Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २६, २०८२

गुल्मी- क्याम्पसको शैक्षिक विकासका लागि सत्यवतीमा सञ्चालन गरिएको महायज्ञमा तीन करोड रुपैयाँ भन्दा बढी नगद संकलन भएको छ । सत्यवती गाउँपालिका- ५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसमा राष्ट्र कल्याण एवं विश्व शान्ति विराट धनधाञ्यचल श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा उक्त रकम संकलन  भएको हो । 

क्याम्पसको दीर्घकालीन शैक्षिक विकासका लागि रु तीन करोडको अक्षय कोष स्थापना गर्ने उद्देश्यले यही मङ्सिर १८ देखि २५ गतेसम्म उक्त महायज्ञ आयोजना गरिएको थियो । एक सातासम्म सञ्चालन भएको महायज्ञबाट नगद रु तीन करोड १५ लाख संकलन भएको आर्थिक समिति संयोजक पारिश्वर ढकालले जानकारी दिए । त्यसका अतिरिक्त महायज्ञमा ७०० मुरी धान र ३० क्विन्टल चामलसमेत संकलन भएको संयोजक ढकालले बताए । 

महायज्ञमा सबैभन्दा धेरै आर्थिक सहयोग गर्नेमा सत्यवती-५ रघेवा जन्मस्थान भई हाल बेलायत बस्दै आएका सफल व्यवसायी काशिराम भण्डारी छन् । उनले व्यक्तिगत रुपमा  १६ लाख ५० हजार रुपैयाँ महायज्ञमा क्याम्पसका लागि सहयोग गरेका हुन् । उनले क्याम्पस हाताभित्र निर्माण गरिने सरस्वती मन्दिरका लागि पनि थप  एक लाख रुपैयाँ सहयोग गर्ने बताएका  छन्। 

Hardik health

 त्यसैगरी, सत्यवती‐८ भार्से हाल हङकङ निवासी कुलबहादुर बूढाथोकीले  १० लाख एक हजार रुपैयाँ, बेलायतमा रहेका केशव ज्ञवालीको परिवारले  १० लाख रुपैयाँ, स्थानीय लक्ष्मण भण्डारीले  सात लाख  रुपैयाँ र गोमबहादुर भुसालले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेका महायज्ञका आर्थिक समिति संयोजक ढकालले जानकारी दिए । 

विसं २०७० मा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त गरेको सत्यवती बहुमुखी क्याम्पसमा मानविकी र व्यवस्थापन संकायमा अध्ययन हुँदै आएको छ । उक्त क्याम्पस तत्कालीन सत्यवती माध्यमिक विद्यालय र स्थानीय जनसमुदायकै सहयोगमा स्थापना गरिएको थियो । त्रिभुवन विश्वविद्यालयको अनुदानले मात्र क्याम्पसको आर्थिक व्यवस्थापनमा समस्या भएका कारण महायज्ञ सञ्चालन गर्नुपरेको महायज्ञ मूल समारोह समिति अध्यक्ष पिताम्बर ज्ञवालीले बताए । 

उनले महायज्ञको खर्च कटाएर बचत रकमलाई अक्षय कोषमा राखेर त्यसैमार्फत क्याम्पस सञ्चालन खर्च व्यवस्थापन गर्ने जानकारी दिए। महायज्ञमा नेपाल शन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराज, स्वामी विवेकानन्द सरस्वती महाराज र आचार्य नारायणप्रसाद गैरेबाट श्रीमद्भागवतीय कथा प्रवचन गरिएको थियो ।  


प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अनुमतिबिना विदेशी शैक्षिक सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी
अनुमतिबिना विदेशी शैक्षिक सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी शुक्रबार, असार २६, २०८३
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण मंगलबार, असार २३, २०८३
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल शुक्रबार, असार १९, २०८३
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बिहीबार, असार १८, २०८३
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो बुधबार, असार १७, २०८३
फरेन्सिक साइन्सको  विशेषज्ञकम स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव
फरेन्सिक साइन्सको विशेषज्ञकम स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव बुधबार, असार १७, २०८३
धान राेप्ने अभ्यासमा विद्यार्थीहरु
धान राेप्ने अभ्यासमा विद्यार्थीहरु सोमबार, असार १५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP