Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १६, २०८२

सुदूरपश्‍चिम- गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीका कारण निर्वाचनलाई बिथोलिन नदिने बताएका छन्  ।

धनगढीमा आज आयोजित सुदूरपश्‍चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीका विषयमा धेरै अतिरञ्‍चित गर्न जरुरी नभएको उल्लेख गरे ।   जेनजी आन्दोलनको घटनामा लुटिएका ७२७ थान हतियार फिर्ता भइसकेको र चार हजार ५५२ कैदीबन्दी फिर्ता हुन बाँकी रहेको जानकारी दिँदै उनले फरार बाँकी कैदीबन्दीलाई पक्राउ गर्न ‘अप्रेसन’ चलाइएको र लुटिएका थप हतियार पनि फिर्ता हुने क्रममा रहेको बताए । 

लोकतान्त्रिक पद्धतिमा चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै उनले भने, “सरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको छ, कसैलाई पनि काखा र पाखा नगरी सबैका कुरा सुनिरहेका छौँ, सबैका भावना समेट्दै चुनावमा होमिसकेका छौँ ।” उनले विधिको शासन, हस्तक्षेप मुक्त प्रशासनसहित सुशासन कायम गरी तोकिएको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु सरकारको मुख्य उद्देश्य रहेको स्पष्ट पारे ।

Hardik health

गृहमन्त्री अर्यालले कुशासन बेथितिका विरुद्ध जेनजी युवाहरुले उठाएका माग र भदौ २३ र २४ गतेको घटनापश्चात् गृह प्रशासनले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाहको प्रभावकारितामा निष्ठापूर्वक काम गरिरहेको बताए ।   नागरिक र सुरक्षाकर्मी बीचको सम्बन्ध सुदृढ हुँदै गएको बताउँदै उनले भने, “सुरक्षाकर्मीको मनोबल उच्च भयो भने मात्र नागरिक र राष्ट्रको मनोबल पनि उच्च हुन्छ ।” उनले तोकिएको समयमा निर्वाचनको वातावरण बनाउने काममा प्रदेश सरकारको भूमिका पनि महत्वपूर्ण हुनेमा जोड दिए । 

सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निर्वाचनको वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “निर्वाचनमार्फत देशलाई सही मार्गमा लैजान सकिने भएकाले सबै एकजुट भएर निर्वाचनको वातावरण जरुरी छ ।”  आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले नेपाल सरकारले दलहरुसँग समन्वय गरेर सुरक्षाको उचित वातावरण बनाउनुपर्ने बताए । सुरक्षा गोष्ठी गृह मन्त्रालयका सचिव रामेश्‍वर दंगालको अध्यक्षतामा सुरु भएको छ । 

गोष्ठीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, नेपाली सेनाका बलाधिकृत, नेपाली सेना सुदूरपश्‍चिम पृतना हेडक्वाटरका पंतनापति, गृहमन्त्रालयका कर्मचारी, प्रदेशका नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखको सहभागिता छ । गोष्ठीमा प्रदेशस्तरीय सुरक्षा चुनौती लगायतका विषयमा छलफल हुने जनाइएको छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP