प्रत्याभूति गरिने बताए ।

सो अवसरमा कोरिया एसोसिएसन अफ नेपालका अध्यक्ष चा सिउ वनलगायत कोरियाली व्यवसायीहरुको पनि उपस्थिति थियो । कार्यक्रमको संयोजन टानका सहकोषाध्यक्ष लाक्पा टेम्बा शेर्पाले गरेका थिए । 


प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP