Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • प्राकृतिक शीतभण्डारमा किबी
प्राकृतिक शीतभण्डारमा किबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २३, २०८२

पाँचथर-  पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन्  । 

उत्पादनको याममा सकिएपछि बजारमा पु¥याउँदा प्राकृतिक शीतभण्डारमा राखिएको किबीको मूल्य तेब्बर बढी हुने र स्वाद उस्तै रहने गरेको छ । किबीको व्यावसायिक खेतीको शीप सिक्न विसं २०७६ मा इलाम पुग्नुभएका राईले प्राकृतिक शीतभण्डारमा किबी राख्न सकिने थाहा पाएका थिए ।

चार वर्षअघि शीतभण्डार निर्माण गरेपछि राईले चार महिनादेखि छ महिनासम्म किबी भण्डारण गरी बजारमा लैजाने गरेका छन् । “मेरो अनुभवमा जमिनअनुसार शीतभण्डार बनाउन सकिन्छ । मौसमका कारण कतिपय ठाउँमा यहाँ जसरी नटिक्न सक्छ”, उनले भने, “मेरो जग्गा आफैँमा चिसो ठाउँमा छ । यहाँ प्रत्यक्ष घामले नभेट्ने हुँदा शीतभण्डारले काम दिएको छ । मेरो जग्गा त उत्तम छ जस्तो लाग्छ ।” प्राकृतिक शीतभण्डार जमिनमा खाडल खनेर काठ विच्छ्याइ बनाइएको छ । जहाँ क्यारेटमा किबी राखिन्छ भने पानीबाट जोगाउन त्रिपालले ढाकिएको छ । राईका अनुसार मङ्सिरमा भण्डारण गरिएको किबी वैशाख÷जेठसम्म उस्तै रहन्छ । 

राईको प्राकृतिक शीतभण्डारमा ६० क्यारेटसम्म किबी अट्छ । “भविश्यमा प्राकृतिक शीतभण्डार नै ठूलो र एकदमै आकर्षक बनाउने मेरो सपना छ”, उनले भने, “शीतभण्डारमा विद्युत् प्रवाह अनियमित हुने हुँदा बिग्रन सक्ने भए पनि यहाँ प्राकृतिक चिसोका कारण कुनै समस्या आएको छैन ।”

Hardik health

 उत्पादन गरेको सामग्रीले मूल्य नपाउँदा किसानको विजोक हुने गरेको भए पनि आफूलाई प्राकृतिक शीतभण्डारले राहत दिएको किसान राईले बताए ।  फागुनभन्दा पछाडि राम्रो मूल्य पाउने भएपछि शीतभण्डारमा राखिएको किबी बिक्री गर्ने गरेको उनको भनाइ छ । 

शीतभण्डार नरहेका स्थानका कृषकहरुले हावापानीलाई विचार गरेर प्राकृतिक शीतभण्डार निर्माण गरेर परीक्षण गर्नुपर्ने उहाँको सुझाव छ । उत्पादनको सिजन सकिएपछि किबी बजारमा पु¥याउँदा मूल्यमा तेब्बर बढीसम्म अन्तर पर्छ । “यस वर्ष किबी फालाफाल छ । मैले शीतभण्डारमा नअट्ने किबी सुरुमै बिक्री गरें । बाँकी रहेको किबी शील भण्डारमा राख्दै छु”, राईले भने, “अहिले प्रतिकिलो रु ६० मूल्य पाउने ‘बी’ ग्रेडको किबी चैत महिनाभन्दा पछाडि प्रतिकिलो रु १५० सम्ममा बिक्री हुन्छ ।” प्रतिकिलो रु १०० सम्म बढी मूल्य पाउँदा प्राकृतिक शीतभण्डार राईका लागि बरदान बनेको छ । 

प्राकृतिक शीतभण्डारमा मुसाले दुःख दिने गरेको उनको भनाइ छ । मुसाले खाएपछि किबी पाक्ने र गन्हाउने समस्या हुने गरेको छ । “मुसाबाट जोगाउन सकियो भने मूल्य राम्रै पाउँछ”, राईले भने । जिल्लामा उत्पादन हुने वस्तु भण्डारणका लागि शीतभण्डार निर्माण हुन नसक्दा कृषकहरुले उत्पादन लगत्तै सस्तो मूल्यमा सामग्री बिक्री गर्नुपर्ने बाध्यता झेल्दै आएका छन् । 

राईले करिब १५ रोपनी क्षेत्रफलमा २०० बोट किबी लगाउनुभएको छ । जसमध्ये करिब ४० बोटले उत्पादन दिइरहेका छन् भने बाँकी नयाँ बिरुवा छन् । किबीबाट बर्सेनि रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका राईले आगामी वर्षमा किबीबाट थप आम्दानी हुने अपेक्षा राखेका छन् । 

राईले हेवार्ड जातिको किबी धेरै रोपेका छन् । उक्त जातिको किबीको बिरुवा धेरै समय टिक्ने गर्दछ । पूर्वी नेपालमा किबी रोपण सुरु भएपछि सुरुआतमा राम्रो मूल्य थियो । आकर्षक मूल्यकै कारण धेरै कृषकहरुले किबी रोपेपछि उत्पादनमा वृद्धि हुँदा मूल्य बर्सेनि घट्दै गएको छ । यद्यपि परम्परागत बालीभन्दा किबीबाट धेरै आम्दानी भने हुने गरेको राईको भनाइ छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १०:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने
यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सोमबार, माघ ५, २०८२
हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित
हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित सोमबार, माघ ५, २०८२
झापामा माटोको अम्लीयपन बिग्रँदै
झापामा माटोको अम्लीयपन बिग्रँदै आइतबार, माघ ४, २०८२
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
आजका लागि कृषिउपजको थोक मूल्य
आजका लागि कृषिउपजको थोक मूल्य शुक्रबार, माघ २, २०८२
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ बुधबार, पुस ३०, २०८२
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP