Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बागमती_प्रदेशसभा
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
  • #लुम्बिनी_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • दैनिक दुई हजार कमाउने लोभमा डुबाउँदै आधा करोड
दैनिक दुई हजार कमाउने लोभमा डुबाउँदै आधा करोड
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, मंसिर २९, २०८२


ठगी शैली

  • टेलिग्रामको च्याटबक्समा युवतीको नामबाट युवाहरूलाई दिनमै ३९०० सम्म कमाउन सकिने र त्यसका लागि इच्छुक भए जोडिन प्रस्ताव
  • जोडिएपछि छुट्टै अकाउन्ट खोल्न लगाउने 
  • सुरुमा कम्पनीको तर्फबाट अकाउन्टमा १२ हजार ५०० राखिदिने 
  • त्यसपछि दुई/तीन दिनमा १७ हजार खातामा देखिने र निकाल्न मिल्ने 
  • लगानी गरे नाफा राम्रो हुने आश्वासन 
  • लगानी बढाउँदै जाँदा दोब्बर बढ्नेसम्मको वचन
  • आधा करोड छेउछाउ लगानी पुगेपछि निकाल्न नमिल्ने बनाउने र निकाल्न बीमा गर्नुपर्ने सर्त 
  • अन्ततः रकम निकाल्न नमिल्ने बनाएर सम्पर्कविहीन हुने 

काठमाडौं- टेलिग्राममा सुप्रिया नामकी केटीसँग पाँचथरका विक्रमको बोलचाल १६ कात्तिकमा पहिलोपटक भयो । बोल्दै जाँदा सुप्रियाले भनिन्- तपाईं दिनको दुई हजार रुपैयाँ कमाउन चाहनुहुन्छ ? सुरुमा त विक्रमले केही भनेनन् । सुप्रियाले बारम्बार त्यही म्यासेज पठाइरहिन् । जोसँग विक्रम(नाम परिवर्तन)को कहिल्यै भेटघाट थिएन । चिनजान भएकै टेलिग्राममा हो ।  

‘दिनको दुई हजार कमाइ कसरी हुन्छ ?’ विक्रमलाई जान्न चाहिँ मन लाग्यो । टेलिग्रामकै च्याटबक्समा त्यसबारे सोधी खोजी गरे । त्यसक्रममा सुप्रियाले एउटा फर्निचर उद्योगको उत्पादनको प्रबद्र्धनात्मक भिडियो सामग्री प्रचार गर्नुपर्ने काम भनिन् । विक्रम राजी भए । टेलिग्रामको च्याट ग्रुपमा जोडिए ।  लगत्तै जानुका घिमिरे नामकी महिलाले विक्रमलाई भनिन्- ‘मलाई आईकेईए कम्पनीको एजेन्ट सुप्रियाले हजुरको कन्ट्याक्ट डिटेल सेयर गर्नुभयो । हजुर कामको लागि इन्ट्रेस्टेड हुनुहुन्छ ?’

विक्रमले उल्टै सोधे - काम चाहिँ के हो ? कसरी गर्नुपर्ने ? के-के गर्नुपर्छ ? जानुकाले भनिन्, ‘होमबेस्ड जब हो र हजुरले जहाँबाट जतिबेला पनि काम गर्न सक्नुहुन्छ । हजुरको जब रोल कम्पनीको वर्किङ पोर्टल र वेबसाइटमार्फत् सेलिङ प्रोडक्टहरूको प्रमोटिङ, रेटिङ र रिभ्यु बुस्ट गर्ने हो ।’ विक्रम तुरुन्तै राजी भए । भने, ‘त्यसो भए ओके । म काम गर्छु ।’ विक्रम शिक्षक हुन् । खान लाउन उनलाई पर्याप्त थियो । तर, अतिरिक्त कमाउने भए पनि किन पछि हट्ने ? सुप्रिया र जानुकाको विश्वासमा परे । उनीहरूले भनेको काम गर्न तयार भए । मनमा भने एउटा खुल्दुली भयो र सोधे, ‘कम्पनीबारे अलिक प्रष्ट पार्नुहोस् न एकपटक ।’

Hardik health

च्याटबक्समै जानुकाले आईकेई एक स्विडिस मल्टिनेसनल कम्पनी भएको र त्यसले घरको फर्निचर, घर सजावट र अन्य सामग्रीसँगै डिजाइनहरूको बिक्री गर्ने जानकारी दिइन् । यत्ति सुन्दा विक्रमलाई विश्वाशिलो कम्पनी लाग्यो । तर, तालिम लिनुपर्ने भनियो । तालिम पूरा गरेपछि मात्रै दैनिक ८०० देखि १२०० रुपैयाँसम्म कमाउन सकिने बताइन् । पछिपछि ३६०० देखि ३९०० सम्म कमाउन सकिने पनि जानकारी गराइन् । विक्रमको मनमा लाग्यो, ‘कमाउने काइदा यो रहेछ ।’ 

अनि, तालिममा सहभागी हुन विक्रम तयार भए । नाम दर्ता गरे । टेलिग्राममा अर्को आइडी खोले । कम्पनीले उनको खातामा १२ हजार ५०० रुपैयाँ राखिदियो । विक्रम औधी खुसी भए । साँच्चिकै कमाइ हुने ठाने ।  काम पनि थाले । उनले प्रभावलाई सुनाए, ‘फर्निचरको विभिन्न अर्डर तीनपटक गर्नुपर्ने रहेछ । २५/२५ को सेट । त्यहाँ त कमिसन आउँदो रहेछ । अनि त्यसपछि उहाँ (जानुका)ले बोनस सोनस के के गरेर मलाई १७ हजार रुपैयाँ खातामा दिनुभयो । विथड्र गर्न पनि सहयोग गर्नुभयो ।’

विक्रमलाई लगानी गरे मुनाफा राम्रै हुने जानुकाले भनिन् । तर, उनी चुपचाप रहे । दोस्रो दिन पनि जानुकाले त्यही कुरा दोहोर्‍याइन् । लगानी गरे फाइदैफाइदा हुने बताइन् । अनि, विक्रमलाई लगानी गर्ने मन भयो । १२ हजार ५०० रुपैयाँ लगानी गरे । जानुकाले दोब्बर नाफा हुने सुनाइन् । नभन्दै अकाउन्टमा २३ हजार जति पैसा देखियो । उनी लोभिए । कमाइ त बबाल हुने भन्ठाने । फेरि जानुकाले लगानी बढाउन सुझाइन् । त्यसपछि १२ हजार ५०० नै लगानी गरे । नाफा राम्रै पाए । पटकपटक नाफा पाएपछि उनी ठूलो लगानी गर्न तयार भए । तेस्रोपटकमा २२ हजार ५२६ र चौथोपटकमा उनले एक लाख लगानी गरे । त्यति लगानी गरेको १/२ दिनमै अकाउन्टमा तीन लाख ४१ हजार भएको देखियो । विक्रम झनै हौसिए । अनि, थप दुई लाख लगानी गरे । बढेर छ लाख ७७ हजार पुग्यो । फेरि, खोजखाज गरेर छैटौ पटकमा एक लाख लगानी बढाए । खातामा पैसा बढ्दै गयो । १६ लाख ७७ हजार देखियो ।

सातौपटक लगानी गर्न विक्रम तयार भए । उनले ४१ हजार ६०५ लगानी गरे । खातामा पैसा बढेको बढेकै देखियो । अनि त आठौपटकमा ६ लाख ७७ हजार ६२७ रुपैयाँ लगानी गरे । उनले यो लगानी घरमा दाजु, बुबाआमालगायतसँग माग्दै गरेका हुन् । बुबाआमा पनि विक्रमको अकाउन्टमा पैसा बढेको देखेर मख्ख । शिक्षक छोरोको अतिरिक्त कमाइले उनीहरू गदगद भए । कारण, यो समयको कमाइ थियो । अर्थात् १० दिनको । अंग्रेजी महिना नोभेम्बर २ तारिखदेखि जानुकासँग चिनजान भएर विक्रमले लगानी थालेका । सोही महिनाको १३ तारिखमा उनले आफन्तजनसँग मागेर १६ लाख ७७ हजार ८८९ रुपैयाँ लगानी थपे । अकाउन्टमा ६० लाख नाघ्यो । तर, अब यो रकम निकाल्न भने बीमा गर्नुपर्ने भनियो । बीमा रकम १९ लाख ९४ हजार ४६० तोकियो । त्यति लगानी सबै आउने जानुकाको भनाइ थियो । सोहीअनुसार १७ नोभेम्बर अर्थात् मंसिर १ गते त्यति रकम बुझाए । त्यो रकम गाउँलेहरूको सुन बैंकमा धितो राखेर बालृकष्णले निकालेका थिए । पैसा निकाल्न मिलेन । अझै लगानी बढाउन दबाब दिए ।

त्यहीबेला उनले गाउँलेहरूबाटै सुने, ‘टेलिग्रामबाट मान्छेहरू थुप्रै ठगिए अरे ।’ विक्रम झस्किए । अनि, टेलिग्रामको आफ्नो अकाउन्टमा भएको पैसा निकाल्न मिल्ने बनाउन जानुकासँग भने । तर, ९० लाख पुगेपछि मात्रै निकाल्न मिल्ने भने । कसै गर्दा पनि उनले पैसा निकाल्न सकेनन् । यही ९ मंसिरमा उनले काठमाडौं आएर साइबर ब्युरोमा ठगीसम्बन्धी कसुरमा उजुरी दिए । तर, ब्युरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दीपकराज अवस्थीले भनिदिए, ‘तपाईंको ठगिएको रकम करिब करिब फिर्ता आउँदैन ।’

विक्रम निराश भएर पाँचथर फर्किएका छन् । धन कमाउने लोभमा परेर उनले झण्डै आधा करोड डुबाए । उनले भने, ‘मलाई यसरी उक्साइयो नि, म आँखा चिम्लेर लगानी गर्न तयार भएँ र अहिले आएर यस्तो हालत भयो ।’ विक्रम मात्रै होइन, पाँचथरकै प्रवीन बराइलीले पनि टेलिग्राममै ५० लाख डुबाए । उनले चिन्तित हुँदै भने, ‘अब के गर्ने होला ?’

के हो टेलिग्राम ? 
यो इन्टरनेटमार्फत् सन्देश, फोन कल र फाइल आदानप्रदान गर्न मिल्ने मोबाइल एप हो । यहाँ हजारौँ सदस्यसँग छलफल गर्न सकिन्छ । तर, पछिल्ला दिनमा यो एपबाट आर्थिक ठगीका घटना बढिरहेका छन् । अर्थात्, आपराधिक व्यक्तिहरूले प्रलोभनमा पारेर मानिसहरूलाई ठगी गर्ने सामाजिक सञ्जाल बनेको छ । 


प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १०:५६
#टेलिग्राम
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ आइतबार, जेठ १०, २०८३
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ शनिबार, जेठ ९, २०८३
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा शनिबार, जेठ ९, २०८३
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ शुक्रबार, जेठ ८, २०८३
फरार प्रतिवादी सात वर्षपछि पक्राउ
फरार प्रतिवादी सात वर्षपछि पक्राउ शुक्रबार, जेठ ८, २०८३
अवैध लागुऔषधसहित १७ जना पक्राउ
अवैध लागुऔषधसहित १७ जना पक्राउ बुधबार, जेठ ६, २०८३
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ मंगलबार, जेठ ५, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP