Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ५ सय १३ म्यानपावर कम्पनीको नवीकरण दर्ता सुरु
५ सय १३ म्यानपावर कम्पनीको नवीकरण दर्ता सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १, २०७७
Hardik health
काठमाडौं– वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंले सय जना कामदार विदेश पठाउन नसक्ने म्यानपावर व्यवसायीको कम्पनी नवीकरणका लागि दर्ता सुरु भएको बताएका छन् । बुधबार प्रभाव दैनिकसँगको कुराकानीमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ का कारण यस आर्थिक वर्षभित्र सय जना कामदार विदेश पठाउन नसक्ने व्यवसायीको कम्पनी नवीकरण गर्ने सम्बन्धमा निर्णय गरेसँगै विभागले चलानी नम्बरसहित २ सयको नवीकरण दर्ता सुरु गरेको उनले बताए । ‘तत्काललाई हामीले कम्पनी नवीकरणमा थाती रहेकाहरूको चलानी नम्बरसहित दर्ता प्रक्रिया अघि बढाएका छौँ । २ सय कम्पनीहरूको नवीकरणका लागि दर्ता गरिएको छ,’ उनले भने, ‘मन्त्रिपरिषद्को बैठकले बाधा अड्काउ फुकाउ गरेको छ भन्ने जानकारी प्राप्त गरेका छौँ र अहिलेसम्म प्रक्रिया नपु¥याई आउनेहरूको कम्पनी नवीकरण गरेका छैैनौँ तर, तत्काललाई कम्पनी नवीकरण गर्नका लागि चलानी नम्बरसहित दर्ताको काम भने थालनी गरिएको छ । यद्यपि, सरकारबाट आदेश आएस“गै ढिलै भए पनि कम्पनी नवीकरणको कार्य थालनी गर्ने छौँ ।’ ऐनको दफा ८२ अनुसार ऐनको उद्देश्य कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा नेपाल सरकारले सो बाधा अड्काउ फुकाउनका लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आवश्यक आदेश जारी गर्न सक्ने उल्लेख छ । सोही व्यवस्थाअनुसार सय जनाको प्रावधान हटाउनेबारे मन्त्रिपरिषद्ले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित भएपछि मात्र कार्यन्वयनमा आउने कानुनी प्रावधान रहेको छ । एक आर्थिक वर्षभित्र सय जना विदेश पठाउन नसक्ने कम्पनीको नवीकरणको सवालमा नेपाल वैदेशिक रोजगार संघका महासचिव सुजितकुमार श्रेष्ठले सरकारले सम्भवतः बिहीबार राजपत्रमा सूचना जारी गरेर कम्पनी नवीकरणको बाटो खुल्ने बताएका छन् । उनले भने, ‘सोमबारको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ का कारण कम्पनी नवीकरण हुनबाट वञ्चित सबै म्यानपावर व्यवसायीको कम्पनी नवीकरण गर्ने निर्णय गरिकसकेको छ । सम्भवतः बिहीबार राजपत्रमा सूचना जारी गरेर नवीकरणसम्बन्धिका कार्यहरू अघि बढ्नेछ ।’ राजपत्रमा सूचना जारी भएस“गै आधिकारिक निर्णय हुने पनि उनले बताए । वैदेशिक रोजगार एकता समाजका अध्यक्ष हरिबहादुर पाण्डेले बिहीबार नै राजपत्रमा सूचना जारी गरी कम्पनी नवीकरणको कार्य अघि बढाउने तयारी भएको बताएका छन् । उनले भने, ‘बिहीबार नै राजपत्रमा सूचना जारी गरेर कम्पनी नवीकरणको काम हुने भनिएको छ । यदि, बिहीबार राजपत्रमा सूचना जारी नभएर केही दिनमा सूचना जारी भए पनि कम्पनी नवीकरणको काम भने विभागले सुरु गर्नेछ ।’ कम्पनी नवीकरणको बाधा अड्काउ फुकाउ भए पनि वैदेशिक रोजगार ऐन र नियमावली पूर्णरूपमा संशोधन गर्न बाँकी रहेको अध्यक्ष पाण्डेले बताएका छन् । उनले भने, ‘प्रत्येक वर्ष सय जना कामदार विदेश नपठाएको खण्डमा कम्पनी नवीकरण नहुने भनेर घुमाएर ऐन ल्याइएको छ । र, अहिले एक वर्षका लागि यो समस्याको हल पनि भयो । तर, पूर्ण रूपमा ऐन संशोधनको काम बाँकी नै छ । व्यवसायी र राज्य दुवैको हितमा नरहेको ऐन र नियमावली संशोधन हुनैपर्छ ।’ लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष नरेन्द्र ढकालले ऐन र नियमावलीले कम्पनी नवीकरण गर्नबाट वञ्चित रहेका पीडित व्यवसायीहरूले एक वर्षका लागि राहत पाएको बताएका छन् । उनले भने, ‘सोमबारको मन्त्रिपरिषद्को बैठकले कम्पनी नवीकरणका लागि सबैलाई अनुमती दिएसँगै एक वर्षका लागि ढुक्क भएको छ । तर, ऐन संशोधनका लागि दोस्रो चरणको दबाबमूलक कार्यक्रम भने बा“की नै छ । र, सरकारले पूर्ण रूपमा ऐन संशोधन गर्ने आश्वासन पनि दिएको छ ।’ यद्यपि, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त बाधा अड्काउ फुकाउ प्रस्ताव हटाउने निर्णय गरिसकेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् । ऐनअनुसार म्यानपावर व्यवसायीले प्रत्येक आर्थिक वर्षमा सय जना कामदार विदेश पठाएको विवरण विभागमा बुझाएपछि कम्पनी नवीकरण हुने व्यवस्था रहेको छ र असार सकिएको छ । साथै, मन्त्रिपरिषद्को बैठकले बाधा अड्काउ फुकाउका लागि आदेश दिए पनि राजपत्र भने प्रकाशित भइसकेको अवस्था छैन ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  ०५:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP