Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब
राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १५, २०८२

टोकियो- जापानकी अत्यन्त प्रिय राजकुमारी आइकोलाई प्रायः पप-स्टारझैँ स्वागत गरिन्छ । सम्राट नारुहितो र महारानी मासाकोसँग नागासाकी भ्रमणका क्रममा शुभचिन्तकहरूले उनको नाम चिच्याउँदै जयजयकार गरेका दृश्य अझै ताजा छन् । 

सोमबार २४ वर्ष पूरा गरेकी आइकोलाई देशभरि उच्च सम्मान मिलिरहेकाले धेरै जापानी नागरिकले अब पुरुष-मात्र उत्तराधिकार नियम परिमार्जन गर्नुपर्ने माग तीव्र रूपमा अघि सारिरहेका छन् । हालको कानूनले सम्राटका एक मात्र सन्तान आइकोलाई सिंहासनारोहणबाट रोक्छ ।

शाही परिवार झन् खुम्चिँदै गएकाले तत्काल सुधारको आवश्यकता गम्भीर रूपमा उठिरहेको छ । सम्राटका किशोर भतिजा प्रिन्स हिसाहितो मात्र भावी पुरुष उत्तराधिकारी हुनु र अन्य सम्भावना अत्यन्त सीमित रहनुले राजतन्त्रको भविष्यबारे चिन्ता बढाएको छ । विशेषज्ञहरूका अनुसार शाही वंश निरन्तरता बचाउन अब महिला उत्तराधिकार रोक्ने प्रावधान हटाइनु अत्यावश्यक देखिन्छ । तर प्रधानमन्त्री साने ताकाइचीसहितका रूढिवादी नेताहरू परिवर्तनका कडा विरोधी छन् ।

आइकोले वयस्क शाहीका रूपमा सन् २०२१ मा सार्वजनिक कर्तव्यहरू सुरु गरेदेखि उच्च लोकप्रियता कमाउँदै आउनुभएको छ । बुद्धिमान, सरल, मैत्रीपूर्ण र रोचक व्यक्तित्वका कारण उनी युवा पुस्तामा समेत प्रिय बनेको छ ।  गत नोभेम्बरमा लाओसको पहिलो एकल आधिकारिक विदेश भ्रमणले त उनलाई भावी राजाका रूपमा झनै स्थापित गरिदियो । उच्च अधिकारीहरूसँग भेटघाट, सांस्कृतिक स्थलहरूको अवलोकन र स्थानीयवासीहरूसँगको घनिष्ठ संवादले आइकोले जिम्मेवारीपूर्ण नेतृत्व क्षमता देखाएको थियो ।

Hardik health

यसअघि नागासाकी र ओकिनावाको भ्रमणमा समेत आइकोले आफ्नो बुबाले सुरु गरेको दोस्रो विश्वयुद्धको पीडा नयाँ पुस्तासम्म पुर्‍याउने परम्परालाई अगाडि बढाए । यस्तो सक्रियताले उनीप्रति जनविश्वास झनै बलियो बनाएको छ । नागासाकीमा भेटिएकी ८२ वर्षीया आणविक बम विस्फोटबाट बचेकी सेत्सुको मात्सुओले ‘राजकुमारी आइकोलाई ताज लगाएको देख्न जीवनभर चाहना गर्दै आएको’ बताइन्  ।

त्यस्तै, ५८ वर्षीया मारी माहिराले भनिन्  ‘आइको हुर्केको देखेको नाताले अब उहाँलाई राजगद्दीमा देख्न चाहन्छु’ भनेर आफ्नो उत्साह व्यक्त गरे ।' आइकोको लोकप्रियताले नागरिक मात्र नभई, कलाकार र सामाजिक अभियानकर्मीहरूलाई पनि उत्तराधिकार सुधारका लागि सक्रिय बनाइरहेको छ । कार्टुनिस्ट योसिनोरी कोबयाशीले महिला उत्तराधिकारको समर्थनमा हास्य–पुस्तकहरू बनाइरहेको छ, जसलाई समर्थकहरूले सांसदहरूलाई पठाउँदै दबाब बढाइरहेका छन् । कतिले युट्युब च्यानल तथा पर्चा वितरणमार्फत अभियान चलाइरहेका छन् । इकुको यामाजाकीजस्ता अभियानकर्ताहरू भन्छन्, “पुरुष-मात्र उत्तराधिकारमा अडिनु राजतन्त्रकै पतन हुनेछ ।”

राजकुमारी आइकोको जीवन–यात्रा पनि धेरै जापानीका लागि प्रेरणादायी छ । सन् २००१ डिसेम्बर १ मा जन्मएकी आइकोको बाल्यकाल उज्यालो थियो । उनी सुमो पहलवानहरूको पूरा नाम कण्ठस्थ राख्ने असाधारण क्षमताका कारण परिचित थिइन्  । तर कठिनाइहरू पनि थिए । विद्यालयमा केही समय बदमाशीबाट पीडित भई कक्षाबाट टाढिनु परेको थियो । किशोरावस्थामा अत्यधिक दबाबका कारण स्वास्थ्यमा असर परेका समयहरू पनि आए ।

सन् २०२४ मा गाकुसुइन विश्वविद्यालयबाट स्नातक गरेपछि आइकोले आधिकारिक कर्तव्यसँगै जापान रेडक्रस सोसाइटीमा समेत सेवा दिएका छन् । सप्ताहन्तमा आमाबाबुसँग हिँड्ने, दरबारका अधिकारीहरूसँग टेनिस, ब्याडमिन्टन र भलिबल जस्ता खेलमा सहभागी हुने उनको सरल स्वभावले जनताको मन जितेको छ ।

तर राजतन्त्रको भविष्य भने अझै अनिश्चित छ । सन् १९४७ को इम्पेरियल हाउस कानूनले पुरुष–वंशलाई मात्र उत्तराधिकारी मान्छ र विवाहपछि महिला शाही सदस्यको दरबार–सदस्यता समाप्त हुन्छ । अहिले शाही परिवार १६ सदस्यमा सिमित छ । यो तीन दशकअघिको सङ्ख्याको आधाभन्दा कम हो । सबैजना वयस्क छन्, जसले आगामी पुस्तामा उत्तराधिकार चुनौती झनै गम्भीर बनाउँछ ।

सम्राटका भाइ क्राउन प्रिन्स अकिशिनोले पनि परिवारको घट्दो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भने, “हालको कानूनमा तत्काल परिवर्तन सम्भव छैन, हामीले कर्तव्यहरू घटाएर मात्रै अघि बढ्न सक्छौँ ।” आइकोले सधैँ झैँ विनम्रतापूर्वक आफ्ना आधिकारिक कर्तव्य इमानदारीका साथ निर्वाह गर्ने बताउँदै प्रणालीबारे टिप्पणी गर्न नहुने आफ्नो स्थिति स्पष्ट पारेका छन् ।

इतिहासमा जापानमा आठ महिला सम्राज्ञी रहे पनि आधुनिक पुरुष–मात्र उत्तराधिकार नियम सन् १८८९ मा औपचारिक गरिएको थियो, जुन सन् १९४७ को कानूनमा पनि कायम रह्यो । सन् २००५ मा महिला साम्राज्ञीलाई अनुमति दिने प्रस्ताव आउन नपाउँदै प्रिन्स हिसाहितोको जन्मसँगै त्यो रोकियो । 

हालका केही रूढिवादी प्रस्तावहरूले महिला शाही सदस्यलाई विवाहपछि पनि दरबारमा राख्ने सुझावट दिए पनि उत्तराधिकार भने पुरुष-वंशमै सीमित राख्न चाहन्छन् । संयुक्त राष्ट्रसङ्घीय महिला अधिकार समितिले जापानको पुरुष-मात्र प्रणालीलाई लैंगिक समानताविरुद्ध रहेको भन्दै सुधार गर्न आग्रह गरेको छ । तर जापानले यसलाई ‘राष्ट्रीय पहिचानसँग जोडिएको संवेदनशील विषय’ भन्दै अस्वीकार गरेको छ । विशेषज्ञहरू भन्छन्, “यो प्रणाली अदृश्य रूपमा पुरुष–श्रेष्ठता कायम गर्ने सोचको परिणाम हो; यस्तो अवस्थामा राजतन्त्र नै जोखिममा पर्न सक्छ ।” राजकुमारी आइकोप्रति जनताको अपार भरोसा र प्रेमको पृष्ठभूमिमा अब जापानले परम्परा र आधुनिकताको बीचको संवेदनशील प्रश्न-राजगद्दीमा महिला अनुमति दिने कि नदिने- को सामना गर्नैपर्ने देखिन्छ ।
 


प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP