Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विश्व
  • Home
  • विश्व
  • बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना
बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १९, २०८२
Hardik health

लन्डन- बेलायतको मिडिया वाचडगले वेबसाइटमार्फत् यौन गतिविधिबारे सामग्री प्रशारण गर्दै आएको एभिएस ग्रुपलाई उसका १८ ‘पोर्नोग्राफी वेबसाइट’हरूमा सशक्तरूपमा उमेर जाँच सुनिश्चित गर्न असफल भएको आरोपमा १० लाख पाउन्ड (झण्डै १३ लाख अमेरिकी डलर) जरिवाना गरेको छ। 

एवीएस समूहको बिरूद्ध जरिवाना बेलायतको अनलाइन सुरक्षा ऐन अन्तर्गत अहिलेसम्मकै सबैभन्दा ठूलो सजाय हो । बेलायतको अनलाइन सुरक्षा ऐन गत जुलाईदेखि लागू भएको थियो । ऐनमा बच्चाहरूलाई हानिकारक यौन सामग्री अनलाइनबाट पहुँच गर्नबाट रोक्ने उद्देश्यले उमेर समूह अनुसार ती सामग्रीमा पहुँच पाउने व्यवस्था गर्न उक्त समूहलाई निर्देशन गरिएको थियो ।  
नयाँ नियमअनुसार पोर्न साइटहरुले उमेर प्रमाणिकरण गर्नुपर्ने वा चर्को जरिवानाको सामना गर्नुपर्नेछ ।यस उपायको उद्देश्य युवाहरूलाई आत्महत्या, आत्म–हानि र विकारसँग सम्बन्धित अखाद्य सामग्रीको पहुँचबाट जोगाउनु पनि हो।
 
“एभिएसले उमेर प्रमाणीकरणको रूपमा उल्लेख गरेको कुरा लागू गर्न स्वीकृति जनाएको छ तर हामीले यसलाई अत्यधिक प्रभावकारी रूपमा लागू भएको  पाएका छैनौँ र कम्पनीलाई १० लाख पाउण्ड जरिवाना लगाएका छौँ,” अफकमले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।  वाचडगले अगाडि चेतावनी दिएको छ, “यदि समूहले ७२ घण्टा भित्र उपयुक्त उमेर–जाँच प्रणाली लागू गरी बालबालिकाबीच पुग्ने यौन सामग्री (गतिविधि)लाई नियन्त्रण गरेन भने यसले थप दैनिक जरिवानाको सामना गर्नुपर्नेछ।” अफकमको सूचना र अनुरोधको जवाफ नदिएकोेमा एभिएसलाई थप ५० हजार पाउण्ड जरिवाना पनि लगाइएको छ ।
 
बेलायतको अनलाइन सुरक्षा ऐन अन्तर्गत जुलाई २५ देखि सम्भावित हानिकारक सामग्री प्रकाशन वा प्रशारण गर्ने वेबसाइट, सामाजिक सञ्जाल र भिडियो प्लेटफर्महरूले अनुहारको आकृति वा क्रेडिट कार्ड नम्बरको जाँचजस्ता उपायमार्फत उमेर प्रमाणिकरणलाई कडारूपमा लागू गर्न आवश्यक गरिएको थियो । 

कुनै पनि फर्म वा कम्पनीले नियमलाई पालना नगरेको पाइएमा एक करोड ८० लाख जरिवाना वा योग्य विश्वव्यापी राजस्वको १० प्रतिशत (जुन योभन्दा बढी हुन्छ) सम्म जरिवानाको सामना गर्नुपर्नेछ।   अफकमले संयुक्त राज्य अमेरिकाबाट सम्बन्धित साइट वा प्लेटफर्ममा पहुँच रोक्न कानुनी कारबाही गर्न सक्छ।
 
नयाँ शासनलाई अभियानकर्ताहरूले कडा नियमहरूको लागि वर्षौं लामो लडाइँमा कोसेढुङ्गाको रूपमा स्वागत गरेका छन् तर केही (विशेष गरी राजनीतिक दक्षिणपन्थी) ले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमणको रूपमा आलोचना गरेका छन् ।यो निर्देशनले कथित रूपमा भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) सफ्टवेयरको डाउनलोडका लागि ठूलो समूहलाई प्रेरित गरेको छ, जसले केही वेबसाइट प्रतिबन्धहरूलाई बेवास्ता गर्दै ब्राउजरहरूलाई अर्को देशमा जस्तो देखिन अनुमति दिन्छ ।
 
नियमहरू लागू भएलगत्तै अफकमले सम्भावित अनुपालन असफलताहरूको बारेमा एभिएसद्वारा सञ्चालित सहित ३४ पोर्न वेबसाइटहरूमा अनुसन्धान सुरु गरेको अफकमले बिहीबार जनाएको छ। 


प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित आइतबार, चैत २२, २०८२
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव आइतबार, चैत २२, २०८२
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो आइतबार, चैत २२, २०८२
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि आइतबार, चैत २२, २०८२
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी शुक्रबार, चैत २०, २०८२
म्यान्मामा सैनिक शासनको निरन्तरता
म्यान्मामा सैनिक शासनको निरन्तरता शुक्रबार, चैत २०, २०८२
इरान अझै आक्रमण गर्न सक्षम रहेकाे एक अमेरिकी प्रतिवेदन
इरान अझै आक्रमण गर्न सक्षम रहेकाे एक अमेरिकी प्रतिवेदन शुक्रबार, चैत २०, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP