Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ४७ जनालाई पुनः श्रम स्विकृति
४७ जनालाई पुनः श्रम स्विकृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २१, २०७७
Tahachal
Hardik health
काठमाडौं– श्रम तथा रोजगार कार्यालय, काठमाडौंले ४७ जनालाई पुनः श्रम स्विकृति दिएको छ । शनिबार प्रभाव दैनिकसँग कुराकानी गर्दै बिदाको दिन शनिबार नै विदेश जान चाहने ४७ जनालाई श्रम स्विकृति दिइएको कार्यालयका कार्यालय प्रमुख उमेश बस्नेतले बताए । छुट्टीमा आएकाहरूलाई श्रम स्विकृति खुला गरिएको बताउँदै शुक्रबार ४ सय जनाका लागि श्रम स्विकृति लिन पाउने व्यवस्था मिलाइएको तर, शुक्रबार कम्प्युटर सर्भरमा समस्या आएपछि शनिबारका लागि सारिएको उनले बताएका छन् । ‘हामीले शुक्रबार ४ सयका लागि श्रम स्विकृति आवेदन खुला गरेको थियौँ । तर, कम्प्युटर सर्भर नचलेपछि बिदाको दिन शनिबार पनि श्रम स्विकृतिको काम गरेका हौँ,’ उनले अगाडि भने, ‘शनिबार श्रम स्विकृति लिने ४७ जना शनिबार नै विदेश गएका छन् ।’ शनिबार ९ देशका लागि ३० जना पुरुष र १७ जना महिलाले श्रम स्विकृति लिएको कार्यालय प्रमुख बस्नेतले बताएका छन् । उनका अनुसार ब्रुनाईका लागि १ जना, इजरायलका लागि ८ जना, जापानका लागि ५ जना, माल्टा लागि १७ जना, ओमानका लागि १, पोल्यान्डका लागि २ जना, कतारका लागि १ जना, कोरियाका लागि १ र युएईका लागि ११ जनाले श्रम स्विकृति लिएका छन् । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमा रहेका नेपालीलाई लिनका लागि ११ उडान भएको छ । त्यही उडानबाट पुनः श्रम स्विकृति लिएका ४७ जना पनि गएको कार्यालय प्रमुख बस्नेतले बताए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छुट्टीमा विदेशबाट फर्केर आएका नेपालीलाई विदेश जान चाहेको खण्डमा बिहीबारदेखि पुनः श्रम स्विकृति खुला गरेको थियो । शुक्रबार मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले प्रभाव दैनिकस“गको कुराकानीमा बिहीबारबाट श्रम स्विकृति खुला मात्र नभई सबै प्रक्रिया पुगेको अवस्थामा तत्काल विदेश पठाइने पनि बताएका थिए । ‘सातै प्रदेशका श्रम कार्यालयबाट बिदामा आएकाहरूलाई पुनः श्रम स्विकृतिको बाटो खुला गरिएको छ । साथै, प्रक्रिया पूरा भएकाहरूले शुक्रबारदेखि नै विदेश जान पाउने छन्,’ उनले भनेका थिए । यसैगरी, ७ साउनसम्म लकडाउन भए पनि सरकारले दुई देशबीचको सहमतिमा त्यहाँको कम्पनीले नेपालबाट आफ्नो देशमा श्रमिक लैजान सक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सह–प्रवक्ता राजन पौडेलले बताएका छन् । श्रम स्विकृतिको काम सकेसँगै उडानको सबै जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लिने पनि उनले बताए । १५ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ को परीक्षण र स्वास्थ्यसम्बन्धि प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जाने दिइने निर्णय गरेसँगै पुनः श्रम स्विकृतिका लागि खुला गरिएको छ । पुनः करार गर्नेहरूका लागि भिसाको म्याद थप गरिएको आवश्यक कागजातको निवेदन, कोभिड–१९ परीक्षण तथा स्वास्थ्यसम्बन्धि प्रोटोकलसमेतको आधारमा श्रम स्विकृति दिलाइने बताइएको छ । कोभिड–१९ कै बीचमा बिहीबारबाट पुनः श्रम स्विकृति दिनु सहि कि गलत हो ? भन्ने सन्दर्भमा बहस चलिरहँदा नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष विष्णु गैरेले कोभिड–१९ को महामारी भनेर श्रम स्विकृतिको काम रोक्न नहुने बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डभित्र रहेर विदेश जान चाहनेहरूलाई श्रम स्विकृति दिलाउनुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘विदेश जान सक्ने अवस्था भए पनि रोजगारदाता कम्पनीहरूले भने त्यहाँको सरकारले मापदण्ड बनाएको÷हटाएको अवस्थामा मात्र पुनः नेपालीहरू पठाउन सक्नेछन् । तर, जारी गरिएको श्रम स्विकृतिको काम भने रोका गर्न हुँदैन ।’ कोभिड–१९ को चरम संक्रमण विश्वबाट बिस्तारै घट्दै गएपछि नेपाल सरकारले पनि त्यही नजरअन्दाज लगाएर पुनः श्रम स्विकृति खुला गरिएको उनको बुझाइ रहेको छ । १५ असारको मन्त्रिपरिषद्को बैठकले विदेशबाट आएकाहरूलाई पुनः श्रम स्विकृति दिनू भनेर सूचना जारी गरे पनि वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ सरकारको काममा चुनौती र बग्रेल्ती समस्याहरू उत्पन्न हुने बताउँछन् । श्रम कार्यालयले पुनः श्रम स्विकृति दिए पनि सरकारले तत्कालै सबैलाई विदेश पठाउन नसक्ने बताउँदै उनी भन्छन्, ‘अहिलेको यो कोभिड–१९ को महामारीमा श्रम स्विकृतिको काम अघि नबढाउँदा नै बेस हुन्थ्यो । किनकि श्रम स्विकृति जारी गरिए पनि सरकारले तत्काल विदेश पठाउन सक्ने अवस्था छैन ।’ मुख्यतः सम्बन्धित देशले पनि तत्कालै विदामा रहेकालाई लैजान्छु नभनेको तर, नेपाल सरकारले पुनः श्रम स्विकृति खुला गर्नाले पछि नारा जुलुस सिर्जना हुने डा.गुरुङले बताएका छन् । ‘श्रम स्विकृति दिएर विदेश जानेहरूको भीड बढेको अवस्थामा र सम्बन्धि देशको सरकारले कामदार नलगेको खण्डमा नारा जुलुस निस्किने देखिन्छ । जबकि श्रम स्विकृति दिएर पठाउन त पर्छ नै,’ उनी भन्छन्, ‘कार्यालयमै बोलाएर श्रम स्विकृति दिलाउनुभन्दा अनलाइनबाटै श्रम स्विकृति लिनेहरूको संख्या यकिन गर्ने काम गरेको भए ठीक हुने थियो ।’
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  ०६:०९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP