Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन
हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १६, २०८२

एएफपी- हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट कम्प्लेक्समा भएको विनाशकारी आगलागीमा १५१ जनाको ज्यान गएपछि घटनाको व्यापक छानबिन गर्न न्यायाधीशको नेतृत्वमा ‘स्वतन्त्र समिति’ गठन गर्ने घोषणा गरेका छन् । सो आगलागी पछिल्ला दशकहरूमा सहरले सामना गरेको सबैभन्दा भीषण घटनामध्ये एक मानिएको हाे ।

अधिकारीहरूका अनुसार आगलागी बाहिरी मचानमा प्रयोग गरिएको जालमार्फत तीव्र गतिमा फैलिएको थियो, जसले आवश्यक अग्नि–प्रतिरोध मापदण्ड पूरा गर्न नसकेको र अग्नि रोकथाम प्रणालीले भरपर्दो रूपमा काम गर्न नसकेको प्रारम्भिक जाँचले देखाएको छ । सहरका नेता लीले अङ्ग्रेजीमा आयोजित पत्रकार सम्मेलनमा भने, “भवन निर्माण तथा नवीकरण प्रणालीका कमजोरीहरू गहन रूपमा समीक्षा गरी भविष्यमा यस्ता त्रासदी दोहोरिन नदिने उद्देश्यले म न्यायाधीशको नेतृत्वमा एउटा स्वतन्त्र समिति गठन गर्नेछु ।” 

हङकङमा ‘अनुसन्धान आयोग’ गठन गर्ने कानूनी व्यवस्था विगतदेखि नै छ, जुन सामान्यतया जटिल घटनाका तथ्य पहिचानका लागि न्यायाधीशहरूले नेतृत्व गर्दै आएका छन, तर यसपटक लीले ‘स्वतन्त्र समिति’ भन्ने फरक शब्द प्रयोग गरेका छन्  । लीले एएफपीसँगको कुराकानीमा धेरै स्तरमा असफलता देखा परेकाले सुरक्षा, निगरानी, निर्माण र मर्मतसम्बन्धी मापदण्डमा तत्काल सुधार आवश्यक रहेको बताए। “यी सबै कमजोरीहरू बन्द भएको सुनिश्चित गर्न हामीले अत्यन्तै गम्भीरतापूर्वक काम गर्नुपर्छ । जिम्मेवारहरूलाई जवाफदेही बनाइनेछ, कमजोरीहरू हटाइनेछ र अवरोधहरू सम्बोधन गरिनेछ”, उनले भने । उनका अनुसार यस्ता घटनाबाट सहरलाई सुरक्षित राख्न सम्पूर्ण भवन नवीकरण प्रणालीमा सुधार कार्य अघि बढाइनेछ ।

Hardik health

उक्त घटनाको संयुक्त अनुसन्धान गर्दै आएको हङकङको भ्रष्टाचार–विरोधी प्रहरी र सामान्य प्रहरीले हालसम्म १४ जनालाई पक्राउ गरिसकेका छन् । तीमध्ये १३ जनालाई आगलागीका कारण भएका मृत्युमा संलग्न भएको शंकामा पक्राउ गरिएको हो । लीका शब्दहरूमा, “जिम्मेवार अपराधीहरूले निरीक्षण निकाय र कानून प्रवर्तन संस्थाहरूलाई धोका दिन घटिया जाललाई योग्य जालसँग मिसाएर प्रयोग गरेका थिए ।” उनले संदिग्धहरूलाई ‘दुष्ट’ भन्दै कडा टिप्पणी गरे ।

घटनापछि सहरभरि ठूलो शोक वातावरण छाएको छ, साथै व्यापक जवाफदेहिताको माग पनि उठिरहेको छ । तर स्थानीय मिडियाले जिम्मेवारी माग्ने केही नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको उल्लेख गरेको छ । २४ वर्षीय विद्यार्थी माइल्स क्वानलाई सरकारी जवाफदेहिताको माग गर्दै फ्लायर वितरण गरेको आरोपमा ‘राजद्रोही अभिप्रेरणा’ शीर्षकमा पक्राउ गरिएको बताइएको छ । क्वानका चार मागसहितको अनलाइन निवेदनले सामग्री मेटिनु अघि एक दिनमै १० हजारभन्दा बढी हस्ताक्षर संकलन गरेको थियो । स्थानीय समाचारअनुसार पूर्व जिल्ला पार्षद केनेथ चेउङसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

गिरफ्तारीबारे सोध्दा लीले भने, “म कुनै पनि अपराधलाई सहन सक्दिनँ, विशेष गरी अहिले हामीले सामना गरिरहेको यो गम्भीर त्रासदीलाई राजनीतिक वा व्यक्तिगत रूपमा शोषण गर्ने गतिविधिलाई त बिल्कुलै सहन सक्दिनँ ।” उत्तरी ताई पो जिल्लाको वाङ फुक कोर्टको अग्लो आवासीय भवनमा गत बुधबार आगलागी हुँदा सन् १९८० पछिको विश्वकै सबैभन्दा घातक आवासीय दुर्घटनामध्ये एकको रूपमा यसलाई लिइएको छ । प्रहरीले सोमबार प्रभावित सात टावरमध्ये पाँचमा खोजी कार्य पूरा गरी अपार्टमेन्ट, दलान र सिँढी क्षेत्रमा पीडितहरूका अवशेषहरू फेला पारेको छ ।

यता, केही पीडितका परिवारजन सोमबार वाङ फुक कोर्ट फर्की परम्परागत अन्त्येष्टि संस्कार सुरु गरेका छन्, जुन केही दिन जारी रहने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP