Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #बोराबाध
  • #दाइँ_महोत्सव
  • #एनपिएल क्रिकेट
Search Here
विश्व
  • Home
  • विश्व
  • हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन
हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १६, २०८२

एएफपी- हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट कम्प्लेक्समा भएको विनाशकारी आगलागीमा १५१ जनाको ज्यान गएपछि घटनाको व्यापक छानबिन गर्न न्यायाधीशको नेतृत्वमा ‘स्वतन्त्र समिति’ गठन गर्ने घोषणा गरेका छन् । सो आगलागी पछिल्ला दशकहरूमा सहरले सामना गरेको सबैभन्दा भीषण घटनामध्ये एक मानिएको हाे ।

अधिकारीहरूका अनुसार आगलागी बाहिरी मचानमा प्रयोग गरिएको जालमार्फत तीव्र गतिमा फैलिएको थियो, जसले आवश्यक अग्नि–प्रतिरोध मापदण्ड पूरा गर्न नसकेको र अग्नि रोकथाम प्रणालीले भरपर्दो रूपमा काम गर्न नसकेको प्रारम्भिक जाँचले देखाएको छ । सहरका नेता लीले अङ्ग्रेजीमा आयोजित पत्रकार सम्मेलनमा भने, “भवन निर्माण तथा नवीकरण प्रणालीका कमजोरीहरू गहन रूपमा समीक्षा गरी भविष्यमा यस्ता त्रासदी दोहोरिन नदिने उद्देश्यले म न्यायाधीशको नेतृत्वमा एउटा स्वतन्त्र समिति गठन गर्नेछु ।” 

हङकङमा ‘अनुसन्धान आयोग’ गठन गर्ने कानूनी व्यवस्था विगतदेखि नै छ, जुन सामान्यतया जटिल घटनाका तथ्य पहिचानका लागि न्यायाधीशहरूले नेतृत्व गर्दै आएका छन, तर यसपटक लीले ‘स्वतन्त्र समिति’ भन्ने फरक शब्द प्रयोग गरेका छन्  । लीले एएफपीसँगको कुराकानीमा धेरै स्तरमा असफलता देखा परेकाले सुरक्षा, निगरानी, निर्माण र मर्मतसम्बन्धी मापदण्डमा तत्काल सुधार आवश्यक रहेको बताए। “यी सबै कमजोरीहरू बन्द भएको सुनिश्चित गर्न हामीले अत्यन्तै गम्भीरतापूर्वक काम गर्नुपर्छ । जिम्मेवारहरूलाई जवाफदेही बनाइनेछ, कमजोरीहरू हटाइनेछ र अवरोधहरू सम्बोधन गरिनेछ”, उनले भने । उनका अनुसार यस्ता घटनाबाट सहरलाई सुरक्षित राख्न सम्पूर्ण भवन नवीकरण प्रणालीमा सुधार कार्य अघि बढाइनेछ ।

Hardik health

उक्त घटनाको संयुक्त अनुसन्धान गर्दै आएको हङकङको भ्रष्टाचार–विरोधी प्रहरी र सामान्य प्रहरीले हालसम्म १४ जनालाई पक्राउ गरिसकेका छन् । तीमध्ये १३ जनालाई आगलागीका कारण भएका मृत्युमा संलग्न भएको शंकामा पक्राउ गरिएको हो । लीका शब्दहरूमा, “जिम्मेवार अपराधीहरूले निरीक्षण निकाय र कानून प्रवर्तन संस्थाहरूलाई धोका दिन घटिया जाललाई योग्य जालसँग मिसाएर प्रयोग गरेका थिए ।” उनले संदिग्धहरूलाई ‘दुष्ट’ भन्दै कडा टिप्पणी गरे ।

घटनापछि सहरभरि ठूलो शोक वातावरण छाएको छ, साथै व्यापक जवाफदेहिताको माग पनि उठिरहेको छ । तर स्थानीय मिडियाले जिम्मेवारी माग्ने केही नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको उल्लेख गरेको छ । २४ वर्षीय विद्यार्थी माइल्स क्वानलाई सरकारी जवाफदेहिताको माग गर्दै फ्लायर वितरण गरेको आरोपमा ‘राजद्रोही अभिप्रेरणा’ शीर्षकमा पक्राउ गरिएको बताइएको छ । क्वानका चार मागसहितको अनलाइन निवेदनले सामग्री मेटिनु अघि एक दिनमै १० हजारभन्दा बढी हस्ताक्षर संकलन गरेको थियो । स्थानीय समाचारअनुसार पूर्व जिल्ला पार्षद केनेथ चेउङसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

गिरफ्तारीबारे सोध्दा लीले भने, “म कुनै पनि अपराधलाई सहन सक्दिनँ, विशेष गरी अहिले हामीले सामना गरिरहेको यो गम्भीर त्रासदीलाई राजनीतिक वा व्यक्तिगत रूपमा शोषण गर्ने गतिविधिलाई त बिल्कुलै सहन सक्दिनँ ।” उत्तरी ताई पो जिल्लाको वाङ फुक कोर्टको अग्लो आवासीय भवनमा गत बुधबार आगलागी हुँदा सन् १९८० पछिको विश्वकै सबैभन्दा घातक आवासीय दुर्घटनामध्ये एकको रूपमा यसलाई लिइएको छ । प्रहरीले सोमबार प्रभावित सात टावरमध्ये पाँचमा खोजी कार्य पूरा गरी अपार्टमेन्ट, दलान र सिँढी क्षेत्रमा पीडितहरूका अवशेषहरू फेला पारेको छ ।

यता, केही पीडितका परिवारजन सोमबार वाङ फुक कोर्ट फर्की परम्परागत अन्त्येष्टि संस्कार सुरु गरेका छन्, जुन केही दिन जारी रहने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भेनेजुएलाको आरोप- आइसिसी जिम्मेवारीबाट पन्छियो
भेनेजुएलाको आरोप- आइसिसी जिम्मेवारीबाट पन्छियो मंगलबार, मंसिर १६, २०८२
हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ
हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ मंगलबार, मंसिर १६, २०८२
आईएलओका सुधार योजना स्वीकृत, बजेट कटौतीको जोखिम
आईएलओका सुधार योजना स्वीकृत, बजेट कटौतीको जोखिम मंगलबार, मंसिर १६, २०८२
पुटिन-अमेरिकी राजदूत भेट तयार
पुटिन-अमेरिकी राजदूत भेट तयार सोमबार, मंसिर १५, २०८२
राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब
राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब सोमबार, मंसिर १५, २०८२
एयरबस ए३२० सिरिजका १०० भन्दा कम विमान ग्राउन्डेड
एयरबस ए३२० सिरिजका १०० भन्दा कम विमान ग्राउन्डेड सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP