Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २६, २०८२

काठमाडौं -  अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले हिमालयन युनिभर्सिटी कन्सोर्टियम (हिमाली विश्वविद्यालय सञ्जाल) को सचिवालय औपचारिक रूपमा काठमाडौँ विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ । इसिमोडको मुख्यालयमा आयोजित एक समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै इसिमोडले बुधबार काठमाडौँ विश्वविद्यालयलाई सचिवालय हस्तान्तरण गरेको हो ।

हिमाली विश्वविद्यालय कन्सोर्टियम सन् २००७ मा स्थापना गरिएको विश्वविद्यालयको सञ्जाल हो, जसले हिन्दूकुश–हिमालय क्षेत्रभित्रका विश्वविद्यालयहरू बीचको सहकार्यलाई सघन बनाउँदै विकासका साझा चुनौतीका क्षेत्रमा काम गर्छ । यसको मुख्य उद्देश्य विशेषतः पहाडी क्षेत्रमा देखिने समस्या समाधान गर्न ज्ञान आदानप्रदानको ‘प्लेटफर्म’ बनाउनु हो ।

हाल हिमाली विश्वविद्यालय कन्सोर्टियम हिन्दूकुश–हिमालयभित्र तथा बाहिरका १०० भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाहरू सञ्जालमा आबद्ध छन् । हिमाली विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौं विश्वविद्यालयमा सर्ने निर्णयले कन्सोर्टियमको पूर्वनिर्धारित लक्ष्य अनुरुप कन्सोर्टियमलाई स्वतन्त्र बनाउनुका साथै स्थानीय मर्म र प्राज्ञिक छविमा ऊर्जा थप्ने काम गरेको बताइएको छ ।

Hardik health

इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले सम्झौतापत्रमा हस्ताक्षरपछि यसले दिगो पर्वतीय विकासका लागि क्षेत्रीय नेतृत्व र अनुसन्धानलाई सुदृढ पार्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्वित गरेको उल्लेख गरे । काठमाडौँ विश्वविद्यालयका कुलपति प्रा अच्युत वाग्लेले हिन्दूकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीचको शैक्षिक सहकार्यमा यो नयाँ कोसेढुङ्गा सावित हुने उल्लेख गर्नुभयो । उहाँले काठमाडौँ विश्वविद्यालय क्षेत्र तथा क्षेत्रबाहिरका उच्च शिक्षण संस्थाहरूसँगको सहकार्यलाई अझ उपयोगी दिशामा अघि बढाउन तयार रहेको बताए ।

समारोहमा नेपालका लागि बेलायतका राजदूत महामहिम रोब फेनले हिन्दू–कुश हिमालय क्षेत्रमा यो कन्सोर्टियम स्थापित हुनु शैक्षिक समुदायका लागि लाभदायक हुने धारणा राखे  ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  ०९:४२
#हिमालयन विश्वविद्यालय
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अनुमतिबिना विदेशी शैक्षिक सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी
अनुमतिबिना विदेशी शैक्षिक सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी शुक्रबार, असार २६, २०८३
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण मंगलबार, असार २३, २०८३
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल शुक्रबार, असार १९, २०८३
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बिहीबार, असार १८, २०८३
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो बुधबार, असार १७, २०८३
फरेन्सिक साइन्सको  विशेषज्ञकम स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव
फरेन्सिक साइन्सको विशेषज्ञकम स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव बुधबार, असार १७, २०८३
धान राेप्ने अभ्यासमा विद्यार्थीहरु
धान राेप्ने अभ्यासमा विद्यार्थीहरु सोमबार, असार १५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP