Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विश्व
  • Home
  • विश्व
  • ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ
‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २१, २०८२

दोहा-वाशिङ्टन र संयुक्त राष्ट्रसङ्घको समर्थन प्राप्त शान्ति योजना अन्तर्गत इजरायली सेना प्यालेस्टिनी भूभागबाट फिर्ता नभएसम्म गाजा पट्टीमा लगभग दुई महिनादेखि जारी युद्धविराम पूरा नहुने मध्यस्थकर्ता कतारका प्रधानमन्त्रीले शनिबार बताएको छ । 

“अब हामी एक महत्त्वपूर्ण क्षणमा छौँ । इजरायली सेनाको पूर्ण फिर्ता नभएसम्म र गाजामा पुनः स्थिरता नआएसम्म युद्धविराम पूरा हुन सक्दैन ।” कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले खाडी राष्ट्रको राजधानीमा आयोजित वार्षिक कूटनीतिक सम्मेलन ‘दोहा फोरम’ मा सम्बोधनका क्रममा भने ।  

कतारले संयुक्त राज्य अमेरिका र इजिप्टसँग मिलेर गाजामा लामो समयदेखि प्रतीक्षित युद्धविराम सुनिश्चित गर्न मद्दत गरेको थियो ।  अक्टोबर १० देखि जारी युद्धविरामले इजरायल र हमासबीचको दुई वर्ष लामो लडाइँलाई प्रायः रोकेको छ । सम्झौताको दोस्रो चरण अन्तर्गत इजरायलले उक्त क्षेत्रमा रहेका आफ्ना स्थानहरूबाट फिर्ता हुनुपर्नेछ यद्यपि यो अझै सुरु हुन बाँकी छ । दोस्रो चरणको प्रवेशसँगै गाजामा स्थायित्वका लागि एक अन्तराष्ट्रिय बल परिचालन गरिनेछ र अन्तरिम प्राधिकरणले शासनको जिम्मा लिनेछ।   अरब र मुस्लिम राष्ट्रहरू गाजामा नयाँ सुरक्षा संयन्त्र बनाउने कुरामा सहभागी हुन हिचकिचाइरहेका छन् । यसले अन्ततः प्यालेस्टिनी लडाकुहरूसँग लड्नुपर्ने हुन सक्छ। फोरममा बोल्दै टर्कीका परराष्ट्र मन्त्री हकान फिदानले भने, “सुरक्षा संयन्त्रसम्बन्धी वार्ता जारी छ र यसको कमान्ड, संरचनामा कुन देशहरूले योगदान गर्नेछन् भन्ने जस्ता महत्त्वपूर्ण प्रश्नहरू टुङ्ग्याउने काम बाँकी छन् ।

Hardik health

फिदानले भने, “गठन हुने नयाँ सुरक्षा संयन्त्रको योगदान प्यालेष्टाइनलाई  इजरायली हस्तक्षेपबाट अलग गर्नु हुनुपर्छ।” “यो हाम्रो मुख्य उद्देश्य हुनुपर्छ। त्यसपछि हामी बाँकी रहेका अन्य मुद्दाहरूलाई सम्बोधन गर्न सक्छौँ,” उनले थपे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा पहिलो पटक प्रस्तुत गरिएको २०–बुँदे योजना अन्तर्गत हमासले पनि आफ्ना हतियार बुझाउनुपर्नेछ, जसमा हतियारहरू बुझाउने हमास (लडाकू) लाई गाजा छोड्न अनुमति दिइनेछ। उक्त लडाकु समूहले यो प्रस्तावलाई बारम्बार अस्वीकार गरेको छ ।

टर्कीले गाजाको शान्तिका लागि गठन हुने नयाँ सुरक्षा संयन्त्रमा भाग लिन चाहेको सङ्केत दिएको छ तर इजरायलमा यसको प्रयासलाई नकारात्मक रूपमा हेरिन्छ । इजरायलले अङ्कारालाई हमाससँग धेरै नजिकको शक्ति मान्दछ।“मलाई लाग्छ, यो युद्ध अन्त्य गर्ने एकमात्र व्यावहारिक तरिका भनेको शान्ति वार्तामा निष्ठापूर्वक र दृढताका साथ संलग्न हुनु हो,” फिदानले भने ।  प्रधानमन्त्री अल थानीले भन्नुभयो, “कतार र युद्धविरामका लागि अन्य सहयोगी टर्की, इजिप्ट र अमेरिकाले सम्झौताको ‘अर्को चरणलाई अगाडि बढाउन हमास र इजरायललाई दवाव दिन शनिबार संयुक्त बैठकको आयोजना गरेका छन् । “हाम्रो दृष्टिकोणमा यो अर्को चरण पनि अस्थायी मात्र हो,” उनले भने । 

“यदि हामीले पछिल्ला दुई वर्षमा भएको कुरा मात्र समाधान गर्‍याे भने त्यो पर्याप्त हुनेछैन,” उनले दुवै जनतालाई न्याय प्रदान गर्ने ‘दिगो समाधान’ को लागि आह्वान गर्दै भने ।  इजिप्टका परराष्ट्र मन्त्री बद्र अब्देलअत्तिले युद्धविरामबारे छलफल गर्न मञ्चको अवसरमा कतारका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको कायरोले शनिबार जनाएको छ।  “बैठकले गाजा पट्टीको वर्तमान अवस्थाबारे छलफल गरेको थियो भने छलफलमा युद्धरत दुवै पक्षका अधिकारीहरूले शार्म अल–शेख शान्ति सम्झौता कार्यान्वयन गर्न प्रयासहरू जारी राख्ने बिषयमा जोड दिएका कतारको विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । इजिप्टले गाजाका लागि पाँच हजार प्रहरी अधिकारीलाई तालिम दिने योजना घोषणा गरेको छ र इजिप्ट गाजामा राजनीतिक स्थायित्वका लागि गठित सुरक्षा संरचनामा सम्भावित योगदानकर्ता देशमध्ये एक हो।


प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित आइतबार, चैत २२, २०८२
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव आइतबार, चैत २२, २०८२
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो आइतबार, चैत २२, २०८२
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि आइतबार, चैत २२, २०८२
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी शुक्रबार, चैत २०, २०८२
म्यान्मामा सैनिक शासनको निरन्तरता
म्यान्मामा सैनिक शासनको निरन्तरता शुक्रबार, चैत २०, २०८२
इरान अझै आक्रमण गर्न सक्षम रहेकाे एक अमेरिकी प्रतिवेदन
इरान अझै आक्रमण गर्न सक्षम रहेकाे एक अमेरिकी प्रतिवेदन शुक्रबार, चैत २०, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP