Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #रासस
  • #क्यालिस्थेनिक्स
  • #सामाजिक सुरक्षा कोष
  • #फोक्सिङटार
Search Here
समाचार
  • Home
  • समाचार
  • एकसय वर्ष पुरानो भुत्तेको जेरी पसल
एकसय वर्ष पुरानो भुत्तेको जेरी पसल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १७, २०८२

पोखरा -  पोखराको भीमसेन टोलमा एक पुरानो घर छ, सामान्य मर्मत गरिएको तर घरभित्र १०० वर्षको इतिहास छ । बिहानैदेखि यहाँ मानिसको भीड लाग्छ । कतिपयलाई थाहा नहुन सक्छ, किन भीड ? बाहिर न त ठूलो साइनबोर्ड छ, न कुनै ब्यानर । तर भित्र छ पोखराको सबैभन्दा पुरानो र प्रसिद्ध ‘भुत्तेको जेरी पसल ।’ तातो तेलको गन्ध, चिनीको मीठाससँगै त्यहाँबाट निस्कने धुँवा समेत विशेष लाग्छ । एउटा विशेष स्वादको लागि मानिसहरू घण्टौँ कुर्न तयार हुन्छन् । स्वादिलो जेरीसँग मुख मिठो बनाउन आतुरहरुमा निकै शालिनता र धैर्यता देखिन्छ ।  

भुत्ते जेरीको कथा सुरु हुन्छ सिद्धिलाल चुल्याजुबाट । उनी १९७० सालमा रोजगारको सिलसिलामा म्यानमार (बर्मा) पुगेका थिए । सिद्धिलालले त्यहाँ सिकेको पाककला लिएर नेपाल फर्केपछि १९७२ सालमा पोखराको पुरानो भीमसेन टोलमा भुत्तेको मिठाई पसल सञ्चालन गरे । व्यवसाय यति लोकप्रिय भयो कि सिद्धिलाललाई ‘भुत्ते साहु’ भनेर चिनिन थालियो । त्यही नाम समयसँगै रूपान्तरित हुँदै आजको ‘भुत्तेको जेरी पसल’ बन्न पुग्यो । 

हजुरबुबादेखि छोरासम्म अनि अहिले नातिसम्म यो व्यवसाय घरकै हातले चल्दै आएको छ । सिद्धिलालको निधनपछि आमा मिश्रीमायाले पनि छोराहरुको साथमा व्यवसाय चलाए । आमाको पनि निधनपछि कान्छा छोरा राजकुमार चुल्याजुले पुख्यौली थलोमा व्यवसाय सम्हाले। अहिले उनको श्रीमती र छोरा एलिस पूर्ण रूपमा सोही व्यवसायमा संलग्न छन्  । तीन पुस्तासम्म जोडिएको यो व्यवसाय आज पोखराको पहिचान र ‘ब्राण्ड’ बनेको छ । 

व्यवसायमा चुल्याजु परिवारको आफ्नै समय तालिका छ ।  बिहान ८ बजेदेखि १२ बजे र बेलुका ४ः३० देखि साँझ ६ः३० बजेसम्म पसल खुला हुन्छ । अधिकांश नेपाली युवाहरू दीर्घकालीन काममा नटिक्ने र  विदेश जान नै हतारिने हुँदा चुल्याजु परिवारले अरुमा निर्भर नभई परिवारको जनशक्तिलाई उपयोग गरेर व्यवसाय चलाइरहेका छन्  । 

Hardik health

“यो त खानेकुराको पसल होनी, एकपटक खाएपछि अर्को दिन आफन्त साथीभाइलाई लिएर आउनुहुन्छ, यो खोज्दै–खोज्दै खानु पर्ने जेरी हो, त्यसैले यसको नाम ‘हन्टिङ जेरी’ हो” राजकुमारले हास्ँदै साइनबोर्ड नराख्नुको कारण सुनाए । “माग बढ्ने बेला त भ्याइनभ्याइ हुन्छ । तर स्वाद, आकार र परम्परामा कहिल्यै सम्झौता गरेका छैनौँ र गर्दैनौँ पनि”, उनी थप्छन्  । 

विसं २०१७ मा राजा महेन्द्र पोखरा भ्रमणमा आउँदा सिद्धिलालले रोटीको निकै आर्कषक द्वार बनाउनुभएको थियो रे । त्यो द्वार हेरेर राजा अत्यन्त खुसी भई रत्न मन्दिरमा बोलाएर बक्सिस दिएको विषय आज पनि चुल्याजु परिवारका लागि गर्वको इतिहास बनेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि विन्ध्यवासिनी पैदलयात्राको क्रममा यहाँको जेरी खाएका थिए । त्यो पलसमेत उहाँहरूले निकै स्मरण गर्नुहुन्छ । चर्चित सेलब्रेटी, पत्रकारहरु पनि सोध्दैखोज्दै आउने गरेको अनुभव राजकुमारले सुनाए । 

दसैँ, तिहारमा थेगी नसक्नुको भीड हुन्छ । विदेशबाट घर आएकाहरुका लागि अझ विशेष स्थान बनेको छ यो ठाउँ ।  भुत्तेको जेरी खाएका मात्र होइन, नाम सुनेका पनि एकपटक ‘भुत्तेको जेरी’ खोज्दै पोखराको पुरानो भीमसेन बजारमा आइपुग्छन् । “देश विदेशबाट भुत्तेको जेरी कहाँ छ ? भनेर खोज्दै आउँदा निकै खुशी लाग्छ”, राजकुमारले भने ।  “पहिले जेरी दाउरामा पोलिन्थ्यो, शुद्ध घिउमा हुन्थ्यो, महमा भिजाइन्थ्यो तर समयसँगै अब घिउ, मह नै साह्रै महँगो हुन थाल्यो, चिनी र तेल प्रयोग हुन्छ । तर स्वाद गुम्न नदिउँ भनेर हामी दिनरात मेहनत गर्छौँ । रङ प्रयोग गर्दैनौँ । ठूलो, आकर्षक बुट्टा भएको जेरी बनाउँछौँ, ग्राहकले मनपराउनु भएको छ ।” यहाँ जेरीसँगै लाखमरी, खजुर, लालमोहन, फिनी, अनरसासमेत तयार हुन्छन् । 

नेवारी समुदायका पाठपूजा, वार्षिक पूजा हरेकमा यहाँका परिकारको माग निकै बढ्ने गरेको राजकुमारकी श्रीमती दयालक्ष्मी चुल्याजुले बताए । “चाडपर्व नेवारी समुदायको पर्वहरुमा माग बढी हुन्छ”, उनले भने । सासु–ससुराको व्यवसायलाई निरन्तरता दिएर ग्राहकको मन जित्न पाउँदा निकै आनन्द लाग्ने उनले बताए । हजुरबुबाले सन् १९१६ मा सुरु गरेको यो व्यवसायले निरन्तरता दिन पाउनु नै ठूलो अवसर हो”, राजकुमारका छोरा एलिस गर्वका साथ बताउनुहुन्छ । एलिसले व्यसायलाई विस्तार गर्दै अझ व्यवस्थित गर्ने सोच भने रहेको बताए । 

झण्डै ४४ वर्षपछि भुत्तेको जेरीको स्वाद खोज्दै आउनुभएका भाइरोलोजिष्ट डा विष्णु उपाध्याय छोरा–नातिले निरन्तरता दिएको देख्दा निकै खुसी लागेको बताए । “म २०३८÷३९ सालतिर म पोखराको रामघाटस्थित चिकित्सा शास्त्र अध्ययन संस्थामा थिएँ, त्यतिबेला यहाँको जेरी खुब खान आउँथे, आज ४४ वर्षपछि पुनः पोखरा आउँदा मलाई त्यो स्वादको याद आयो, यहाँ आएर जेरी खान पाउँदा निकै खुशी लाग्यो ।” भुत्तेको जेरी केबल मिठाई होइन, यो परम्पराको निरन्तरता, परिवारको श्रम र पोखराको पहिचान भएको बताउनुहुन्छ पोखराका अग्रज पत्रकार नारायण कार्की । “घण्टौँ पर्खेर खाने धैर्यता यसको स्वाद नै हो, तीन पुस्ता जोडिएको भुत्तेको जेरी पसल अहिले ‘ब्राण्ड’ बनेको छ । यो बाजेको पेसाप्रतिको नाति पुस्ताले देखाएको चासो र निरन्तरता निकै सकारात्मक र प्रेरणादायी पक्ष हो ।” 


प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १७:१०
#भुत्तेको जेरी पसल
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो सोमबार, पुस २१, २०८२
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी आइतबार, पुस २०, २०८२
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू शुक्रबार, पुस १८, २०८२
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा बिहीबार, पुस १७, २०८२
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास मंगलबार, पुस १५, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP