Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • चलचित्र विधेयक फिर्ता माग्नुका कारण सुन्नुपर्छः मन्त्री खरेल
चलचित्र विधेयक फिर्ता माग्नुका कारण सुन्नुपर्छः मन्त्री खरेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १५, २०८२

काठमाडौं - राष्ट्रिसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा रहेको चलचित्र विधेयक सरोकारवाला पक्षबाट फिर्ता माग भएपछि त्रिपक्षीय बैठक बस्ने भएको छ ।  समिति, सरकार र सरोकारवालबीच सोमबारको त्रिपक्षीय सामूहिक संवाद गर्ने समितिको आजको बैठकले निर्णय गरेको हो ।  

 बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरोकारवालाई एकै पटक बोलाउने तयारीका लागि समितिसमक्ष आग्रह गरेका थिए । उनले सरोकारवाला समूहबाट पटक पटक विधेयक फिर्ता माग आएको तर त्यसको प्रस्ट कारण नबुझिएको भन्दै समितिमा त्रिपक्षीय छलफलको माग गरे। 

“समितिमा दुईपटक छलफल भइसकेको छ । तर फेरि किन फिर्ता गर्नुपर्छ भनेर आइरहनु भएको छ ? के चित्त बुझेन ? स्पष्ट कारणहरु बुझाैँ”, मन्त्री खरेलले भने । उनले विधेयक फिर्ता लिएर फेरि सुरुदेखि प्रक्रिया सुरु गर्न उपयुक्त नहुने भएकाले आफ्नो कार्यकालमा यस विधेयकलाई उपलब्धिमूलक रुपमा अघि बढाउन समिति सदस्यहरुलाई आग्रह गरे  ।     

Hardik health

यसअघि पटकपटक विधेयकमाथि चलचित्रकर्मीहरु निर्देशक, कलाकार, निर्मातालगायत चलचित्र उत्पादनसँग सम्बन्धित संघसंस्थासँग समितिले छलफल गरेको थियो । समितिका सभापति तुलसाकुमारी दाहालले समितिले विभिन्न नौ संघ संस्थाका प्रतिनिधिहरुसँग विस्तृत छलफल गरिसकेको बताए । उनका अनुसार  केही संस्थाले सामूहिक रूपमा विधेयक पुनः लेखनको माग गर्दै आएको छ । 

उनले सरोकारवालाको असन्तुष्टि र सुझाबबारे सरकारले थप स्पष्ट पार्न आजको बैठक तय गरिएको जानकारी दिए । सो बैठकमा नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ, नेपाल कलाकार संघ, नेपाल आदिवासी जनजाती चलचित्रकर्मी महासंघ  र नेपाल चलचित्र निर्देशक समाजलगायत चलचित्र संघसंस्था एवं चलचित्रकर्मीलाई बोलाइएको छ ।  
    
“सरोकारवालाहरुको मुख्य असन्तुष्टि सेन्सर, बोर्डको स्वायत्तता र उद्योगअन्तर्गत ऋण लिन पाइने गरी उहाँहरुको स्वास्थ्यदेखि बिमालगायतका धेरै विषयमा केन्द्रित छ”, सभापति दाहालले भने, “सरकार तयार भए समिति काम गर्न तत्पर छ । विधेयक फिर्ता लगेर फेरि मस्यौदा ल्याउन आर्थिक भारसँगै लामो समय खर्च हुन्छ । यसैलाई सरोकारवाला पक्षको सुझावहरु सुनेर उपलब्धिमूलक बनाउन सकिन्छ ।” 

समितिमा चलचित्र क्षेत्रलाई कुन मन्त्रालय मातहत राख्ने विषयमा तीव्र बहस भइरहेको छ । सरोकारवालाहरुको असन्तुष्टिका बाबजुत मन्त्री खरेलले सञ्चार मन्त्रालय मातहतमै राख्नु उपयुक्त हुने धारणा राख्दै आएका छन् । उनले पर्यटन वा उद्योग मन्त्रालयअन्र्तगत राख्न प्रस्ताव व्यावहारिक नहुने तर्क राखे । “फिल्म तथा श्रव्य दृश्य क्षेत्रको स्क्रिप्ट, प्रि–प्रोडक्सन, प्रोडक्सन, प्राविधिक, पोस्ट प्रोडक्सन र प्रसारण सबै सञ्चार क्षेत्रसँग प्रत्यक्ष जोडिएको हुँदा यस मन्त्रालय मातहत राख्नु नै उचित हो”, मन्त्री खरेलले भने ।  

यस्तै, चलचित्र बोर्डलाई स्वायत्ततामा दुई मत नभए पनि  नियमनको आवश्यकताप्रति सचेत हुनुपर्ने उनको भनाइ छ । समितिका सदस्यहरूले एकै दिनमा सबै सरोकारवाला सहभागी हुँदा बैठक त्रिपक्षीय सरकार, समिति र सरोकारवालाबीचको बैठक पर्याप्त हुने सुझाव दिएका थिए ।     


प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP