Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • बर्दिबासको पर्यावरणबारे बढ्दै चासो
बर्दिबासको पर्यावरणबारे बढ्दै चासो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २१, २०८२

महोत्तरी - महोत्तरीको पूर्वपश्चिम लम्बाइको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ । चुरे क्षेत्रमा ३० किलोमिटर बढी लम्बाइको यस नगर क्षेत्रमा धार्मिक, पुरातात्विक, ऐतिहासिक र प्राकृतिक सम्पदाको भण्डार रहेको यहाँ अवलोकन गर्नेहरूले बताएका छन् ।

“मनोरम प्राकृतिक सम्पदाको बर्दिबास नगरक्षेत्र सम्पन्न रहेछ”,  बर्दिबास–३ राइमण्डलस्थित गिद्ध बासस्थानको अवलोकनपछि चरा संरक्षण नेपालका प्रतिनिधि नवलपरासीको पिठौलीका ईश्वरी चौधरीले भने, “हामीले यहाँको चुरे क्षेत्रको अवलोकन गर्याैँ, यो त प्राकृतिक पर्यटनको भण्डार रहेछ ।” राइमण्डलडाँडास्थित गिद्धबास (गिद्धको बासस्थान)लाई संरक्षण गर्न मुख्यतः आहाराको व्यवस्थापनमा जुट्न उनको बर्दिबास नगरपालिका र नगर संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिलाई सुझाव छ ।

आफ्नो ठाउँको पिठौली सामुदायिक वन क्षेत्रमा स्थापित गिद्ध संरक्षण उद्देश्यको जटायु रेष्टुरेन्ट स्थापना भएयता बढेको पर्यटकीय चहलपहलको अनुभव साट्दै चौधरीले बर्दिबासको यो क्षेत्र अझ मनोरम रहेको बताए । “यहाँको चुरे क्षेत्र सम्पदाले भरिपूर्ण रहेछ”, उनले भने, “यहाँ पर्यटकीय सम्भावनाका प्रशस्त आधार रहेछन् ।” 

राइमण्डलडाँडाको गिद्धबास, राइमण्डल क्षेत्रकै मध्य पाषण युगकालीन हतियार कारखाना, सोलीघोप्टेडाँडाको जडीबुटी भण्डार, मधेसको जिल्ला भएर पनि सुन्तला, जुनार फल्ने चनौटेडाँडा र यहाँका टुटेश्वर, पञ्चधुरा माईस्थान र राइमण्डलधामसहितका आदिकालदेखिका धार्मिकस्थल पर्यटकीय विकासका लागि महत्त्वपूर्ण आधार रहेको अवलोकनकर्ताको प्रतिक्रिया छ ।

Hardik health

त्यसैगरी, वातावरण र पर्यावरण संरक्षणका क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका धनुषाको कल्चर भिलेज संस्थाका संस्थापक देवनारायण मण्डल आफूले महोत्तरीको चुरे क्षेत्रको अवलोकन गर्दा लोपोन्मुख पन्छी गिद्धसँगै अनेकौ चराचुरुङ्गी र वन्यजन्तुको बासस्थान रहेको देखिएको बताए। 

“यहाँको चुरे क्षेत्रमा अहिले सघन वन रहेछ । यहाँ बहुमूल्य वनस्पति तथा बाघ, हरिन, मृग, घोरल, नीलगाई र बँदेलसहितका वन्यजन्तु बाक्लै रहेछन्”, मण्डलले भने, “यसका अतिरिक्त अन्य पुरातात्विक महत्वका हतियार कारखानाका अवशेष र महाभारतकालीन जनश्रुतिका धार्मिकस्थलले यहाँको परिचय विशिष्ट बन्ने आधार छन्, यिनलाई पर्यटन प्रवर्द्धनसँग जोड्न सक्नुपर्छ ।”

अवलोकनकर्ताको सुझाव मनन गरेर नै बर्दिबास नगरपालिकाले संस्थागत प्रयत्नबाटै सम्भावना चिन्हित गर्न र तदनुरुप योजनाबद्ध काम अघि बढाउन नगरमा संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले बताए ।“पर्यटकीय सम्भावनाका क्षेत्र पहिचान गर्न र यी क्षेत्रमा गर्न सकिने कामको खाका बनाउन जिम्मेवारीसहितको संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति गठन गरेका छौँ”, क्षेत्रीले भने, “समितिले विभिन्न क्षेत्रको काम हेर्नेगरी उपसमिति बनाएर अघि बढेको छ ।” यहाँको पर्यटकीय क्षेत्रको पहिचान र योजनाबद्ध काम अघि बढाउने कुरालाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।

नगरको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिले मध्य पाषाण युगकालीन हतियार कारखानाको विज्ञहरूबाट पहिलो चरणको अन्वेषण कार्य र गिद्ध संरक्षणका काम पहिल्याउन काम सुरु गरेको जनाएको छ । “हामीले मध्य पाषाण युगकालीन हतियार कारखानाको पुरातत्वविद्बाट पहिलो चरणको अन्वेषण कार्य सम्पन्न गराएका छौँ, त्यसबाट प्राप्त विज्ञहरूको निष्कर्षले हामी उत्साहित छौँ”, समितिका अध्यक्ष हीरालाल गौतम भन्नुहुन्छ, “पुरातत्व विभागका विज्ञ र भारतीय पुरातत्वविद्ले गर्नुभएको प्रारम्भिक अन्वेषणबाट यहाँ १० हजार वर्ष पहिलेको ढुङगे हतियार बन्ने ठाउँ रहेको निष्कर्ष आएको छ ।” यस काममा अझ योजनाबद्ध ढङ्गले अघि बढ्न सङ्घीय सरकारको चासो बढाउन प्रयत्न गरिएको गौतमको भनाइ छ ।

त्यसैगरी, समितिले गिद्ध संरक्षण र पर्यापर्यावरणको कामलाई व्यवस्थित गर्न उपसमिति बनाएर काम अघि बढाइएको गौतमको भनाइ छ । यस क्रममा गिद्धको आहारा दिगो व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेतिर मिहीन तवरले काम थालिएको गिद्ध संरक्षण तथा पर्या पर्यावरण प्रवर्द्धन उपसमितिका संयोजक विशाल बस्नेले बताए । 

“हामीले पहिलो चरणमा पिठौली वनको गिद्ध व्यवस्थापनको अवलोकन गरेर केही सिक्दैछौँ, अब राइमण्डलडाँडाको गिद्धबासको पायक पर्नेगरी गिद्धको आहारा व्यवस्थापनको काम अघि बढाउने तरखरमा छौँ”, बस्नेत भन्नुहुन्छ, “यसका लागि समुदायसँग छलफल भइरहेको छ ।” यसका लागि दिगो काम गर्नुपर्ने हुँदा तयारीमा समय लागेको उनको भनाइ छ ।

बर्दिबासको चुरे क्षेत्रमा पर्यटन सम्भावना पहिल्याउन दुई वर्ष पहिले (२०८०) बर्दिबास उद्योग वाणिज्य सङ्घको नेतृत्वमा १० वटा सामाजिक संस्थाले गरेका चुरे पदयात्राका क्रममा राइमण्डलडाँडामा गिद्धको समूह देखेपछि यहाँ यसबारे चासो बढेको हो । पदयात्रा गर्ने १० सामाजिक संस्थाले नगरक्षेत्रका ३८ ठाउँको परिचयसहित यिनलाई पर्यटकीय क्षेत्र बनाउन पहल गरिनुपर्ने सुझावसहितको पदयात्रा प्रतिवेदन त्यतिबेलै बर्दिबास नगर कार्यपालिकाको कार्यालयलाई बुझाएको थियो । आफूहरूले सुझाएका क्षेत्रमा काम गर्नेगरी नगरपालिकाले संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति बनाए पनि सम्बद्ध पदयात्री संस्थासँग समन्वय भने नगरेको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काको गुनासो छ ।

अहिले मुलुकका विभिन्न भेगबाट आउने अवलोकनकर्ताले आफ्नो नगरको चुरेक्षेत्रमा पर्यटन प्रवर्द्धनका प्रशस्त सम्भावना औँल्याएका कुराले बर्दिबास नगरवासी पनि उत्साहित बनेका छन् ।“जिल्लाको सबै चुरे क्षेत्र हाम्रै नगरमा पर्छ, बाहिरबाट आउने अवलोकनकर्ताले हाम्रो ठाउँको पर्यटन विकासको सम्भावना औँल्याएर देखाएका छन्”, बर्दिबास–११ का नीलहरि गौतमले भने, “अब तीनै तहका सरकारले हामी जनतालाई केही हुँदैछ भन्ने अनुभूति दिनेगरी यस क्षेत्रको काम अघि बढाउनुपर्छ ।” यसका लागि मुख्यतः स्थानीय सरकारले योजनाबद्ध काम अघि बढाउँदै प्रादेशिक र सङ्घीय सरकारलाई जोड्न पहल लिनुपर्ने उहाँको सुझाव छ ।


प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ०९:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP