Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
Search Here
प्रवास
  • Home
  • प्रवास
  • भोको पेटका सारथि बन्दै फाइभ–स्टारका सेफ्हरू
भोको पेटका सारथि बन्दै फाइभ–स्टारका सेफ्हरू
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १४, २०७७
DSC_0066
RBB RBB
देव बाहिङ राई काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) बाट बच्न भन्दै सरकारले ११ चैतबाट देशमा लकडाउन जारी ग¥यो । लकडाउनमा आर्थिक गतिविधि शून्य, जस्ले गर्दा सर्वसाधरणको रासनपानी सकिँदै गए, भएको खर्च पनि सकिँदै गयो । सरकारले राहतको घोषणा गरेर आफ्नो औपचारिकता मात्र पूरा गर्‍यो । सर्वसाधरण कतिपयले राहत सुन्नसम्म पाए भने धेरैले सुघ्ँन पनि पाएनन् । यसैबीच, भोककै कारण नागरिकले ज्यान गुमाएका समाचारहरू सुन्नुपर्‍यो । प्रधानमन्त्रीले पटक–पटक सम्बोधन गरिरहेको भाषण सबैलाई ताजै छ, ‘कोही भोककै कारण मर्नु पर्दैन ।, सहरका सडक गल्लीमा कोही बिचल्ली देख्नुपर्ने छैन ।’ यस्तै बेला ललितपुरको कालोपुलमुनि रात बिताउने दर्जन बढी व्यक्तिहरू छन्, जो नजिकै राहतको रूपमा बाँडिएको खाना खाने गरेका थिए । त्यहाँ एकजनालाई कोरोना लाग्यो भन्ने कुरा चलेसँगै खाना बाँड्न छाडेको गुनासो गर्छन्, दीपक पाण्डे नाम बताउने पुलमुनि आश्रित एक व्यक्ति । उनी भन्छन, ‘उता, पहिले बिहान बेलुका खाना खुवाएको थियो हामीलाई तर त्यहाँ एकजनालाई कोरोना लाग्यो भनेर त्यहाँ खाना बा“ड्ने काम बन्द गर्‍यो ।’ अहिले यहाँ फाइभ स्टार होटलका सेफहरूले खाना खुवाउँदै छन् । खाना खानेहरू पुलमुनि आश्रितहरू मात्र छैनन् । दुईदर्जन जति बालबालिकासहित उत्ति नै अरु मान्छेहरू यहाँ खाना खाँदै छन् । गत शुक्रबार सेफहरू होटल अन्नपूर्णका सोमराज बजगाई“, कुरियोका टेकनाथ नेपाल र अकामा होटलका सुरेशराज गिरीले पुलमुनि आश्रित साथै वरिपरिका समस्याग्रस्त व्यक्तिहरूलाई खाना खुवाउँदै थिए । लकडाउन खुलेको वा नखुलेको दोधारको अवस्था छ । त्यसैले गर्दा पहिले खाना खुवाउँदै आएकाहरूले पनि खाना खुवाउन छाडेको देखिन्छ । आफ्नो केही नहुनेहरू भोकै रहनुपरेको अवस्था देखेर सकिन्जेल खाना खुवाउने सोच राखेको उनीहरू बताउँछन् । ‘कतिपयले अब लकडाउन खुल्यो र काम हुन्छ भनेर खाना दिन छाडेको अवस्था छ,’ सेफ सोमराज बजगाइँ भन्छन्, ‘हामीसँग भएको केही पैसाले यस्ता संकटमा परेकाहरूलाई पनि खुवाऔँ र अरुलाई नि बचाऔँ भनेर खाना खुुवाउन लागेका हौँ ।’ सुरेशराज गिरी थप्छन्, ‘यहाँ रहेकाहरूले काम पनि नपाएका र खाना पनि नपाएका अवस्था देखेपछि हामीले सरसल्लाह गरेर यहाँ बिहानको खाना चाहि“ खुवाउने निर्णय गर्‍यौँ ।’ सडकमा रहेका व्यक्तिहरूलाई खाना खुवाउने प्रस्ताव टेकनाथ नेपालले गरेको सेफ बजगाइँ बताउँछन् । सेफ नेपाल भन्छन्, ‘हामी आफैँ व्यवसायिक सेफ हौँ“, विदेशीलगायत धेरैलाई हाम्रो हातबाट खुवायौँ, सडकमा अलपत्र परेकालाई पनि आफैँ बनाएर दिउँ न भनेर खुवाउन सुरु गरेका हौँ ।’ विभिन्न होटलमा आबद्ध केही सेफहरू मिलेर संकटमा रहेकाहरूलाई खाना खुवाउने अभियानमा लागेको उनको भनाइ छ । ‘टिमले के कति हुन्छ, हजार पन्ध्र सय गरेर संकटमा रहेकाहरूलाई खाना खुवाउने अभियानमा छौँ,’ उनले भने । ‘आफूहरूसँग पैसा भएर वा अरुबाट धेरै पैसा मागेर सहयोग गर्न लागेको होइन,’ भन्छन् बजगाइँ । उनी भन्छन्, ‘नितान्त हामी (सेफ) आफैँ कति गर्न सक्छौँ, २ हजार, ५ हजार, जो जतिले गर्न सकिन्छ सबैले खर्च उठाएर खुवाउन पायौँ, छाक टार्न पायौँ भने उहाँहरू पनि अहिलेको समयमा बाँच्नु हुनेछ ।’ सडकका मान्छेहरूलाई खाना खुवाउँदै हिँड्ने सेफहरू आफैँ पनि बैशाखयता लकडाउकै कारण बेरोजगार छन् । सेफ सुरेशराज भन्छन्, ‘अहिले आएर लकडाउनले गर्दा हामी आफैँ पनि बेरोजगार बनेका छौँ ।’ सोमराज पनि लकडाउनको अवस्थामा बैसाखयता तलब नथापेको बताउँछन् । संकटको अवस्थामा मानवीयतालाई नै कसरी बचाउन सकिन्छ भनेर बाँच्ने र बचाउँने प्रयासमा लाग्नुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘अहिले महामारीसँगै लकडाउन छ यस्तो अवस्था बाँच्नु ठूलो कुरा छ ।’ ललितपुरको कालोपुलको आलवा उनीहरूले जमल र रत्नपार्क वरिपरि रहने सडकका दर्जनजति मान्छेहरूलाई पनि खाना दिने गरेको उनीहरू बताउ“छन् । एक दिन एक जनाले र अर्को दिन एक जनाले गर्दै आठ–दश दिन खुवाउन सकिन्छ कि भन्ने उनीहरूलाई छ । सडकमा रहेका मान्छेहरूलाई खाना खुवाउने यी सेफहरूलाई ठमेलको इलेक्ट्रिक पोखरा रेस्टुरेन्टले किचन उपलब्ध गराएको छ । टेकनाथ नेपाल संस्थापक रहेका विश्व सेफ हेल्प फुड फाउन्डेसनको पनि यसमा सहकार्य छ । त्यस्तै अकामा होटलका गणेश गौतम र राजकुमार अधिकारीलगायतले साथ दिँदै आएको उनीहरू बताउँछन् ।
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १३:१४
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित सोमबार, वैशाख २२, २०८२
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित आइतबार, वैशाख २१, २०८२
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन मंगलबार, वैशाख १६, २०८२
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज 
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज  सोमबार, चैत २५, २०८१
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान बिहीबार, चैत २१, २०८१
एनआरएनएको सदस्य बन्न एक साता म्याद थपिने
एनआरएनएको सदस्य बन्न एक साता म्याद थपिने सोमबार, चैत १८, २०८१
माल्टा सम्मेलनको नाममा जथाभावी खर्च बन्द गर: पूर्व युरोप संयोजक  आचार्य
माल्टा सम्मेलनको नाममा जथाभावी खर्च बन्द गर: पूर्व युरोप संयोजक  आचार्य बिहीबार, चैत ७, २०८१
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP