Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २१, २०८२

सुदूरपश्चिम- कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’ सुरु भएकाे छ ।  सर्जक एवं कलाकारलाई स्वफूर्त प्रतिभा प्रस्फुटन गराउने, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘भजन सन्ध्या’मा सामूहिक रूपमा सर्जकबाट भजनकीर्तन प्रस्तुत हुन थालेको हाे। 

धनगढी उपमहानगरपालिका कार्यालयको व्यवस्थापनमा प्रत्येक शनिबार साँझ जेनजी सडक छेउमा आयोजना हुने ‘भजन सन्ध्या’मा स्थानीय किशोरकिशोरी, वृद्धवृद्धालगायतको सहभागिता बढ्दै गएका छन्। सामूहिक रूपमा सर्जकबाट भजनकीर्तन प्रस्तुत हुन थालेपछि धनगढीस्थित ‘जेनजी मार्ग’को माहोल रोमाञ्चक बन्न थालेको छ । मादल, ढोलक, खैँजडी, हारमुनियमको ताल र सुरिलो स्वरमा सर्जकहरूले आआफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर पाएसँगै यसले कला, संस्कृतिको संरक्षणका साथै प्रवर्द्धनमा टेवा पुगेको भजन गीतका रचनाकार गणेशराज भट्टले बताए ।

 भजनकीर्तनका गीत गाउँदा दर्शकहरूमा पनि उत्साह र उमंग थपिने गरेको उनको भनाइ छ । आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर पाउँदा आनन्दको अनुभूति हुनुका साथै संस्कृति संरक्षणमा सहयोग पुगेको उनले विश्वास व्यक्त गरे । “आफ्नो सिर्जना अरुलाई सुनाउन पाउने अवसर पनि सर्जकहरूले पाएका छन्”, भट्टले भने, “आफ्नो रचनाले स्थानीयलाई एकताबद्ध बनाउनुका साथै हाम्रा धर्म, कला, परम्पराको जगर्ने गर्न महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका छन् ।”

Hardik health

 उपमहानगरको रोजगार शाखाका सदस्यसचिव महेश मल्लले भने, “भजन सन्ध्या कार्यक्रम स्वस्फूर्त रूपमा भइरहेको छ । दिउँसोको समयमा विभिन्न विद्यालयका बालबालिकालाई लक्षित गरेर गीत तथा नृत्यसमेत प्रस्तुत गरिन्छ ।” उनका अनुसार बालबालिकालाई खेल्नका लागि जम्पिङ, घोडा, चिप्लेटीलगायत खेल सामग्रीको व्यवस्था उपमहानगरले गरेको छ ।

भजन सन्ध्या कार्यक्रममार्फत भाषा, साहित्य, धर्मको संरक्षण एवं सम्वर्द्धन, कला, मूल्यमान्यताको प्रवर्द्धन हुनुका साथै सर्जकहरूका बीचमा आपसी सम्बन्ध प्रगाढ बनाउने माध्यम बनेको भट्टले बताए । जेनजी मार्गमा स्थानीय महिलाद्वारा उत्पादित सामग्री तथा वस्तु बिक्रीका लागि ‘शनिबारीय’ मेला पनि सञ्चालन भइरहेको छ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा निधन भएकाहरूको स्मृतिमा उपमहानगरले धनगढीको पार्कमोड आसपासको सडकलाई जेनजी मार्ग नामाकरण गरेको हो । 

शनिबारीय मेलाबाट सीप सिकेका महिलालाई स्वरोजगारका अवसर सिर्जना गरी आर्थिक सशक्तीकरण गर्न मद्दत पुग्ने विश्वास उपमहानगरले लिएको छ । महिलालाई लक्षित गरी सुरु गरिएको उक्त मेलाका विभिन्न स्टलमा महिलाद्वारा उत्पादित रैथाने सामग्री बिक्रीका लागि राखिएका छन् । 

यहाँ ढिक्री, मच्छिक सिकार, अन्डिक भातलगायत थारु समुदायका खानाका परिकार र बटुक, फौनेमाणालगायत डोटेली खानका परिकारको स्वाद लिन पाइने मेलाको अवलोकनमा पुग्नुभएका चेतराज जोशीले बताए । उनले भने, “महिलालाई लक्षित गरेर आयोजित मेलाले स्वरोजगार बनाउन केहीहदसम्म टेवा पुर्‍याएको छ ।” उपमहानगरपालिकाले भजनकीर्तनसहित बालबालिकाका लागि खेल सामग्री र मेलामा व्यवस्थापन निःशुल्क रूपमा उपलब्ध गराएको छ ।


प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP