Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्प-मदुरो संवाद, काराकासको आपत्ति
ट्रम्प-मदुरो संवाद, काराकासको आपत्ति
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १५, २०८२

एएफपी- संयुक्त राज्य अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग गरेको फोन वार्तालाई आइतबार पुष्टि गरेका छन्  ।

उनले उक्त संवादको परिणामबारे स्पष्ट केही भन्न नसक्ने बताउँदै ‘यो एउटा फोन कल मात्र थियो’ भनी टिप्पणी गरे । तर काराकासले भने अमेरिकाले सम्भावित आक्रमणको तयारी गरिरहेको भन्दै कडा निन्दा गरेको छ । अमेरिकाले क्यारेबियन क्षेत्रमा सैन्य उपस्थिति बढाएको, मदुरोसँग जोडिएको कथित ‘कार्टेल अफ द सन’ लाई आतंकवादी समूह घोषणाको चेतावनी दिएको र भेनेजुएलाको हवाई क्षेत्र बन्द हुनसक्ने संकेत दिएको कारण वातावरण झनै चर्किएको छ । वासिङ्टनले भने आफ्नो सैन्य तैनाथीको मुख्य उद्देश्य लागुऔषध तस्करी रोकथाम भएको दाबी गर्दै आएको छ, तर काराकासले यसलाई शासन परिवर्तनको पूर्वतयारीका रूपमा व्याख्या गर्दै आएको छ ।

अमेरिकी मिडियाहरूले हालै ट्रम्प-मदुरोबीच सम्भावित भेटबारे छलफल भएको र मदुरोले पदत्याग गरेमा सम्भावित माफीका सर्तहरू पनि उठेको बताएका थिए । अमेरिकी सिनेटर मार्कवेन मुलिनले समेत मदुरोलाई देश छोडेर रुस वा अन्य स्थानमा बसाइँ सर्न सक्ने विकल्प प्रस्ताव गरिएको जानकारी दिएका छन् । अमेरिकाले मदुरोलाई लागुऔषध तस्करीमा संलग्न आपराधिक समूहको नेतृत्व गरेको आरोप लगाउँदै पाँच करोड डलरको पुरस्कारसमेत घोषणा गरेको छ । तर भेनेजुएला र त्यसका सहयोगी राष्ट्रहरूले त्यस्तो सङ्गठन अस्तित्वमै नभएको स्पष्ट गर्दै आएका छन् । धेरै विशेषज्ञहरूका अनुसार ‘कार्टेल अफ द सन’ को अर्थ वास्तवमा केही उच्च पदस्थ अधिकारीहरूमाझको भ्रष्टाचारजन्य आपराधिक गतिविधिहरूलाई जनाउने अवधारणा रहेको बताइन्छ ।

Hardik health

गत वर्षको राष्ट्रपति चुनावमा मदुरो विजयी भएको तथ्यलाई संयुक्त राज्य अमेरिकाले स्वीकार गरेको छैन । ट्रम्पले सार्वजनिक रूपमा बल प्रयोग गर्ने उद्घोष नगरे पनि उनले भेनेजुएलाबाट हुने लागुऔषध तस्करी ‘धेरै चाँडै’ भूमिबाटै रोक्ने संकेत दिएका छन् । यसैबीच, राष्ट्रपति मदुरोले ओपेकलाई पत्र लेखी अमेरिकी ‘आक्रमण रोक्न’ सहयोग गर्न अनुरोध गरेका छन् । उनले वासिङ्टनले भेनेजुएलाको विश्वकै सबैभन्दा ठूलो तेल भण्डार कब्जा गर्न सैन्य बल प्रयोग गर्न खोजिरहेको दाबी गरेका छन् ।

सेप्टेम्बरयता अमेरिकाले क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा कथित लागुऔषध तस्करीमा संलग्न डुंगाहरू लक्ष्य गर्दै हवाई आक्रमण गरिरहेकामा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । अमेरिकाले प्रस्तुत गरेका धेरै आरोपका लागि ठोस प्रमाण नदेखिएको बताउँदै विशेषज्ञहरूले पनि कारबाहीको वैधतामाथि प्रश्‍न उठाइरहेका छन् । अमेरिकी मिडियाले सेप्टेम्बरमा भएको एक आक्रमणपछि बचेका व्यक्तिमाथि थप प्रहार गरिएकै कारण मृतकको सङ्ख्या बढेको खुलाएका थिए । यस सम्बन्धमा रक्षामन्त्री पिट हेग्सेथले ‘सबैलाई समाप्त गर्ने’ आदेश दिनुभएको थियो भन्ने दाबी भए पनि ट्रम्पले सो आरोप अस्वीकार गरेका  छन् । हेग्सेथले भने आफूले त्यस्तो आदेश नदिएको स्पष्ट गरेका छन् भने भेनेजुएलाका वरिष्ठ सांसद जोर्ज रोड्रिग्जले यस्तो घटना युद्ध अपराध सरह ठहरिन सक्ने बताएका छन् ।

यसबीच, अमेरिकी विशाल विमान वाहक क्यारेबियनमा तैनाथ गरिएकाले वातावरण अझ संवेदनशील बनेको छ । अमेरिकी लडाकु र बमवर्षक विमानहरू भेनेजुएलाको तट नजिकै निरन्तर उडिरहेका छन् । यस तनावपछि केही अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले भेनेजुएलातर्फका उडान रद्द गरे पनि आइतबार काराकास विमानस्थल नियमित रूपमा सञ्‍चालन भइरहेको देखिएको छ ।
 


प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP