Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #इरान_इजरायल
  • #जनकराज_गिरी
  • #इन्दिरा मानन्धर
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #खखडेहरा_पर्व
Search Here
समाचार
  • Home
  • समाचार
  • कमैयाबाट उद्यमीसम्मको केशव डगौराको संघर्षमय यात्रा
कमैयाबाट उद्यमीसम्मको केशव डगौराको संघर्षमय यात्रा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १९, २०८२

कञ्‍जनपुर- बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका-१० झलारीका ५६ वर्षीय केशव डगौरासँग पुनःस्थापनाको क्रममा पाइएको चार कट्ठा जग्गाबाहेक कुनै सम्पत्ति थिएन । हाल उनले पक्की घरमात्र ठड्याएउनुभएका छैन, मासिक  एक लाख रुपैयाँसम्म कमाउने हैसियत बनाएका छन् ।

सामान्य संघर्ष मात्रले त्यो हैसियत बनेको होइन । बाल्यकालदेखि नै गरिबी, कमैया प्रथा र श्रमको बेडामा बाँधिनुभएका डगौराको संघर्षमय यात्रा अहिले गाउँकै लागि प्रेरणादायी बनेको छ । उनले भने, “दुःख त धेरै भोगियो, तर मिहिनेत गरेको मान्छेलाई ईश्वरले हात समाइदिँदोरहेछ ।”

डगौराका बुबा वर्षौँसम्म जमिन्दारको घरमा कमैया थिए । आमाको मृत्यु हुँदा उनले छ महिनाका मात्र हुनुहुन्थ्यो । बाल्यकालदेखि नै जमिन्दारको घरमै हुर्कनुपरेको उनलेले १० वर्षको उमेरमा गोरु चराउने जिम्मेवारी पाए  । पन्ध्र वर्ष पुग्दा बुबासँगै हलो जोत्ने काममा संलग्न  भए । त्यसको केही समयमै ‘सौंकी हालेर’ कमैया बस्न बाध्य भए । घरजग्गा केही थिएन, आश्रय पनि जमिन्दारकै ठाउँ थियो । “कमैया बस्नुबाहेक कुनै विकल्प थिएन”, डगौराले सम्झे ।

कमैयाको दिनचर्या अत्यन्त कठोर थियो । बिहान सबेरै हलो जोत्ने, गोरुका लागि घाँस काट्ने र फुर्सदमा जमिन्दारका भैँसी चराउने उनलेको दैनिकी थियो । चाडपर्वका दिन पनि गोरु स्याहारिसकेपछि मात्र बिदा मिल्थ्यो । “दसैँ, तिहार, माघी सबै दिन काम गर्नुपर्ने, कमैया जीवन भनेको कामकै बन्धन थियो”, उनलेले विगत सम्झँदै भने ।

Hardik health

सौंकी लिएको रकमको ब्याज तिर्नुपर्ने बाध्यताले वर्षौँ उनले त्यही गाह्रो चक्रमा बिताए । चार भाइमध्ये कान्छा डगौराले भने, “हामी चारै भाइ ठूलो भएपछि बुबालाई कमैया बस्न दिएनौँ, तर आफैँ कमैयाबाट मुक्त भने हुनसकेनौँ, ती दिन सम्झँदा आज पनि मुटु काम्छ ।”

सरकारले कमैया मुक्तिको घोषणा गरेपछि डगौराको जीवनमा नयाँ मोड आयो । कमैयाका नाममा लिइएको सौंकी रकम सरकारले मिनाहा गरे पनि ‘अरूको ऋण खान मिल्दैन’ भन्दै उनलेले आफूले लिएको सौंकी रकम जमिन्दारलाई फिर्ता गर्नुभयो । त्यसपछि २०५८ सालमा पुनःस्थापना कार्यक्रमअन्तर्गत झलारी बजार नजिकै चार कट्ठा घरबासको जग्गा पाएँ । त्यहीँ झुपडी बनाएर नयाँ जीवन सुरु भयो ।

त्यही समयमा गरिबी निवारण कोषले मुक्त कमैयाहरूका लागि समूह गठन गर्न थाल्यो । डगौरा पनि सो समूहमा आबद्ध हुनुभयो । समूहको कर्जा र आयमूलक कार्यक्रममार्फत किराना, पशुपालनजस्ता व्यवसाय सञ्चालन गर्ने निर्णय भयो । “मैले बङ्गुर पाल्ने निर्णय गरेँ”, उनलेले भन्नुभयो, “समूहबाट पहिलोपटक १० हजार रुपैयाँ ऋण लिएर चारवटा बङ्गुरका पाठा ल्याएँ तर चुनौतीहरू अझै बाक्लिँदै थिए, खानका लागि अन्न थिएन, बङ्गुरका लागि चारो जुटाउन त परकै कुरा भयो, केही दिन मजदुरी गरेर जीविका चल्यो, त्यसबाटै आएको रकमले बङ्गुरको चारो जुटाउन थालियो ।”

त्यही बेला अधियाका रूपमा दुई बिघा जग्गा खेती गर्न पाइयो । “त्यहाँबाट आएको अन्नले परिवारको पेट पाल्नेमात्र नभई बङ्गुरका लागि पनि चारोको व्यवस्था भयो डगौराले भने, “बचेको अन्न बेचेर समूहको ऋण तिर्न भ्याएँ, बङ्गुर हुर्कँदै गए, बेच्दा केही आम्दानी पनि भयो ।”

उनले अगाडि भने, “अर्कोपटक समूहबाट रु ५० हजार ऋण लिने निर्णय गरेँ, सुरुमा सदस्यहरू आशङ्कित भए, तर कुटानी पिसानी मिल राखेर कर्जा तिर्ने अश्वासन दिएँ, त्यसपछि एउटा चक्की र धान कुट्ने हलर मेसिन राखेँ ।” त्यतिबेला झलारी क्षेत्रमा विद्युत् थिएन, त्यसैले मिल डिजेल इन्जिनमा चलाइयो । चार वर्षभित्रै मिल चल्यो र ग्राहक बढ्दै गए ।

“मिल चलेपछि नाफा पनि मनग्य भयो”, डगौराले भने “ग्राहक बढेपछि सानो मेसिनले नधानेपछि ठूला मेसिन राख्ने योजना बनाएँ, यसका लागि समूहबाट लिएको कर्जा तिरेर फेरि रु एक लाख ५० हजार कर्जा लिएर आधुनिक मेसिन जडान गरेँ ।” यसबीच झलारीमा विद्युत् सुविधा पनि आइपुग्यो ।  २० हजार रुपैयाँ तिरेर डगौराले विद्युत् मिटर जडान गर्दा मिल डिजेलबाट विद्युत्मा चल्न थाल्यो ।

हालसम्म डगौराले मिलमा झण्डै  सात लाख रुपैयाँ भन्दा बढी लगानी गरिसकेका छन् । अहिले दुईवटा सेलर, दुईवटा स्पेलर, दुई चक्की र आवश्यक विद्युतीय मोटरसहित मिल ठूलो परिमाणमा सेवा दिन सक्षम छ । मासिक कमाइबारे उनले भने, “खर्च कटाएर महिनामा रु ५० हजार जति बचत हुन्छ, सिजनमा त रु एक लाखभन्दा बढी कमाइ हुन्छ ।” मिलबाट निस्कने खलि, ब्रानजस्ता वाइ–प्रोडक्ट बेचेर पनि थप आम्दानी भइरहेको छ ।

मिलबाटै आएको आयले डगौरा परिवारको हाल जीवनस्तर नै बदलिएको छ । पहिले झुपडीमा बस्ने उनले अहिले छकोठे पक्की घर बनाएर त्यसमै बस्दै आएका  छन् । मिल पनि पक्की पिलरसहित स्थायी संरचनामा विस्तार हुँदैछ । उनलेका पाँच छोरी र दुई छोरा सबै निजी विद्यालयमा पढ्दै आएका छन् । मिलका सबै काम मेसिन मर्मत, इन्जिन सरसफाइ, धान-गहुँ प्रशोधन उनले आफैँले सिक्नुभएको छ, जसले मिस्त्री खर्च पनि बचत हुन्छ । श्रीमती भागरथी चौधरी पनि मिलमै काम गर्छिन् ।

“पहिले के लगाउने, के खाने, कहाँ बस्ने भन्ने ठूलो चिन्ता थियो”, भागरथीले भने, “अब त्यो पीर छैन, कमाइले जीवन सहज भएको छ, छोराछोरीलाई राम्रो पढाइदिने मात्र चाहना बाँकी छ, हामीले विद्यालयको मुखसम्म देख्न पाएनौँ, छोराछोरी पढेर ठूलो मानिस बनेको हेर्ने इच्छा छ ।”

डगौराले कुखुरा, हाँस र बङ्गुरपालनलाई पनि निरन्तरता दिनुभएको छ । कुनै बेला कमैयाको कठोर जीवनमा बाँधिएका उनलेहरू अहिले मिहिनेत, अनुशासन र सही निर्णयले आर्थिक रूपमा आत्मनिर्भर बन्नुभएको छ । 

यद्यपि, डगौरा दम्पतीको एउटै गुनासो छ, “गरिबका बालबालिकाले उच्च शिक्षा पढ्न सरकारबाट छात्रवृत्ति पाउनुपर्ने व्यवस्था सुनिन्छ, तर व्यवहारमा पाएका छैनौँ, यदि त्यो सुविधा प्राप्त हुन्थ्यो भने हाम्रा छोराछोरी पनि डाक्टर, इन्जिनियर वा पाइलटजस्ता पेसामा पुग्थे ।” डगौराको जीवनले देखाउँछ- संकट र कठिनाइ कहिले पनि अन्त्य हुँदैन, सही समय, मिहिनेत र योजना भए जीवनको दिशा परिवर्तन गर्न सकि


प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण शुक्रबार, फागुन १५, २०८२
गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा
गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा मंगलबार, फागुन १२, २०८२
पोलेको मकैको व्यापार फस्टाउँदै
पोलेको मकैको व्यापार फस्टाउँदै मंगलबार, फागुन ५, २०८२
लाफा दाइको २८ वर्षे आर्ट यात्राः आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल
लाफा दाइको २८ वर्षे आर्ट यात्राः आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल सोमबार, फागुन ४, २०८२
खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र
खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र सोमबार, फागुन ४, २०८२
मौरीघार र महले आत्मनिर्भर पृतिराज, गाउँमै सिर्जना भयो रोजगार
मौरीघार र महले आत्मनिर्भर पृतिराज, गाउँमै सिर्जना भयो रोजगार बिहीबार, माघ २२, २०८२
माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी
माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
स्पेनमा आध्यात्मिक महोत्सव हुँदै
स्पेनमा आध्यात्मिक महोत्सव हुँदै
सङ्खुवासभामा चार स्थानबाट ५० हजार ८२० मत गणना
सङ्खुवासभामा चार स्थानबाट ५० हजार ८२० मत गणना
मोरङ ३ मा श्रम संस्कृति अगाडि
मोरङ ३ मा श्रम संस्कृति अगाडि
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP