Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • प्राकृतिक शीतभण्डारमा किबी
प्राकृतिक शीतभण्डारमा किबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २३, २०८२

पाँचथर-  पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन्  । 

उत्पादनको याममा सकिएपछि बजारमा पु¥याउँदा प्राकृतिक शीतभण्डारमा राखिएको किबीको मूल्य तेब्बर बढी हुने र स्वाद उस्तै रहने गरेको छ । किबीको व्यावसायिक खेतीको शीप सिक्न विसं २०७६ मा इलाम पुग्नुभएका राईले प्राकृतिक शीतभण्डारमा किबी राख्न सकिने थाहा पाएका थिए ।

चार वर्षअघि शीतभण्डार निर्माण गरेपछि राईले चार महिनादेखि छ महिनासम्म किबी भण्डारण गरी बजारमा लैजाने गरेका छन् । “मेरो अनुभवमा जमिनअनुसार शीतभण्डार बनाउन सकिन्छ । मौसमका कारण कतिपय ठाउँमा यहाँ जसरी नटिक्न सक्छ”, उनले भने, “मेरो जग्गा आफैँमा चिसो ठाउँमा छ । यहाँ प्रत्यक्ष घामले नभेट्ने हुँदा शीतभण्डारले काम दिएको छ । मेरो जग्गा त उत्तम छ जस्तो लाग्छ ।” प्राकृतिक शीतभण्डार जमिनमा खाडल खनेर काठ विच्छ्याइ बनाइएको छ । जहाँ क्यारेटमा किबी राखिन्छ भने पानीबाट जोगाउन त्रिपालले ढाकिएको छ । राईका अनुसार मङ्सिरमा भण्डारण गरिएको किबी वैशाख÷जेठसम्म उस्तै रहन्छ । 

राईको प्राकृतिक शीतभण्डारमा ६० क्यारेटसम्म किबी अट्छ । “भविश्यमा प्राकृतिक शीतभण्डार नै ठूलो र एकदमै आकर्षक बनाउने मेरो सपना छ”, उनले भने, “शीतभण्डारमा विद्युत् प्रवाह अनियमित हुने हुँदा बिग्रन सक्ने भए पनि यहाँ प्राकृतिक चिसोका कारण कुनै समस्या आएको छैन ।”

Hardik health

 उत्पादन गरेको सामग्रीले मूल्य नपाउँदा किसानको विजोक हुने गरेको भए पनि आफूलाई प्राकृतिक शीतभण्डारले राहत दिएको किसान राईले बताए ।  फागुनभन्दा पछाडि राम्रो मूल्य पाउने भएपछि शीतभण्डारमा राखिएको किबी बिक्री गर्ने गरेको उनको भनाइ छ । 

शीतभण्डार नरहेका स्थानका कृषकहरुले हावापानीलाई विचार गरेर प्राकृतिक शीतभण्डार निर्माण गरेर परीक्षण गर्नुपर्ने उहाँको सुझाव छ । उत्पादनको सिजन सकिएपछि किबी बजारमा पु¥याउँदा मूल्यमा तेब्बर बढीसम्म अन्तर पर्छ । “यस वर्ष किबी फालाफाल छ । मैले शीतभण्डारमा नअट्ने किबी सुरुमै बिक्री गरें । बाँकी रहेको किबी शील भण्डारमा राख्दै छु”, राईले भने, “अहिले प्रतिकिलो रु ६० मूल्य पाउने ‘बी’ ग्रेडको किबी चैत महिनाभन्दा पछाडि प्रतिकिलो रु १५० सम्ममा बिक्री हुन्छ ।” प्रतिकिलो रु १०० सम्म बढी मूल्य पाउँदा प्राकृतिक शीतभण्डार राईका लागि बरदान बनेको छ । 

प्राकृतिक शीतभण्डारमा मुसाले दुःख दिने गरेको उनको भनाइ छ । मुसाले खाएपछि किबी पाक्ने र गन्हाउने समस्या हुने गरेको छ । “मुसाबाट जोगाउन सकियो भने मूल्य राम्रै पाउँछ”, राईले भने । जिल्लामा उत्पादन हुने वस्तु भण्डारणका लागि शीतभण्डार निर्माण हुन नसक्दा कृषकहरुले उत्पादन लगत्तै सस्तो मूल्यमा सामग्री बिक्री गर्नुपर्ने बाध्यता झेल्दै आएका छन् । 

राईले करिब १५ रोपनी क्षेत्रफलमा २०० बोट किबी लगाउनुभएको छ । जसमध्ये करिब ४० बोटले उत्पादन दिइरहेका छन् भने बाँकी नयाँ बिरुवा छन् । किबीबाट बर्सेनि रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका राईले आगामी वर्षमा किबीबाट थप आम्दानी हुने अपेक्षा राखेका छन् । 

राईले हेवार्ड जातिको किबी धेरै रोपेका छन् । उक्त जातिको किबीको बिरुवा धेरै समय टिक्ने गर्दछ । पूर्वी नेपालमा किबी रोपण सुरु भएपछि सुरुआतमा राम्रो मूल्य थियो । आकर्षक मूल्यकै कारण धेरै कृषकहरुले किबी रोपेपछि उत्पादनमा वृद्धि हुँदा मूल्य बर्सेनि घट्दै गएको छ । यद्यपि परम्परागत बालीभन्दा किबीबाट धेरै आम्दानी भने हुने गरेको राईको भनाइ छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १०:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुम्लामा कृषि जैविक विविधतासम्बन्धी प्रदर्शनी मेला हुँदै
जुम्लामा कृषि जैविक विविधतासम्बन्धी प्रदर्शनी मेला हुँदै मंगलबार, मंसिर २३, २०८२
टेम्केमैयुङका कृषि उत्पादनको काठमाडौँमा प्रदर्शनी
टेम्केमैयुङका कृषि उत्पादनको काठमाडौँमा प्रदर्शनी सोमबार, मंसिर २२, २०८२
बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो आइतबार, मंसिर २१, २०८२
चार महिनामा ३४६ गाईभैँसीमा कृत्रिम गर्भाधान
चार महिनामा ३४६ गाईभैँसीमा कृत्रिम गर्भाधान आइतबार, मंसिर २१, २०८२
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य आइतबार, मंसिर २१, २०८२
बिमाका लागि पशुको नामसारी अनिवार्य
बिमाका लागि पशुको नामसारी अनिवार्य शुक्रबार, मंसिर १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP